विराटनगरमा प्रांगारिक कृषि मेला

यो समाचार 263 पटक पढिएको

विराटनगर, २६ माघ / नवौं राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनी आइतबारदेखि विराटनगरमा सुरु भएको छ । पूर्वाञ्चलमा पहिलोपटक प्रांगारिक कृषिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुरु भएको मेला कृषिमन्त्री हरिबोल गजुरेलले उद्घाटन गरे ।

Krishi Mela कृषि मेलाकृषिमन्त्री गजुरेलले निकट भविष्यमा कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाएर अन्तर्राष्ट्रिय बजारमा समेत नेपालकोे उत्पादन पुर्याउने सरकारको लक्ष्य रहेको बताए । सरकारले कृषिको उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्ने योजनासहित कृषिको एकीकृत विकासका लागि २७ बुँदे प्रतिबद्धता ल्याएको र सोहीअनुसार कार्ययोजना बनाएर अगाडि बढ्ने उनको भनाइ छ ।

कृषि व्यवसाय तथा बजार विकास निर्देशनालयको आयोजना तथा जिल्ला कृषि विकास कार्यालय मोरङको संयोजनमा भएको मेलामा कृषिसँग सम्बन्धित ९० वटा स्टल राखिएको छ । ४ दिन सञ्चालन हुने मेलामा प्रांगारिक कृषिका उत्पादन, माटो परीक्षण शिविर, खाद्य परिकार प्रदर्शन, प्रांगारिक खेती प्रविधिलगायत स्टल राखिएका छन् ।

त्यस्तै अन्तरक्रिया, गोष्ठी, प्रांगारिक कृषि सूचना केन्द्र, प्रांगारिक कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रमसमेत गरिने जिल्ला कृषि कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :