झापामा गहुँ खेती घटदै, मकै खेती फस्टाउदै

यो समाचार 426 पटक पढिएको

नगेन्द्रमणि न्यौपाने
दमक, २३ असोज / झापा जिल्लामा विगत दशवर्ष यता गहँु खेती ओरालो लाग्ने क्रम शुरु भएसंगै मकै खेती फस्टाउदै गएको छ ।

Wheat_157136308गुहँ खेतीमा कृषकहरुका लागत मुल्य बढि पर्नथाले पछि किसानहरुले गहँुको विकल्पमा मकै खेती रोज्न थालेको जिल्ला कृषि विकाश कार्यालय झापाका बाली विकाश अधिकृत राजेन्द्र खरेलले जानकारी दिए । यो जिल्लामा आजभन्दा दशबर्ष अघि २०६२÷६३ ताका झण्डै ४० हजार हेक्टरको हाराहारीमा गहँुको खेती हुनेगरेको मा गत वर्ष ८ हजार ५० हेक्टर क्षेत्रफलमा मात्र गहुँको खेती भएको जिल्ला कृषि विकाश कार्यालय झापाका सुचना अधिकृत शालिकराम भट्टराईले जानकारी दिए ।

झापा जिल्लालाई कृषि उत्पादनका लागि निकै अब्बल जिल्लाको रुपमा हेरिने गरेको भएपनि लागत अनुसारको मुल्य पाउन नसक्दा गहँुखेतीमा कृषकको आर्कषण घटदै गएको कार्यालयले जनाएको छ । प्रतिहेक्टर ३ मेट्रिकटन उत्पादन क्षमता रहेको यस जिल्लामा गत वर्ष ८ हजार ५० हेक्टर जमिनमा गरिएको गहुँ खेतीबाट २४ हजार १५० मेट्रिकटन उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यस वर्षभने ८ हजार १५० हेक्टर जमिनमा गहुँ खेती गरिएको कार्यालयले अनुमान गरेको छ ।

गहुँखेतीको मुख्य सिजनमा उन्न मल बिउ नपाउनु प्रयाप्त मात्रामा सिंचाई सुविधा नहुन र लामो समयदेखी बजारमा गहुँको मुल्य बृद्धि नहुनु जस्ता समस्याले गर्दा कृषकहरुले क्रमश गहुँको खेती घटाउदै लगेको पाइएको छ । यसै गरि गतवर्ष झापामा हिँउदे, बसन्ते र वर्षेगरि ३७ हजार ३४५ हेक्टर जमिनमा मकैको खेती गरिएको थियो । जसबाट १ लाख ५७ हजार मेट्रिकटन मकै उत्पादन भएको कार्यालयले जनाएको छ । यो वर्षपनि जिल्लामा मकैको खेती अरु विस्तारहुन सक्ने कार्यालयले अनुमान गरेको छ ।

मकै खेतीबाट कृषकलाई दोहोरो फाइदा हुने भएकाले पनि यो खेतीमा कृषकहरु आर्कषीत हुदै आएका छन । झापा जिल्लामा ९८ हजार ७ सय १६ हेक्टर खेती योग्य जमिन रहेको भएपनि करिब ९० हजार हेक्टर भूमिमा खेती हुदैआएको कृषि विकाश कार्यालय झापाले जनाएको छ । जिल्लाको खेतीहुदै आएको जमिनको कुल क्षेत्रफल मध्ये करिब ३२ हेक्टर क्षेत्रफलमा मात्र सिंचाईको सुविधा रहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :