उत्पादन आधारमा कृषिमा अनुदानको व्यवस्था हुनुपर्ने

यो समाचार 531 पटक पढिएको

काठमाडौं / पशुपालन पालन व्यवसायीहरुले राज्यले व्यवस्था गरेको अनुदान उत्पादनको आधारमा हुनुुपर्ने माग राखेका छन् ।

agro 25

राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुध उत्पादन कृषक समाज, नेपालले शनिवार नेपाल कृषि तथा उपभोक्ता डवलीमा एक कार्यक्रमको आयोजना गरी वास्तविक किसानले सरकारले व्यवस्था गरेको व्याज अनुदानको ऋण नपाएको गुनासो गरेका हुन् । कार्यक्रममा समाजका आनन्दप्रसाद न्यूरेले दुध लिटर, मासु किलो र अण्डा गोडाको आधारमा अनुदानको व्यवस्था हुनुपर्ने माग राखेका हुन् ।

‘सरकारले प्रदान गरेको सुविधा गैर किसान वा पहुँचवाला ठूला व्यवसायीलेमात्र पाएका छन्,’ उनले भने ‘केहि वाणिज्य बैङ्कहरुले ब्याज अनुदान कृषि कर्जामा लगानी गरेपनि व्यवसायी कृषकहरुले सो सहुलियत कर्जा नपाएको अवस्था छ ।’ बैङ्क तथा वित्तीय संस्थाले कृषकलाई लुटिरहेको उनको गुनासो छ । ‘यसको समाधानको लागि सरकारले तत्काल व्यवसायिक कृषक परिचय पत्र लागू गर्नुपर्छ,’ उनले थपे ।

कार्यक्रममा समाजका सहसचिव दिलाराम कडँेलले कृषि गर्नेले देशको सेवा सुविधा पाउनुपर्ने माग राखे । उत्पादन लागतभन्दा प्रतिलिटर दुधमा १० रुपैयाँ नोक्सान हुने गरी दुध विक्री गरिरहेका समाजका केन्द्रीय सदस्य हरि अधिकारीले बताए । ‘राज्यलाई पाल्न सक्ने क्षमता हामी किसानसँग छ,’ उनले भने ‘राज्यले किसानलाई सेवा सुविधा दिनुपर्यो ।’ ऋण लिनका लागि बैङ्कले अर्को व्यवसाय माग गर्ने गरेकोले किसानसँग अर्को व्यवसाय नहुँदा ऋण पाउन कठिन भएको उनको भनाइ छ ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रअन्तर्गत नेपाल पशुपालन व्यवसायको ११ प्रतिशत योगदान रहेको छ । कृषकसँग व्यवसायिक ज्ञान, शीपको अभाव भएको उनको भनाइ छ । उन्नत प्रविधिको प्रयोग हुन नसक्दा उत्पादनमा ह्रास आएको र जसका कारणले उत्पादन लागत बढ्न गएको उनीले बताए । । पशुलाई खुवाउने दाना तथा चोकर अत्यधिक मिसावट हुनुको साथै पशुपालनमा एन्टीवायोटिक प्रयोगले उत्पादन लागत बढेको उनीहरुको भनाइ छ ।

१ खर्ब रुपैयाँ यस क्षेत्रमा लगानी भएको अनुमान गरिन्छ । हाल समाजमा ४० जिल्लाका ६० हजार पशुपालन व्यवसायीहरुले ३ लाख गाई र १ लाख भैंसी पालन गरिहेका छन् । राज्यले वास्तविक किसानको प्रवद्र्धनका लागि व्यवसायको आकार तथा गर्न लागेको लगानीको आधारमा सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउन उनीहरुले माग राखेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :