उखु किसानलाई ७ करोड भुक्तानी अनिश्चित

यो समाचार 365 पटक पढिएको

नवलपरासी, १४ फागुन / गत बर्षको तुलनामा नवलपरासीमा उखु उत्पादन आधा घटेको छ ।

Sugar-cane-2-finalउखु उत्पादक कृषक संघर्ष समिति नवलपरासीका अध्यक्ष उमेश यादवका अनुसार गत बर्ष २३ लाख क्विन्टल उखु उत्पादन भएको नवलपरासीमा यस बर्ष १४ लाख क्विन्टल मात्र उखु उत्पादन भएको छ । किसानहरुले बेलैमा भुक्तानी नपाएका कारण उखु खेतीमा लगानी गर्न नसकेको र अन्य खेतीतर्फ आकर्षित भएकोले उखु उत्पादन घटेको यादवले बताए ।

उखु किसानका आन्दोलनका अगुवा मानिने प्रेमचन्द गुप्ताका अनुसार नवलपरासीमा सबैभन्दा धेरै उखु उत्पादन हुँदा २०५९ सालमा ४२ लाख क्विन्टल उखु उत्पादन भएको थियो । गत बर्षसम्ममा त्यो घट्दै २३ लाख अर्थात आधा आधीमा घटेको थियो । गत बर्षको तुलनामा झण्डै ४० प्रतिशत उत्पादन कम हो । यसपटक झनै घटेर १४ लाख क्विन्टल मात्र उखु उत्पादन भएको छ ।

नेपालभर नै यस बर्ष करिब ३० प्रतिशत उखु उत्पादनमा कमी आएको छ नवलपरासीमा लुम्बिनी चिनी कारखाना, इन्द्रा खाडसारी मिल र बागमती खाडसारी मिल गरी तीन वटा मिल सञ्चालनमा छन् । तीन वटा मिललाई कम्तिमा पनि २५ देखि ३० लाख क्विन्टल उखु आवश्यक पर्दछ । यस बर्ष उखु उत्पादनमा पनि कमी आएकाले चिनी उत्पादनमा पनि कमी आउने भएको छ । यादवका अनुसार नेपालभर नै यस बर्ष करिब ३० प्रतिशत उखु उत्पादनमा कमी आएको छ । यादवले यस बर्ष पनि चिनी मिलले बेलैमा भुक्तानी दिन आनाकानी गरे आगामी बर्ष उखु उत्पादन घटेर १० लाख क्विन्टलमा झर्ने उनले बताए ।
गत बर्ष नवलपरासमिा साढे ७ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएपनि यस बर्ष घटेर जम्मा ५ हजार हेक्टर क्षेत्रफलमा उखु खेती भएको छ ।
वर्षेनी चिन्ता
गपजगनवलपरासीका उखु किसानहरुको चिन्ता सँधै एउटै हुने गरेको छ । उत्पादन हुने बेला भएपछि उखुको उचित भाउ आउला कि नआउला रु बिक्री गरेपछि कहिले भुक्तानी पाउने रु बेलामा चिनी मिल नचलेर सस्तो क्रसर ९भेली० उद्योगलाई बेच्नु पर्ने हो कि रु चिनी मिलमा दिए बेलैमा भुक्तानी नपाइने भएर नगद पाउनका लागि दलालीलाई सस्तोमा पो दिने कि रु यो समस्या नवलपरासीका उखु किसानहरुले बर्षेनी व्यहोर्ने समस्या हो ।
नवलपरासीका उखु किसानहरुले पनि यो बर्ष यस्तै समस्या बेहोर्नु पर्यो । सरकारले ढिलो गरी उखु मूल्य निर्धारण गरेपछि त्यसै मारमा परेका नवलपरासीका उखु किसानहरुले यस बर्ष पनि बेलैमा उखुको मूल्य भुक्तानी नपाएर समस्यामा परेका छन् ।
उखु किसान प्रेमचन्द्र गुप्ताका अनुसार यस बर्ष पनि उखु किसानहरुले सोझै चिनी मिललाई उखु नदिइ चाँडो नगद पाउने लोभमा चिनी मिलका दलालीहरुलाई प्रतिक्विन्टल ३ सय ५० देखि ४ सय १५ रुपैयाँमा बिक्री गरेका छन् ।
जबकी यस बर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ४ सय ४८ रुपैयाँ निर्धारण गरेको छ । गत बर्ष भने सरकारले प्रतिक्विन्टल ४ सय ६१ रुपैयाँ उखुको मूल्य निर्धारण गरेको थियो ।
मिलमा लगेर वा काँटा गर्ने ठाउँमा लगेर सोझै बिक्री गर्दा उखु बिक्री गरेको डेढ दुई महिना पछि मात्र भुक्तानी गर्ने गरेको किसानहरुले बताए ।
गतवर्ष सरकारले प्रतिक्विन्टल २५ रुपैयाँ किसानलाई अनुदान दिने जनाएको थियो । जसअनुसार किसानहरुले झण्डै ७ करोड रुपैयाँ अनुदान रकम पाउन बाँकी छ
मंसिरमा उखु क्रसिङ शुरु हुनु पर्नेमा यस बर्ष पनि सरकारले उखुको मूल्य निर्धारण गर्न ढिलाई गर्दा पुसको दोस्रो साताबाट मात्र उखु क्रसिङ शुरु भएको थियो ।
यस बर्ष पनि ढिलो क्रसिङ हुँदा कतिपय किसानहरुले सस्तोमा भेली उद्योगलाई उखु दिएको अर्का किसान आनन्द थापाले बताए ।
किन घट्यो उत्पादन रु
समयमै उखुको भुक्तानी पाउन नसकेपछि किसानहरु उखु खेतीबाट आजित भएका छन् । उखुको मूल्यको भुक्तानी पाउनकै लागि बर्षेनि आन्दोलन गर्नुपर्ने र बेलैमा मूल्य नपाउने गरेको कारण उखु उत्पादन घटेको हो ।
नवलपरासीका उखु किसानले उखु खेती छाडेर सुर्ती, केरालगायतका खेती गर्न थालेका छन् भने धान मकै गहुँ खेतीतर्फ पनि किसान लागेका छन् । जसले गर्दा एकातिर उखु खेती गर्ने जमिन घटेको छ भने अर्कोतिर उत्पादन पनि घटेको छ ।
समयमै रकम नपाउँदा खेती लगाउने बेलामा मल किन्न नसक्नु, बेलैमा गोडमेल गर्न नसक्नु उत्पादन घट्नुको प्रमुख कारक हो ।
भुक्तानी अनिश्चित
अघिल्लो बर्षहरुमा जस्तै यस बर्ष पनि नवलपरासीका उखु किसानहरुले बेलैमा भुक्तान पाउन सकेका छैनन् । उखु किसान रविन्द्र गुप्ताका अनुसार किसानहरुले उखु बिक्री गरेको डेढदेखि दुई महिना पछि मात्र भुक्तानी पाउने गरेका छन् ।
उखु उत्पादक कृषक संघर्ष समिति नवलपरासीका अध्यक्ष उमेश यादवले उखु काँटा गरेको २५ दिन भित्र भुक्तानी गर्ने सहमति भए पनि कार्यान्वन नभएको र दुई(अढाई महिना पछि मात्र भुक्तानी दिने गरेको बताए ।
बेलैमा उखुको मूल्य भुक्तान नपाउँदा किसानहरुले ऋण तिर्नदेखि लिएर उखु खेती लगाउँदा तथा विउविजन र मल खरिदमा समस्या हुने गरेको छ ।
नवलपरासीमा उत्पादित उखु केही दिन भित्र सकिदै छ अर्थात अबको १० दिनमा उखु क्रसिङ सकिने छ । जसले गर्दा गत बर्षजस्तै यस बर्ष पनि उखु किसानहरुले भुक्तानी पाउनकै लागि आन्दोलन गर्नु पर्नेदेखिन्छ ।
अध्यक्ष यादवले क्रसिङ सकिएर पनि उखुको मूल्य भुक्तानी नभए चिनी निकासी रोकेर आन्दोलन गर्ने बताए ।
नवलपरासीमा सञ्चालित चिनी मिलहरुले भारतबाट अवैध रुपमा उखु भित्र्याउने गरेका छन् । जसका लागि नेपाल(भारत सीमा क्षेत्रको भुजहवा, धमौली, बलिनगर लगायतका स्थानमा अवैध रुपमा धर्मकाटा राखिएको छ
७ करोड रुपैयाँ पाउन बाँकी
नवलपरासीका उखु किसानहरुले सरकारले दिने भनेको गत बर्षको अनुदान रकम पाएका छैनन् । सरकारले गत बर्ष निर्धारण गरेको उखुको प्रतिक्विन्टल ४ सय ६१ रुपैयाँ उखुको मूल्यमध्ये सरकारले प्रतिक्विन्टल २५ रुपैयाँ किसानलाई अनुदान दिने जनाएको थियो । जसअनुसार गत बर्षकै किसानहरुले झण्डै ७ करोड रुपैयाँ अनुदान रकम पाउन बाँकी छ ।
उक्त रकम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिमार्फत आउने व्यवस्था गरेपनि अझै नआएको उखु उत्पादन कृषक संघर्ष समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए ।
अवैधरुपमा भित्रिन्छ भारतीय उखु
नवलपरासीमा सञ्चालित चिनी मिलहरुले भारतबाट अवैध रुपमा उखु भित्र्याउने गरेका छन् । भन्सार समेत छलेर उनीहरुले उखु भित्र्याउने गरेका छन् । भारतमा उखुको मूल्य प्रतिक्विन्टल ३ सय २० नेपाली रुपैयाँ रहेकाले चिनी मिल सञ्चालकहरुले भारतबाट समेत उखु ल्याउने गर्दछन् ।
जसका लागि नेपाल(भारत सीमा क्षेत्रको भुजहवा, धमौली, बलिनगर लगायतका स्थानमा अवैध रुपमा धर्मकाटा राखिएको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई यस विषयमा पटक(पटक जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको उखु किसानहरुको गुनासो छ ।
यसो हुनुमा सरकार, मिल सञ्चालक र स्थानीय प्रशासनको मिलेमतो हुनसक्ने पीडित उखु किसानहरुको आशंका छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :