पशुबिमा योजना निष्प्रभावी बन्दै

यो समाचार 322 पटक पढिएको

विराटनगर, २४ माघ/ पशुपालन व्यवसायलाई आकर्षक बनाउन सरकारले अनुदानसहितको पशुबिमा योजना लागू गरे पनि पूर्वाञ्चलमा यो कार्यक्रम प्रभावकारी बन्न सकेको छैन।

Livestock Houseझन्झटिलो प्रक्रिया, सदरमुकामकेन्द्रित बिमा कम्पनी, बिमाबारे किसानलाई जानकारी अभाव र बिमा कम्पनीले पशु तथा पक्षीको बिमा गर्न नमान्नेलगायत कारणले पूर्वाञ्चलमा अनुदानसहितको बिमा योजना प्रभावकारी बन्न नसकेको हो।

पूर्वाञ्चलमा केही व्यावसायिक फर्मले मात्रै पशुबिमा गरेको कृषि प्राविधिक बताउूछन। विशेष गरी बैंकबाट ऋण लिएर पशुपालन व्यवसाय गर्ने केही व्यवसायीले मात्रै पशुबिमा गरेको पाइन्छ। क्षेत्रीय पशुसेवा निर्देशनालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७१र७२ मा पूर्वाञ्चलमा २ हजार ३ सय ३९ पशुको मात्रै बिमा गरिएको छ जसमा १ हजार ५ सय ४० वटा गाई, ३ सय २४ भैंसी, ४ सय ३० बाख्रा र ४५ वटा बंगुरको बिमा गरिएको छ। पूर्वाञ्चलमा पालन गरिएका पशुसंख्याका आधारमा बिमा गरिएका पशुको संख्या नगण्य छ। पूर्वाञ्चलमा गाई–गोरुको संख्या २५ लाख ८२ हजार ५ सय ५, भैंसी–राूगाको संख्या १२ लाख ५ हजार १ सय ५२ छ।

यस्तै, बाख्राको संख्या ३४ लाख ७५ हजार ९ सय ३१, बंगुर १० लाख ४ हजार ७ सय १२, भेडा १ लाख ७७ हजार ९ सय ५४ पालन गरिएको छ। पूर्वाञ्चलका किसानले ८४ लाख पशुपालन गरेकोमा २ हजारको मात्रै बिमा हुनुले बिमा योजनाले किसान लाभान्वित नभएको स्पष्ट हुन्छ।

पशुबिमामा सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ। पशुधनको सुरक्षानिम्ति किसानले बिमा प्रिमियमको २५ प्रतिशत मात्रै शुल्क बुझाउनुपर्ने नियम छ। पशुपालन गर्ने अधिकांश किसान गाउूमा हुने तर बिमा कम्पनी सदरमुकाममा रहने, प्रक्रियागत झन्झटका कारण धाइरहनुपर्ने र विभिन्न बहाना बनाएर कम्पनी पन्छिने प्रवृत्तिले पशुबिमा किसानको आकर्षण नभएको मोरङ हसन्दहका किसान विनय तिम्सिनाले बताए।

पूर्वाञ्चलमा बिमाको प्रिमियमबापत गत वर्ष करिब ४४ लाख रुपैयाू बिमा कम्पनीलाई शुल्क बुझाएकोमा पशु मरेका कारण १३ लाख २८ हजार ३ सय रुपैयाू किसानले फिर्ता पाएका थिए। गत वर्ष बिमा गरिएका पशुमध्ये २४ वटा गाई र एउटा भैंसी मरेका थिए। पशुबिमा मात्रै हैन, पक्षीबिमाको अवस्था पनि पूर्वमा उस्तै छ। कुखुरापालन व्यवसाय फस्टाउूदै गए पनि बिमा योजनाले यस्ता किसानलाई समेट्न सकेको छैन। पूर्वाञ्चलमा गत वर्ष ९९ लाख १७ हजार कुखुरा पालन गरिएकोमा ९ हजार ५४ को मात्रै बिमा गरिएको थियो। बेला–बेला फैलने महामारीका कारण एकैपटक धेरै कुखुरा मर्ने भएकाले बिमा कम्पनीहरू कुखुराको बिमा गर्न हिचकिचाउने गरेको किसान बताउूछन्। किसानका अनुसार बिमा कम्पनी विभिन्न बहाना बनाएर बिमा नगरी पन्छिने गरेका छन्।

पशुपक्षीको बिमा गर्न बिमा कम्पनीले नमान्दा समस्या भएको क्षेत्रीय पशु निर्देशनालय विराटनगरले जनाएको छ। निर्देशनालयका अधिकृत अशोककुमार सिंहका अनुसार समन्वय अभावमा बिमा कम्पनीसम्म किसान आइनपुग्ने र बिमा कम्पनी पनि किसानसम्म जान नरुचाउँदा बिमा योजना प्रभावकारी हुन नसकेको हो। पूर्वी जिल्लामा पशुपक्षीको बिमा गर्न फरक—फरक बिमा कम्पनीलाई जिम्मा दिइएको निर्देशनालयले जनाएको छ।

जिल्लामा सेवा सञ्चालन गरेका बिमा कम्पनीले पशुपक्षीको बिमा गर्न सक्ने भए पनि उनीहरुले रुचि नै नदेखाउने गरेको सिंहले बताए। उनले भने, ुअन्य बिमा कम्पनीको त कुरै छाडौं, सम्बन्धित जिल्लाका लागि तोकिएका कम्पनी पनि सजिलै बिमा गर्न मान्दैनन्।ु यति मात्रै होइन, क्षेत्रीय निर्देशनालयले किसान र बिमा कम्पनीबीचको दुरी घटाउन बिमामा देखिएका समस्याबारे छलफल गर्न बोलाउूदासमेत कम्पनीका प्रतिनिधि नआएको सिंहले गुनासो गरे ।

पशुपक्षीपालक किसानका लागि केही वर्षपहिले कृषि मन्त्रालयले ल्याएको कर्जा सुरक्षण योजना असफल भएजस्तै अनुदानसहितको बिमा योजना पनि असफल हुने खतरा बढेको छ। अनुगमन, नियन्त्रण र कार्यान्वयन गर्ने निकायहरूको फितलो कार्यशैलीले एकपछि अर्को योजना असफल हुूदा किसानले सरकारको योजनाबाट लाभ लिन पाइरहेका छैनन्। बैंकहरूलाई कृषिमा लगानीनिम्ति बाध्यकारी व्यवस्था गरिएजस्तै बिमा कम्पनीलाई पनि कुल बिमाको निश्चित प्रतिशत बाली र पशुबिमा गर्नैपर्ने व्यवस्था भए मात्रै अनुदानसहितको बिमा योजनाले किसान लाभान्वित हुने देखिन्छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :