कालो चामल अनुसन्धान, इतिहास र विकास/पुस्तक

यो समाचार 496 पटक पढिएको

कालो चामल भर्खरै नेपालमा प्रवेश गरेको छ । विगत २/३ वर्षदेखि नेपाली किसानहरु फाटफुट रुपमा यसको खेती गर्दै आएका छन । यो चामल हेर्दा भित्रबाट कालो हुन्छ, त्यसकारण यसलाइ कालो चामल भन्ने गरिन्छ । यसको नेपाली बजार मुल्य रु ४७५ देखि ५०० सम्म प्रति किलो छ र काठमाडौका सुपरमार्केटहरुमा उपलब्ध छ ।

bookकालो चामल विश्वको अति प्राचिनतम चामल भए पनि यसबारे सर्वसाधारण अनभिज्ञ नै छन । यसको बारेमा थुप्रै अध्ययन, अनुसन्धान भए पनि समग्र रुपमा कालो चामलबारे औपचारिक रुपमा अहिलेसम्म कुनै किताब निस्केको थिएन । यही यर्थातलाइ मध्यनजर राख्दै विज्ञ, विधार्थी र किसानअरुको हितमा यो किताब प्रकाशन गरिएको हो ।

विज्ञानको दुनियाका अति प्रतिष्ठित प्रकाशक स्प्रीङ्गर इन्टरनेसनल पब्लिसिङ्ग स्वीटजरल्याण्डले यो किताब भर्खरै बजारमा ल्याएको छ । यसको दुबै हार्डकोपी र इकोपी किताब बजारमा उपलब्ध छ । पाठकले रुचि देखाएमा गुगलमा गइ Black Rice Research, History and Development टाइप गरी किताब पाउन सक्नेछ वा सोझै www.springer.com मा पनि यो किताब उपलब्ध छ । यो किताब मगाउदा किताबको मुल्य बाहेक बढी अतिरिक्त रकम तिर्नु पर्दैन र सोझै पाठककहा प्रकाशकले पठाइदिन्छ । यो किताबको इकोपी मुल्य १०,७०९ युरो र हार्डकोपी मुल्य १३, ४९९ युरो रहेको छ । यस किताबका लेखक उज्जवल कुमार सिह कुशवाहा हुन जो हाल कृषि वनस्पति महाशाखा, खुमलटार, ललितपुरमा धान विज्ञको रुपमा कार्यरत छ । उनले नेपालमा सर्वप्रथम कालो धानमा अनुसन्धान पनि सुरु गरेको छ ।

इतिहासविदका अनुसार कालो चामललाइ मनाही (फोरबिडन) चामल पनि भनिन्छ । किनकि यो चामल मात्र चिनिया राजा, महाराजाहरुले आफनो आयु बढाउन उपभोग गर्ने गर्थै । अरु सर्वसाधारणले यो चामल खादा उसलाइ मुत्यदण्ड दिने गरिन्थ्यो । त्यसैले यो चामललाइ राजा चामल वा आयु बढाउने चामल पनि भन्ने गरिन्छ ।

यो चामलमा एण्टीअक्सिडेन्टसको मात्रा ब्लुबेरी भन्दा १० गुणा बढी हुन्छ । चामल कालो हुनुको कारण यसमा भएको एन्थोसाइनिनको मात्राले हो । अनुसन्धानकर्ताले यो चामलमा पाइने औषधीय गुणले गर्दा मधुमेहका रोगीले सजिलै खान मिल्ने, हृदय रोगी, एलर्जी, मोटोपना, क्यान्सर रोगीले खादा रोग निको हुन निकै लाभ पुयाउछ । कालो चामलले पाचन प्रणाली सुधार्ने लगायत धेरै रोगहरुको उपचारमा सहयोग गर्छ । खाध विज्ञका अनुसार कालो चामल आधुनिक सपरफुड हो ।

कालो धानको खेती अरु धानको खेती सरह नै गर्नै गरिन्छ । अचेल कालो चामलका धेरै जातहरु उपलब्ध भए पनि चिनिया कालो चामल बढी प्रचलित छ । यो चामलको बाहीरी भाग खाध पदार्थमा प्राकृतिक रंगाउने वस्तुको रुपमा धेरै नै उपयोग हदै आएको छ । अहिलेको आधुनिक युगमा कालो चामलको नियमित उपयोग गर्दै दैनिक शारीरिक एक्सरसाइज गर्दा व्यक्ति स्वस्थ भइ जिउन सक्छ ।  यस किताब भित्र कालो धानको सम्पुर्ण इतिहास, विकास र अनुसन्धानको बारेमा उल्लेख छ । यो किताबमा कालो धान खेती गर्नै तरिका पनि विस्तृत रुपमा उल्लेख छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :