राम गोपालपुर पूर्ण सिंचित क्षेत्र घोषणा

यो समाचार 375 पटक पढिएको

महोत्तरी / सिंचाई मन्त्री उमेश कुमार यादवले आज सोमबार महोत्तरीको राम गोपालपुरलाई पूर्ण सिंचित क्षेत्र घोषणा गरेका छन्। हरेक किसानको हरेक खेतमा पानी पुर्याउने लक्ष्यका साथ मन्त्रीले पूर्ण सिंचित क्षेत्र घोषणा गरेको हुन्।

Umesh Yadavकुनै पनि किसानको खेत सिंचाईबाट बन्चित रहनु हुँदैन, पानी कहाँ पुगेको छैन, त्यसको अध्ययन गरी सम्पूर्ण ठाउँमा पुर्याउनुपर्ने सांसद लालेन्द्र मण्डलले बताए। नेपालमा खेतीयोग्य जमिन पर्याप्त भएपनि सिंचाईको व्यवस्था नभएको कारण भोकमरीको अवस्था रहेको मन्त्री यादवले बताए।

किसानको खेतखेतमा सिँचाईको व्यवस्था पुगेमा कृषिमा आत्मनिर्भर हुन सकिने मन्त्री यादवले बताए । वैज्ञानिक तथा व्यवसायीक कृषिको कुरा गरेर मात्र हुँदैन, त्यसका लागि किसानको हात हातमा सिँचाई पुग्नु पर्ने कुरामा उनले जोड दिए । चुरे विनाशका कारण तराई मधेशका नदी, नाला, पोखरी, इनार सुक्दै गइरहेको उल्लेख गर्दै उनले चुरे संरक्षणमा विशेष जोड दिनुपर्ने बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :