कोहलपुरमा कृषि यान्त्रिकरण महोत्सव

यो समाचार 336 पटक पढिएको

काठमाडौं, २ फागुन / सरकारले बाँंकको कोहलपुरमा दोश्रो राष्ट्रिय कृषि यान्त्रिकरण महोत्सव गर्ने भएको छ ।

yantri 2
तस्वीर : लेखनाथ पोखरेल

आगामी फागुन २३ देखि पाँचदिने महोत्सवको आयोजना गरिएको कृषि इन्जिनियरिङ्ग निर्देशनालयले जनाएको छ । निर्देशनालयले नेपाल कृषि मेसिनरी व्यवसायीको सहकार्यमा उक्त महोत्सवको आयोजना गरेको हो ।

महोत्सवमा कृषि औजार, उपकरण तथा यन्त्रका साथै बैंक तथा वित्तीय संस्थाका गरी एक सय ५० भन्दा बढी स्टल रहने व्यवस्था गरिएको छ । मेलामा एकहजार भन्दा बढी कृषि औजार तथा उपकरण रहने संघले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कृषि उपकरणको प्रयोगमामार्फत कृषिको व्यवसायिकरणमा जोड दिने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको निर्देशनालयका निमित्त कार्यक्रम निर्देशक मधुसुदन बस्नेतले बताए ।

मेलाबाट कृषि यन्त्र उपकरण तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा सहयोग पुग्ने, कृषि यन्त्र व्यवसायी र कृषकबीच समन्वय हुने, व्यवसायिक चेतना अभिबृद्धि हुने, लगानीको अवसर सिर्जना हुने आयोजकको अपेक्षा छ ।

अबलोकनकर्ताका लागि महोत्सवमा निः शुल्क रुपमा प्रवेशको व्यवस्था गरिएको छ । यसैगरी व्यवसायीको लागि पनि नि ः शुल्क रुपमा स्टल राख्ने व्यवस्था गरिएको छ । महोत्सवमा ५० हजार अबलोकनकर्ताले अबलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ । यसअघि दुई वर्षअघि चितवनको नारायणगढमा पहिलो यान्त्रिकरण महोत्सव सम्पन्न भएको थियो । उक्त महोत्सवमा पाँच करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :