कुबेत र साउदीमा कमाउन नसकेको पैसा गाइपालनमा

यो समाचार 337 पटक पढिएको

नेपालगन्ज, १३ फागुन / बाँकेको सीतापुर– २ का ४० बर्षीय दिपक गुरुङ् झन्डै १८ बर्ष बैदेशिक रोजगारमा कुबेत र साउदी अरबमा बसे । तरपनि उनको आर्थिकको अवस्था माथि उठ्न सकेको थिएन ।

cowनेपाल फर्किएको जम्मा तीन बर्षमै गाइपालन व्यवसायबाट दिपकको अवस्था अहिले भने सुध्रिएको छ । उनले गाइपालनबाट मासिक ५० हजार आम्दानी गरिरहेका छन् ।

‘विदेशमा जम्मा ३०/३५ हजार कमाइन्थ्यो, स्वदेशमा त्यो बढी नै कमाई हुन्छ , घरपरिवार र बालबच्चासँगै बस्नु पाइएको छ,’ दिपक भन्छन ,’त्यहाँ त अर्काको अधिनमा काम गर्नु पथ्र्यो , साह्रै दुख थियो ।’  जागिर पाउन गाह्रो भएको र देशमा केही गर्न सकिन्छ भने सुझाव कसैले नदिएको कारण विदेशीन बाध्य भएको उनले बताए ।

२ वटा जर्सी गाईबाट व्यवसाय शुरु गरेका दिपकसँग अहिले ७ वटा दुहुना सहित १५ वटा गाई छ । दिपकले प्रत्येक दिन २५ लिटर दुध बेच्ने गरेका छन । दुध मात्र होइन उनले मलको लागि गोबर समेत बेच्ने गरेका छन ।  ३ हजार ५ सयप्रति ट्रलि गोबर समेत बेच्ने गरेको उनले बताए । ‘दुध मात्र होइन गोबरको अडर आइरहन्छ,’ उनि भन्छन् ।

गाइपालनको आम्दानी ८ जनाको परिवारको जिविकोपार्जन चलिरहेको उनले बताए । गाइपालनको आम्दानीबाट ३ जना छोराछोरीलाई निजी विद्यालयमा पढाएका छन् दिपकले ।  गाइपालनको लागि १ विगाहा जग्गामा घासँखेती समेत गरेका छन । घरको आर्थिक अवस्था कमजोर थियो तर १७/१८ बर्ष विदेशमा गएर काम गरे तर केही उन्नती हुन सकेन , अहिले ३ बर्ष देखि गाइपालन थालेको आर्थिक अवस्था राम्रो भइरहेको छ उनले दोहोर्‍याए ।

व्यवसायीक गाईपालन आफ्नै लगानी गरेको उनले बताए । ‘कसैबाट सहयोग लिएको छैन , सुन्न त सुन्छु गाइपालन गर्दा संघसस्थाको सहयोग पाइन्छ भनेर तर अहिलेसम्म कसैले सहयोग गरेका छैनन र म सहयोग खोज्न गएको छैन.’ दिपकले भने । दिपकले ५ लाखको लगानीमा १७ वटा गाइ अटाउने गोठ बनाएका छन । गाइ थप्दै जाने योजना समेत उनले बताएका छन । उनि देशमा नै योजना बनाएका परिश्रम गरेमा विदेश जानु पर्ने अवस्था नरहेको बताउछन् ।

‘पहिल्यै कसैले योजना बनाएर दिएको भए म त विदेश नै जान्न थिए , अहिले पनि विदेश जाने खर्चले यहाँ नै पेशा गरेमा त्यहाँ भन्दा बढी आम्दानी हुन्छ,’ दिपक भन्छन् । उनले पशुपालनमा मेहनत भने धरै हुने बताए । उनले गाइ बिरामी हुदा उपचारको लागि पशु चिकित्सक र प्राविधिकहरुको भने समस्या हुने गरेको बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :