झापामा यन्त्रबाट धान रोपाइँ

यो समाचार 643 पटक पढिएको

भद्रपुर / झापाको गोलधान गाविस-६ स्थित समुदायमा व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनाअन्तर्गत सोमबार यन्त्रबाट धान रोपाइँ सम्पन्न भएको छ।

Rice Machineबाली विकास निर्देशनालय हरिहर भवनका निर्देशक डिलाराम भण्डारी र प्रजिअ मदन भुजेलले गोलधापमा संयुक्त रुपमा रोपाइँ उद्घाटन गरेका हुन्। प्रविधि विस्तार कार्यक्रम अन्तर्गत यन्त्रबाट धान रोप्ने र उत्पादन लागत कम गराई उत्पादकत्व बढाउने, खाद्यान्नमा परनिर्भरता हटाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो।

गोलधाप गाविस-४, ५, ६, ७ र ८ का करिब एक हजार ५०० कृषकले ९०० बिघा खेतमा अहिले लगाउने चैते धान हल्दिनाथका लागि कृषि विकास कार्यालयको अनुदान सहयोगमा रु छ लाखमा सो यन्त्र ल्याइएको हो।

सो अवसरमा निर्देशक भण्डारीले नेपालमा परम्परागत खेतीका कारण कृषकले मनग्य आम्दानी लिन नसक्ने भएकाले आधुनिक प्रविधिको आवश्यकता बढ्दै गएको बताए। प्रजिअ भुजेलले कृषकले आधुनिक परम्पराबाट खेती गर्न सकेमा कृषिबाट प्रशस्त आम्दानी हुने र यसैबाट राष्ट्र समृद्ध हुनेमा जोड दिए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :