मासिक चार लाख कमाउँछन् चार सय गाईले

यो समाचार 961 पटक पढिएको

Cow Farm Rupendei

रुपन्देही/ स्थलगत रिर्पोट

७ वर्षदेखि रुपन्देहीका शशि पौडेल व्यवसायीक रुपमा गाई पालन गरिरहेका छन्। पौडेलको रुपन्देही टिकुलीगढ तिलोत्तमामा ‘लुम्बिनी प्रोडक्टस एण्ड रिर्सच सेन्टर’को नाममा गाई फार्म छ।

गाई फार्ममा अहिले झण्डै ४ सय भन्दा बढी गाई छन्। उनको फार्ममा अहिले १ सय २५ वटा गाईले दैनिक दूध दिने गर्छन्। ७० वटा बाच्छा बाच्छी र अरु माउ गाई पनि फार्ममा छन्। उनको फार्ममा उन्नत जातको जर्सी र होल्स्टन नामका गाई छन्। पहिले भारतबाट केही माउ गाई ल्याएको र पछि पुनः अमेरिकाबाट ब्रिड ल्याएको पौडेलले बताए।

cow farm 2गाई व्यवसाय २५ करोड रुपैयाँबाट सुरु गरेको भएपनि अहिले १अर्ब भन्दा माथि लगानी पुगेको उनले बताए। गाईका लागि आवश्यक घाँस अभाव भएपछि पुनः १५ बिघा भन्दा बढी जग्गा किनेको र अहिले आफूले २० बिघाभन्दा बढी जग्गामा गाई पालनको व्यवसाय गरेका छन्। आफूले आनन्द प्राप्तीको लागि गाई पालन व्यवसाय गरेको बताउने पौडेलको अस्पताल, कलेज, बैंकमा समेत लगानी रहेको छ।

Cow farm 1उनले भने, ‘यो व्यवसायबाट सम्पूर्ण खर्च कटाएर पनि मासिक ४ लाखसम्म नाफा छ।’ गाईको स्याहार सुसारका लागि मासिक १४ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ। फार्ममा ३० जना भन्दा बढीलाई रोजगारी दिएका छन्। उनले गत आर्थिक वर्ष र अघिलो आर्थिक वर्षमा गरी कृषि मन्त्रालयका विभिन्न निकायबाट २१ लाख रुपैयाँ समेत सहयोग लिएका छन्।

उनको गाई फार्ममा गाईलाई दाम्लाले बाँधिएको छैन। गाई दुहुनको लागि पनि मेसिन सेट गरिएको छ। दिनमा दुई पटक बिहान ४ बजे र दिउँसो २ वजे गरी १२ सय देखि १५ सय लिटर दूध दुहुने गर्छन्।  एक पटकमा १२ वटा गाई दुहन सकिने र यसको लागि ६ देखि ७ मिनेट लाग्ने पौडेलले बताए। दूध दुहेपछि चिसान गरेर बेच्ने गरेको उनले बताए।

cow farm 3उनको गाई फार्मको दूध मागअनुसार नरहेको बताउने पौडेलले बुटवल र भैरहवा बजारमा दूध बेच्ने गर्छन्। उनले दूध बाहेक वर्षको २ सय वटा जति माउ गाई १ डेढ लाखदेखि ३ लाख रुपैयाँमा बेच्ने गरको बताए। उनले गाईकाका लागि आवश्यक दाना पानी विदेशबाट नल्याएको  बताए। नेपालमा भटमासको पिना भने नपाउने भएकोले भारतबाट आयात गरेको बताए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :