पशुपोषणको लागि किसानलाई खनिजतत्व प्रदान

यो समाचार 244 पटक पढिएको

नुवाकोट/ नुवाकोटका भूकम्प प्रभावित पशुपालक किसानहरुलाई पशु पालनमा प्रोत्साहन गर्ने उद्देश्यले पोषणयुक्त खनिजतत्व वितरण गरिएको छ ।

Livestock Medicineसंयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको सहयोग तथा जिल्ला पशुसेवा कार्यालयको संयोजनमा र सामुदायिक तथा ग्रामिण विकास समाज नेपाल कार्डसनसँगको साझेदारीमा खनिजतत्व वितरण गरिएको हो । मदानपुर र बेलकोट गाविसका पशुपालक किसानलाई पोषणयुक्त खनिजतत्व वितरण गरिएको छ ।
हरेक किसानलाई दुईरदुई किलाका दरले खनिज धुलो वितरण गरिएको छ ।

बेलकोट गाविसको बेलकोट, अमारे र तिगाउँमा ६ सय परिवार र मदानपुर गाविसको पाखुरे र बाराहीमा ६ सय परिवार गरी जम्मा १२ सय परिवारलाई खनिजतत्व वितरण गरिएको जिल्ला पशुसेवा कार्यालय नुवाकोटका प्रमुख खगेन्द्र भट्टले बताउनुभयो । किसानलाई आगामी दिनमा दुध उत्पादन बढाउन र मासुको बृद्धिको लागि खनिज तत्वले महत्वपूर्ण भूमिका खेल्ने संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन नुवाकोटका कार्यक्रम संयोजक महेन्द्र अधिकारीले बताउनुभयो । नुवाकोटका ३४ गाविसका १७ हजार किसानलाई ३४ हजार किलो खनिज तत्व वितरण गर्ने योजना रहेको अधिकारीले बताउनसभयो । अहिलेसम्म २४ गाविसका किसानलाई खनिजतत्व वितरण गरिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :