कोक पेप्सीको सट्टा दूध सेवन गर्न सुझाव

यो समाचार 326 पटक पढिएको

काठमाडौं, २६ माघ/ दूध तथा दुग्धजन्य पदार्थको विकास र विस्तार र प्रवद्र्धनका लागि गुणस्तरको महŒवपूर्ण भूमिका हुने भन्दै गुणस्तरीय उत्पादनमा जोड दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

Krishna Chandra Paudelनेपालमा मिल्क होलिडेको समस्या हुनु तर दूध तथा दूग्धजन्य पदार्थ आयात बढ्नुमा पनि गुणस्तर कारण हुनसक्ने भन्दै गोठदेखि ओठसम्म गुणस्तरप्रति सचेत हुनुपर्ने उनीहरूको भनाइ छ । नेपाल डेरी एसोसिएसनद्वारा पशुपक्षी विकास मन्त्री, राज्यमन्त्री र सचिवको सम्मानमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् ।

पशुपक्षी विकास मन्त्रालयका सचिव डा.कृष्णचन्द्र पौडेलले दुग्ध क्षेत्रको विकास र विस्तार र आयात प्रतिस्थापनका लागि गुणस्तरमा ध्यान दिनुपर्ने बताए । एकातिर मिल्क होलिडेको समस्या हुनु र अर्कोतिर दूध तथा दुग्धजन्य पदार्थको आयात बढ्नु चिन्ताको विषय भन्दै आयात प्रतिस्थापनका लागि गुणस्तरमा जोड दिनुपर्ने बताए । उनले स्वदेशी वस्तुको उपयोगमा जोड दिँदै दुग्धजन्य पदार्थको विविधीकरण गरी कोक, प्mयान्टालगायतका पेय पदार्थलाई विस्थापित गरिनुपर्ने बताए । सचिब पौडेलले कोक, पेप्सीलगायतका पेयजन्य पदार्थ आयात हुँदा नेपाली रुपैयाँ बिदेशिएको र त्यस्ता पदार्थ सेवन गर्नाले मानव स्वास्थ्यलाई हानि पुरयाएको औल्याए ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाले डेरी क्षेत्रको विकास र विस्तारका लागि सरकारले अझै पनि प्रभावकारी भूमिका खेल्न नसकेको बताए । दूधको मूल्य बढेको ८ महिना बितिसक्दा पनि घ्यूको मूल्य बढ्न नसकेका कारण व्यवसायीहरू मर्कामा परेको बताए । घ्यूमा प्रतिकेजी ९० रुपैयाँ घाटा व्यहोर्नुपरेको उनले बताए ।

कार्यक्रममा एसोसिएसनका तर्फबाट दुग्ध क्षेत्रको वर्तमान अवस्था, समस्या समाधानका उपाय तथा नीतिगत कदमहरू विषयक कार्यपत्र प्रस्तुत गर्दै राधाकृष्ण सापकोटाले स्वदेशी डेरीजन्य उत्पादनका लागि मूल्य अभिवृद्धि कर(भ्याट) तथा अन्य करहरूमा सहुलियत दिनुपर्ने र आयातित डेरीजन्य उत्पादनमा भन्सारदर बढाउनुपर्ने बताए । त्यस्तै डेरी स्पेयरपाट्र्स, डेरी इक्पिमेन्ट र मेसिनरी आयातमा भन्सादर एक प्रतिशत कायय गरिनुपर्ने, विद्यालयहरूमा दुग्धजन्य पदार्थको खपत बढाउनुपर्ने, सुरक्षा निकायमा स्वदेशी दूध तथा दुग्धजन्य पदार्थ अनिवार्य गरिनुपर्ने, गुणस्तर नियन्त्रणतर्फ जीएमपी, एचएसीसीपी र आइएसओलगायत प्राविधिक ज्ञानका लागि तालिम तथा कार्यशाला आयोजना गरिनुपर्नेमा जोड दिइएको छ । अनुदानयुक्त दूध तथा दुग्धजन्य पदार्थसँग प्रतिस्पर्धा, अस्वस्थ प्रतिस्पर्धालगायतका कारण नेपालको क्षेत्र चुनौतीपूर्ण अवस्थाबीच गुज्रिरहेको बताइएको छ ।

एसोसिएसनका सल्लाहकार तथा सहकारी डेरी उद्यमी पुण्य पौडेलले डेरी उद्योगहरू गुणस्तरप्रति संवेदनशील नरहेको र सरकार पनि गुणस्तर नियन्त्रण गर्न डराइरहेको भन्दै गुणस्तर अनुगमनलाई तिव्रता दिन माग गरे । साथै उनले मिठाई भण्डारहरूले नेपाली दूध प्रयोग नगरी भारतबाट आयातित खुवा प्रयोग गर्दै आएकोमा पनि अनुगमन हुनुपर्ने बताएका छन् । एसोसिएसनका अनुसार डेरी क्षेत्रमा निजी क्षेत्रबाट करिब १५ अर्बको लगानी भइसकेको छ भने दैनिक ३ करोड रुपैयाँ सहरबाट गाउँमा प्रवाह हुँदै आएको छ । केही वर्षयता दूध उत्पादमा ३.२२ प्रतिशतले बृद्धि भएको बताइएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्त, पशु सेवा विभागका महानिर्देशक डा. केशव प्रेमी, एसोसिएसनका महासचिव प्रल्हाद दहाल, सल्लाहकार पुण्य पौडेललगायतले दुग्ध क्षेत्रको विकास र विस्तारका लागि सहकार्यमा जोड दिएका थिए । पशुपक्षी विकास राज्यमन्त्री नरदेवी पुनले बालबालिकालाई दूध सेवन गराएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रमका सहभागीहरूले पूर्व प्रधानमन्त्री स्व.सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :