स्वचालित एग्रोफार्मबाट पहिलोपटक अण्डा उत्पादन

यो समाचार 341 पटक पढिएको

स्याङ्जा, ७ फागुन / भिरकोट नगरपालिकामा पूर्ण स्वचालित ब्याट्रिकेज प्रणालीद्वारा सञ्चालित मुलुककै पहिलो एग्रो फार्मबाट अण्डा उत्पादन सुरु भएको छ । जर्मनीको अत्याधुनिक प्रविधि ब्याट्रिकेज प्रणालीद्वारा संचालित फार्ममा शुक्रबारदेखि अण्डा उत्पादन सुरु भएको हो ।

Eggखिलुङ कालिका एग्रो फार्म प्रालि कम्पनीका नाममा स्थापना गरिएको मुलुककै अत्याधुनिक प्रविधिजडित ‘लेयर्स कुखुरा फर्म’ असोजदेखि सञ्चालनमा ल्याइएको हो । जर्मनीको अत्याधुनिक प्रविधि ‘ब्याट्री केज’ प्रणालीबाट सञ्चालित सोे फार्म २ लाख लेयर्स कुखुरा क्षमताको छ । पहिलोपटक अहिले ५० हजार कुखुराबार सुरु गरिएको र सोही कुखुराले पहिलो पटक अण्डा दिन सुरु गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले जानकारी दिए । उनका अनुसार फार्ममा ५0/५० हजार थप गर्दै २ लाख कुखुरा पु¥याइने छ ।

कालिका फार्म ४० रोपनी क्षेत्रफलमा रहेको छ । दुई लाख कुखुराका लागि चारवटा भवन निर्माण गरिएको छ । एक भवनमा ५० हजार चल्ला हुर्काउनका लािग र अन्य ३ भवन अण्डा उत्पादनका लागि निर्माण गरिएका हुन । बन्द घरभित्र रहेका ती चल्लाहरूले ४ महिनामा अण्डा दिने र दैनिक एक लाख ३० हजार अण्डा उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । ‘बातावरणमैत्री बन्द घरभित्र रहेका ती कुखुराका लागि आवश्यकता अनुरुपका दाना, पानीलगायत अन्य आवश्यक खाद्य वस्तु मेशिनद्वारा उपलब्ध गराइनेछ । मेशिनद्वारा अण्डा पनि एकिकृत रूपमा जम्मा हुने’, कार्यकारी अधिकृत ढकालले बताए ।

एउटा केजमा ८ वटा कुखुरा मात्र राख्न सकिनेछ । ६ हजार २ सय ४० केजमा रहेका ५० हजार कुखुराका अण्डा एउटै स्थानमा जम्मा हुने गर्दछ । १५ महिनासम्म नियमित अण्डा दिने र त्यसपछि मासुका लागि बिक्री गर्न सकिने लेयर्स कुखुराका चल्ला जर्मन र मलेशियाबाट ल्याइएका हुन । भारतीय नाकाबन्दीका कारण सामान ल्याउन नसक्दा थप कुखुरा राख्न ढिलाइ भएको बताइएको छ । पश्चिमाञ्चल विकास क्षेत्रका सबै बजारसम्म आफ्ना उत्पादन पु¥याउने र अण्डामा निर्भर बनाउने कम्पनीको लक्ष्य छ ।

तत्कालीन खिलुङदेउराली गाविसबासी हाल भिरकोट नगरपालिकाका गंगाराम अर्याल, हरिप्रसाद शर्मा, चुडामणी र श्यामप्रसाद अर्याल लगायत ७ जनाद्वारा संचालित सो एग्रोफाममा ३२ करोडको लगानीे छ । फर्ममा हाल २५ जनाले रोजगार पाएका छन् भने लक्ष्य अनुरुपका कुखुरा राखेपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ९० जना भन्दा बढीले रोजगार पाउने कम्पनीका अध्यक्ष गंगाराम अर्यालले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :