हराए डेढ करोडका कुखुरा

यो समाचार 388 पटक पढिएको

बझाङ, १४ माघ / विकट हिमाली जिल्ला बझाङमा गर्भवती, सुत्केरी महिला र बालबालिकाको पोषण अवस्था सुधार्न सुआहारा कार्यक्रमले वितरण गरेका १ करोड ६० लाखका ४० हजार कुखुरा कार्यक्रम सम्पन्न हुनुपहिले नै गायब भएका छन् ।

Hen chickenअमेरिकी सहयोग नियोगको आर्थिक सहयोगमा सामाजिक तथा प्राविधिक विकास सेवा समूहअन्तर्गत सुआहारा कार्यक्रमबाट जिल्लाका करिब ८ हजार घरधुरीलाई ठूलो रकमको कुखुरा वितरण गरिएको थियो । ८ साताव्यापी चल्ला वितरण कार्यक्रम बनाइए पनि पाँच सातासम्म चल्ला वितरण गरिएका कारण पहिलो चरणमा वितरण गरिएका अधिकांश कुखुरा वितरण भएको केही दिनमै मरेको पाराकाट्नेकी नर्मा विष्टले बताइन् ।

सुआहारा कार्यक्रमले उपलब्ध गराइएका कुखुरा मरेपछि अरू कार्यक्रमले दिएका कुखुरा देखाई प्रगति देखाउने गरेको स्थानीयको दाबी छ । दंगाजी गाविसकी नारुदेवी नाथले पालेका कुखुराको सफलताको कथा बनाई कार्यक्रमको प्रगति प्रतिवेदनमा पेस गरेको जिल्ला पशुसेवा कार्यालयका एक प्राविधिकले बताए ।

नारुदेवीलाई कृषि तथा खाद्य सुरक्षा आयोजनाले कुखुरा वितरण गरेको थियो । नाम प्रकाशित नगर्ने सर्तमा ती प्रावधिकले भने, ‘सुआहारामार्फत वितरण गरिएका कुखुरा गाँउमा एउटा पनि छैन । सुआहाराको केन्द्रबाट आउने अनुगमन टोलीलाई समेत कृषि तथा खाद्य सुरक्षा आयोजनाबाट हामीले बाँडेका कुखुरा देखाउने गरेका छन् ।’

सुआहारा कार्यक्रममार्फत जिल्लाका ४२ गाविस र नगरपालिका गरी ३ वर्षे अवधिमा झन्डै ७ करोडभन्दा बढी रकम खर्च गरिए पनि उपलब्धि न्यून रहेको सरोकारवाला बताउँछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :