कृषि कर्जामा किसानले चासो देखाएनन् : गभर्नर नेपाल

यो समाचार 394 पटक पढिएको

व्यवसायी भन्छन्–राष्ट्र बैँकले भने जस्तो सहजै लिने अबस्था छैन
काठमाडौं, ६ माघ /नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले कृषि कर्जाका लागि आवेदन नपरेकोमा गुनासो गरेका छन्। तर नेपाल सरकारले चैत महिनादेखि लागू गरेको कृषिमा कर्जा अहिलेसम्म व्यापारिक बैंकबाट १३ सय ३६ जनाले ८९ लाख ऋण लिइसकेका छन्। त्यस्तै विकास बैंकको तर्फबाट २८ लाख ऋण कर्जा लिइसकेका छन्।

NRB agricultureबुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर डा. नेपालले सरकारले ब्याज अनुदान दिँदा तथा राष्ट्र बैंकले १ प्रतिशतमा पुनकर्जाको व्यवस्था गर्दा पनि कृषि कर्जाका लागि आवेदन नपर्नु चिन्ताको विषय भएको बताए। उनले राष्ट्र बैंकले कसैलाई पनि घरघरमा गएर कर्जा नदिने भन्दै कृषि क्षेत्रमा लागेका व्यवसायीहरुलाई सरकारी नीतिबाट लाभ लिन आग्रह गरे।

गभर्नर डा. नेपालले मुलुकलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनकै लागि ब्याज अनुदान र १ प्रतिशतमा पुर्नकर्जाको व्यवस्था गरिएको भन्दै कृषि क्षेत्रमा कर्जा दिन आनाकानी गर्ने बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकले कारवाही गर्ने बताए। उनले सरकारले हालै स्थापना गरेको पुनउद्दार कोषबाट कृषि क्षेत्रमा थप सहुलियतका कार्यक्रम आउने पनि बताए।

नेपालमा गएको वर्ष २४ अर्ब ७६ करोड रुपैयाँको चामल तथा ८ अर्ब रुपैयाँको तरकारी आयात भएको थियो। गभर्नर डा. नेपालले सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर सहुलियतका कार्यक्रम ल्याएको अवस्थामा व्यवसायीहरुले कृषि क्षेत्रमा लगानी गर्नका लागि हिच्किचाउन आवश्यक नरहेको बताए। उनले नाकाबन्दी र अन्य कारण देखाएर ऋण मिनाहा गर्न भने कुनै हालतमा नसकिने बताए।

कार्यक्रममा अस्ट्रिज व्यवसायी सीपी शर्माले कृषिमा अनुदान भन्ने शब्द नहटाएसम्म कृषि क्षेत्रले फड्को मार्न नसक्ने बताए। उनले भने–‘राष्ट्र बैँकले निर्देश जारी गरेपनि बैँकहरुले ऋण दिन भने सहजरुपमा सकेका छैनन्।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :