तस्करीका कुखुराले भरियो जनकपुर बजार

यो समाचार 328 पटक पढिएको

जनकपुर, १६ माघ / नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय कुखुरा यतिवेला जनकपुर बजारमा छयाप्छाती भएका छन् । तराई मधेश आन्दोलनको फाईदा उठाउदै तस्करले धनुषास्थित नेपाल–भारतका विभिन्न सीमानाकाबाट भारतीय कुखुरा जनकपुर बजारमा भित्र्याउन थालेपछि जनकपुरमा अवैध भारतीय चल्ला बिक्री बढेको हो ।

2ChickenFamilyNewsagrocomसीमावर्ती भररिया, बहुर्वा, जटही, हरिने हरलाखीलगायतका नाकाबाट दैनिक २५ देखि ३० क्विन्टल चल्ला तस्करले स्थानीय प्रहरीसँगको मिलोमतोमा जनकपुर भित्र्याउँदै आएको स्थानीय बताउँछन् । भारतीय बजारमा कुखुरा चल्ला प्रतिकिलो २० देखि ३० रुपैयाँसम्म सस्तो मूल्यमा पाइने भएकाले तस्करले दिउँसोमा मोटरसाइकल र रातिमा पिकअपमा ल्याउने गरेका छन् ।

भारतीय कुखुरामा बडर््फ्लुको आशंका देखिएपछि सरकारले भारतीय कुखुरा आयातमा रोक लगाएको थियो । तर, भारतीय कुखुरा तस्करी खुलेआम भइरहँदा पनि सरोकारवाला निकायले बेवास्ता गरेको स्थानीयको भनाइ छ । क्वारेन्टाइन कार्यालय र जिल्ला प्रशासन कार्यालयले अवैध पक्षी आयात भए–नभएको अनुगमन तथा कारबाही गर्ने अधिकार पाएका छन् । तर, खुलेआम रूपमा भारतीय अवैध कुखुरा चल्ला सीमानाकाबाट भित्रिए पनि चासो नदिएको कुखरा व्यवसायीको गुनासो छ ।

भारतीय कुखुराको तस्करी बढेसँगै धनुषाका कुखुरापालक व्यवसायीको लगानी डुब्ने अवस्था आएको व्यवसायी साजिद हुसेनले जानकारी दिए । ‘तराई आन्दोलनका कारण व्यापारीले पोल्ट्री व्यवसायीले करोडौँ नोक्सानी व्यहोरिरहेका वेला सीमाक्षेत्रबाट भारतीय कुखुरा तस्करमार्फत ल्याइन थालेपछि लगानी डुब्ने अवस्थामा पुगेका छौँ,’ उनले भने । सरकारले नेपाललाई मासु, अन्डा र तरकारीमा आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाए पनि कुखुरा तस्करी समयमा नरोकिए पेसाबाटै पलायन हुने अवस्था आउने व्यवसायीको गुनासो छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :