आलु र गोलभेंडाको बिमा गर्ने बढे

यो समाचार 268 पटक पढिएको

स्याङ्जा, १४ माघ / तुलसीभन्ज्याङ गाविसको कर्मचौरका विष्णु गैह्रेले यो वर्ष पाँच रोपनी जग्गामा लगाएको आलु खेतीको बिमा गरेका छन् ।

Potatoप्रतिरोपनी दुई सय ५८ रुपैयाँका दरले उनले सिद्धार्थ इन्स्सुरेन्स कम्पनी भैरहवा शाखामा आलु खेतीको बिमा गरेका हुन् । कृषि विकास कार्यालय स्याङ्जाले बिमित रकममध्ये सरकारले ७५ र किसानले २५ प्रतिशत एक वर्षको एक पटक तिर्नेगरी आलुखेतीमा बिमा गर्ने व्यवस्था मिलाएको हो ।

जिल्लामा सामूहिक तथा व्यक्तिगत रूपमा पनि कृषि बिमा गर्नेको संख्या बढ्दो छ । तुलसीभन्ज्याङ निवासी एक सय ७१ घरधुरीले १४ हेक्टर ९२ सय ४०० रोपनी जग्गामा सामूहिक आलु खेती बिमा गरेका छन् । तुलसीभन्ज्याङ वडा नं। २ कर्मचौर, ४ को डिनिक र ५ जिमुवा फाटमा लगाइएका १४ हेक्टर क्षेत्रफलमा ५७ लाख ८१ हजार चारसय ४० रुपैयाँ बराबरको आलु बिमा गरिएको वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले जानकारी दिए ।

नमूना नगदेबाली उत्पादन कार्यक्रम अन्तर्गत बिउ आलु उत्पादन गरी आत्मनिर्भर बनाउन सरकारको नमूना कार्यक्रम अन्तर्गत कृषि विकास कार्यालयले तुलसीभन्ज्याङ गाविसलाई छनोट गरिएको कृषि सेवा केन्द्र गल्याङका प्रमुख एवं प्राविधिक सहायक मेघनाथ पौडेलले जानकारी दिए । ‘बिमाअन्र्तगतको कुल रकमको १५ प्रतिशतलाई सय प्रतिशत मानेर ७५ प्रतिशत सरकारले र २५ प्रतिशत किसानले तिर्नु पर्नेछ’ , पौडेलले भने ।

तुलसीभन्ज्याङ गाविसको यो क्षेत्रमा मात्र गत वर्ष चारसय मेट्रिक टन बिउ आलु उत्पादन भएको थियो । आलुको पकेट क्षेत्रका रूपमा रहेको यहाँ उत्पादित आलु कास्की, तनहुँ, पाल्पा र स्याङ्जामा खपत भएको थियो । नाकाबन्दीका कारण आलु रोप्ने समयमा आलु ल्याउन कठिन पर्दा यसवर्ष सोही आलुको बिउले जिल्लाको माग पूरा गरेको हो ।

रुमलाल कँडेल, चन्द्रकान्त डुम्रे यहाँका नमूना आलु उत्पादक किसान हुन् । उनीहरूले आलु खेतीबाटै वार्षिक पाँचदेखि ६ लाख आम्दानी गर्ने गरेका छन् । रुमलाल कडेलले यसपटक ३० क्वीन्टल आलु लगाएका छन् । मल, जल र उपयुक्त मौसम भएमा एक क्वीन्टल लगाउदा १५ क्विन्टलसम्म आलु उत्पादन गर्न सकिने कँडेलले बताए ।

यसैगरी, गोलभेंडा खेतीमा पनि बिमा गर्नेको संख्या बढेको छ । यसवर्ष सयवटा भन्दाबढी गोलभेंडा टनेल खेतीको बिमा गरिएको छ । फेदिखोला गाविसका करिब सयवटा भन्दा बढी गोलभेंडा टनेलको बिमागरिएको कृषि विकास कार्यालयका बालि संरक्षण अधिकृत तिलकबहादुर केसीले जानकारी दिए । प्रमुख केसीका अनुसार उत्पादन लागतको ५ प्रतिशत बिमा शुल्क तिर्नुपर्ने हुन्छ ।

५ प्रतिशतको पनि ७५ प्रतिशत सरकारले र २५ प्रतिशत किसानले तिर्नेगरी बिमा रकम तोकिएको छ । स्याङ्जामा यसैवर्षदेखि सुरु भएको बिमा गोलभेंडा र आलु खेतीमा ह्वात्तै बढेको छ । इन्फोकृषि विकास कार्यालय स्याङ्जाले बिमित रकममध्ये सरकारले ७५ र किसानले २५ प्रतिशत एक वर्षको एक पटक तिर्नेगरी आलुखेतीमा बिमा गर्ने व्यवस्था मिलाएको हो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :