माछापालनबाट वार्षिक ६ लाख आम्दानी

यो समाचार 101 पटक पढिएको

तनहुँ, २७ माघ / तनहुँको छाङभञ्ज्याङ्ग ५ मा मल्ल परिवारका पाँच दाजुभाइले २०६९ सालदेखि माछा पालन गरिरहेको छन्। सूर्ज कुमार मल्लका सबै दाजुभाइ सानैदेखि सदरमुकाम दमौलीमा व्यवसाय गर्थे।

fishमल्ल परिवारले कृषिमा आत्मनिर्भर बन्ने सरकारको योजनालाई साकार बनाउने लक्ष्यमा सहयोग गर्ने उद्देश्यका साथ माछा पालन व्यवसायी सुरु गरेको मल्लले बताए। मल्ल परिवारले आर्थिक उन्नतिको लागि २०६९ सालमा ‘पहल कृषि सहकारी संस्था’ खोलेर व्यवासायीक कृषि सुरु गरे।

मल्लले नेपाल आर्मीको जागिर खाएर पेन्सन पाईसकेका हुन्। शहरमा व्यापार गर्न केही समस्या थिएन। दमौलीमा पुर्खौँदेखि गर्दै आएको व्यवसाय छँदै थियो । परिवारका अन्य सदस्य कृषि क्षेत्रमै सरकारी जागिर खाएका र छोरीहरु पनि कृषि विषय नै पढ्दै गरेकोले घरसल्लाह गरी व्यवसायीक रुपमै कृषि पेसा गर्ने निर्णय गरेको मल्लले बताए।

उनीहरु पाँच दाजुभाइले २५ रोपनी खेतमा पोखरी खनेर माछा पालन गर्न थालेका हुन् । सातवटा पोखरी खनेर माछा पाल्न सुरु गरेका मल्ल परिवारले अहिले राम्रो आम्दानी गर्न थालेका छन् । ‘२५ रोपनीमा सातवटा पोखरी खनेर माछा पाल्न थाल्यौँ,’ उनी भन्छन् ‘पहिलो वर्ष साढे पाँच लाख, दोस्रोमा ६ लाख कमायौँ, यो वर्ष पनि ६ लाख कमाउने लक्ष्य छ।’

उनले माछापोखरी खन्नका लागि नेपाल सरकारबाट ५ लाख ७० हजार रुपैयाँ सहयोग र आफ्नो ४२ लाख ८३ हजार लगानी गरेको बताए। ग्रास, कमन, नैनी, रहु लगायतका पाँच जातका माछा पालिरहेका उनीहरुले गत वर्षदेखि उत्पादन लिन सुरु गरेको बताउँछन् । ‘गतवर्ष साढे पाँच लाख रुपैयाँको माछा बेचियो’ सहकारीका सचिव चुडालालले भने ‘यो वर्ष छ लाखको बेच्ने योजना छ ।’  उनीहरुको व्यवसायमा ६ जनाले पूर्ण रोजगारी पाएका छन् भने त्यत्तिकै संख्यामा आंसिक रोजगारी पनि दिएको मल्ल बताउँछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :