वार्षिक दस अर्बको अलैँची निर्यात

यो समाचार 300 पटक पढिएको

झापा, ६ माघ /नेपालको पूर्वी पहाडमा उत्पादन भएको अलैँचीले वार्षिक दस अर्ब विदेशी मुद्रा भित्र्याउन सफल भएको छ ।

Alaichi Finalनेपालमा विदेशी मुद्रा भित्र्याउनेमा विप्रेषणपछि अलैँची दोस्रो स्थानमा रहेको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र घिमिरेले नेपालमा वार्षिक ५० लाख किलो अलैँची उत्पादन हुने गरेको र त्यो सोझै भारत निर्यात हुने गरेको बताए ।

नेपाली अलैँची भारत र चीनको भन्दा ठूलो र गुणस्तरीय भएको र यसै वर्षदेखि नेपाली अलैँचीको ‘ब्रान्डिङ’ गरिने घिमिरेले बताए । “नेपालमा २० लाख किसान अलैँची खेतीमा सक्रिय छन्” उनले भने ।

नेपाली बजारमा पहिलो ग्रेड (जेजे) अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ९७ हजार, दोस्रो ग्रेड (एसडी)को मूल्य प्रतिमन रु ९४ हजार र तेस्रो ग्रेड (चल्ती) को मूल्य प्रतिमन रु ९१ हजार रहेको छ । नेपालमा उत्पादित अलैँची भारत हुँदै खाडी मुलुक र पाकिस्तान निर्यात हुन्छ । इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुम बढी अलैँची उत्पादन हुने जिल्लाका रुपमा चिनिन्छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :