गाउँकै पहिचान बन्दैछ हिलेपानीको सुर्ती खेती

यो समाचार 285 पटक पढिएको

  • जीवन शर्मा

ओखलढुंगा, पूर्वेली लोकगायक शक्तिकुमार श्रेष्ठले गाएको छेउछेउमा दुई खोली बग्छिन् सलल बोलको गीतको बीचमा प्रयोग भएको हिलेपानीको सुर्ती भन्ने वाक्यले चिनिएको हिलेपानी अहिले सुर्ती खेतीबाट परिचित भएको छ । सुर्ती अहिले हिलेपानी गाउँको पहिचान मात्र बनेको छैन, आर्थिक स्रोतको गतिलो माध्यम पनि बनेको छ ।

स्थानीय युवा रविन राई भन्नुहुन्छ, सुर्ती अहिले हाम्रो गाउँको सुर्ती आम्दानी मात्रै होइन, पहिचान पनि बनेको छ । हिलेपानीलाई राष्ट्रिय गानका रचयिता व्याकुल माइलाको गाउँ भनेर चिनिए पनि सुर्तीले यहाँको छुट्टै पहिचान बनाएको छ । राईका अनुसार हिलेपानीका किसानको मुख्य पेशा नै सुर्ती खेती रहेको छ । जिल्लाको थाक्ले गाविसका ५, ६, ७ र ८ वडाका हिलेपानी, जाक्मा, सोक्माटार लगायतका गाउँको जीवनस्तरमा सुर्तीले नै परिवर्तन गरेको हो । यहाका अधिकांश किसानले सुर्ती खेती गरेका छन् । यहाँका युवा देखि बृद्धसम्म सुर्तीको खेतीमा व्यस्त देखिन्छन् । थाक्ले ८ का चार वडाका ५ सयभन्दा बढी घरधुरीको जीवनस्तर व्यवसायिक सुर्ती खेतिले नै उकासेको छ ।

DSCI0411

 

गाउँमा धेरैजसो पाखो बारी भएकाले पानीको भावमा सिंचाइको सुविधा नहुँदा । अन्नले बर्षभरि खान नपुगेपछि नगदे बाली सुर्ती खेति गर्न थालेको स्थानीय गञ्जुराम राईले बताउनु भयो । थोरै चिस्यान भए पनि क्षेत्रमा खाद्यन्न बाली भन्दा सुर्ती उत्पादन अत्यधिक हुने भएकाले स्थानीय त्यस तर्फ आकर्षित भएका हुन् । पहिले र गाउँमा खेतीपाती गर्ने र लेखपढ गर्न स्कूल जानेभन्दा पनि सेना भर्ती खान जाने चलन भएकाले भर्ती हुन नसक्नेले व्यवसायिक सुर्ती खेती गर्ने चलन रहको राइले जानकारी दिनुभयो ।
अहिले पनि गाउँमा आम्दानीको लागि गरिने उत्तम खेती सुर्ती नै हो । सुर्ती उत्पादन गर्न प्राविधिकहरु पनि आवश्यक नपर्ने र रोपिसकेपछि मल लगाउने पनि गरिरहनु नपर्ने भएकाले सजिलै मुनाफा धेरै हुने गरेकाले स्थानीयको आकर्षण सुर्ती खेतबिाट घटेको छैन ।  सुर्ती खेती पूर्खाहरुबाटै सुरु भएको रहेछ, यसबाट राम्रो आम्दानी पनि हुने भएकाले यही खेतीलाई अहिलेसम्म नै निरन्तरता दिइहेका छौँ, स्थानीय शिक्षक पञ्चराज राईले भन्नुभयोे ।

विद्यालयबाट बचेको समयमा आफुले पनि सुर्ती खेती गर्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार सुर्ती खेती बर्षमा एक सिजन मात्रै गरिन्छ । पहिले अन्य गाउँमा सुर्ती लगेर अन्नसँग साटासाट गरेर छाक अवस्था भए पनि अहिले भने सुर्ती बजारमा बेच्न सकिन्छ । गाउँसम्म सडक पुगेकाले अहिले त्यहाँका किसानले हरेक साता गाडीमा हालेर मानेभञ्ज्याङ, ओखलढुंगा, उदयपुरको घुर्मी लगायतका बजारमा लगेर बेच्ने गर्दछन् । गाउँमा चुरोट, बिँडीजस्ता उद्योग नभएकाले सुर्ती बेच्न समस्या भएको किसानहरुको गुनासो छ ।

हिलेपानी गाउँका प्रत्येक किसानका परिवारले बार्षिक एक लाखभन्दा बढी मूल्यको सुर्ती बेच्ने गर्दछन् । ठेकेदार घरमै किन्न आउँदा बिक्रिका लागि सजिलो भएपनि अधिकांश किसानले सदरमुका ओखलढुंगा र उदयपुरको घुर्मी बजार पु¥याएर बेच्ने गरेका छन् । यहाँ उत्पादन भएको सुर्ती प्रतिकिलो ८ सय देखि १ हजार रुपैयाँसम्ममा बिक्री हुने गर्दछ । खोटाङको हलेसी जाने मुख्य सडकले छोएको हिलेपानी र सोक्माटारलाई अहिले मध्यपहाडी राजर्मागले ओखलढुंगा र खोटाङ छोएको छ ।

हिलेपानीमा सुर्ती खेतीले हिउँद लाग्नासाथ गाउँघर हरियाली देखिन्छन् । पहिले जस्तो अन्नमा साटासाट गरेर व्यापार गर्नु नपरेपछि सुर्तीको आम्दानीले घरमै गाडीबाट खाद्यन्न आइपुग्छ । सुर्तीबाट यहाँका किसानको जीवनस्तर उठेको सहजै देख्न सकिन्छ । तीन चार बर्ष पहिलेसम्म देखिने फुसका छाना अहिले हरिया र नीला देखिने जस्ताका छाना यसका प्रमाण हुन् । सबैले परिवार चलाएर बचत समेत गर्ने गरेकाले समस्या पर्दा पैँचो माग्न साहु कहाँ जान नपर्ने भएको छ मासिक १०– १२ हजार कमाउन खाडि मुलुकको तातो घामका श्रम गर्नु पर्ने दुदर्शा पनि हटेको छ । पैसा कमाउने सपना बोकेर विदेशिने युवाहरुलाई हिलेपानीको सुर्ती खेती गाउँमै श्रम गरे राम्रो आम्दानी गर्न सकिने प्रमाण बनेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :