बाख्राले एकै वेतमा ६ पाठा पाठी जन्मायो

यो समाचार 331 पटक पढिएको

चितवन, १६ माघ /चितवनमा एउटै वाख्राले एकै वेतमा ६ वटा पाठा पाठी जन्माएको छ ।चितवनको भरतपुरस्थित कृष्णपुरका आनन्द अधिकारीले पालेको स्थानीय जातको बाख्राले ६ ओटा पाठा पाठी जन्माएको हो ।

Goatघरमै पालेको बाख्राले चौथो वेतमा चार ओटा पाठा र २ वटा पाठी जन्माएको अधिकारीले जानकारी दिनुभयो । यो बाख्राले पहिलो वेतमा तीन, दोस्रो बेतमा दुई, तेस्रो बेतमा चार वटा पाठापाठी जन्माएको जानकारी दिँदै अधिकारीले चौथो वेतमा जन्मिएका ६ वटै पाठापाठी सामान्यस्थितिका रहेको जानकारी दिनुभयो ।

मान्छेले जुम्ल्याहा सन्तान जन्माउनुलाई जस्तै बाख्राले एक वेतमा तीन–चार वटासम्म पाठा पाठी जन्माउनुलाई सामान्य मानिन्छ । तर बाख्राले एकै वेतमा छ वटा पाठी पाठी भने विरलै जन्माउँछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :