कुखुरापालनबाट फेरियो उषाको जीवनस्तर

यो समाचार 340 पटक पढिएको

egg

नगेन्द्रमणि न्यौपाने

दमक, २२ पुस / झापाको दमक १० की ३८ वर्षिया उषा थापाले तिन वर्ष अघि एक हजार ब्रोइलर कुखुरा बाट सुरु गरेको कुखुरा पालन अहिले मासिक लाखौं आय आजर्न गर्ने व्यवसाय बन्न सफल भएको छ ।
थापाले यो व्यवसाय सुरु गर्दा उनलाई आफन्त तथा इष्ट मित्रहरुबाट हौसला भन्दा पनि यस्तो व्यवसाय नगर्न प्रशस्त सल्लाह सुझाबहरु आउने गर्दथे । आर्थिक रुपमा सम्पन्न परिबारकी उषा थापा आफना साथि संगीहरु राम्रा लुगा लगाएर सहरका डिपार्टमेण्टल स्टोर किनमेल गर्न जाँदा उषा भने गम्बुट लगाएर कुखुराको खोरतिर पस्नु हुन्थ्यो ।

बिहान उठेपछी कुखुराको खोर सफा गर्ने, चारो पानी दिने र अण्डा टिपेर बजार पठाउने दैनिकी नै बनेको छ । थापा भन्नु हुन्छ “आफुले जानेको र सिकेको कामलाई निरन्तरता दिन सक्यो भने यसबाट आर्थिक र शारिरीक स्वास्थ्यको दोहोर फाईदा लिन सकिन्छ ।” विहानको नियमितकाम सकेपछि दिउसो चारोको चाँजो मिलाउन र बजारमा गएका अण्डाको पैसा उठाउन पनि आफै जाने गर्नु भएको छ । आफुले नभ्याएको समयमा उहाँका श्रीमान शंम्भु थापाको सहयोग लिने गर्नु भएको छ । उहाँ भन्नु हुन्छ “भ्याइन भनेमात्र श्रीमानलाई बजार पठाँउछु, नत्र अन्य सयममा सबैकाममा आफैं जान्छु ।”

Hen chicken Usha on her firm
उषा थापा आफनो फर्ममा अण्डा टिप्दै /तस्वीर : नगेन्द्रमणि न्यौपाने

१५ लाख लगानी गरेर दमक १० मा उषाले शुरुगरेको गरुढ कृषी फर्म अहिले निकै फस्टाउदै गएको छ । अहिले थापाले यो फार्ममा लगानी बढाएर एक करोड हाराहारी पु¥याइ सक्नु भएको छ । अघिले निकै फस्टाएको घर बनाउन र घडेरी प्लटिङ्ग व्यवसायमा ऋण लागानी गर्दै गरेका केहि बैंकले महिलाले ल्याएको कुखुरा पाल्ने योजना सहितको ऋण फाइल स्विकार गर्न मानेनन् । निकै ठुलो प्रयासपछि मात्र दमकमै मुख्य कार्यालय रहेको ‘ग’ श्रेणीको कन्काई बिकास बैंकले अहिले उषालाई ऋण लगानी गरीरहेको छ ।

उषाले शुरु गरेको यो फर्मले व्यवसायिक रुपलिदै गएपछि ६ जनालाई रोजगारी दिएसंगै उहाँको गरुढ कृषी फर्ममा अहिले पाँचहजार लियर कुखुरा छन् । उषाले अहिले लगभग झापा र मोरङका बिभिन्न बजारमा दैनिक साढेचार हजार अण्डा पठाउनु हुन्छ । उषाका अनुसार “आज यो फर्मबाट मासिक लगभग साढे तेह्रलाख जति आम्दानी हुन्छ । चारो, औषधी, कामदारको ज्याला सबै कटाएर पनि मासिक साढे तिनलाख नाफा हुदै आएको छ ।” मासिक २० हजारको सुली विक्रिहुने गरेको उहाँको फर्मले दुईजना छोराहरु प्रविण र उपकारजङ्गको होस्टल खर्च धान्दै आएको छ ।

अध्यायनका क्रममा २०५७ सालमा काठमाण्डौमा एउटा कम्पनीको मिनरल वाटरको मार्केटिङ्ग समेत गर्नु भएकी थापाका लागि बिना उद्यम दिन कटाउनु सजाय जस्तै ठान्नु हुन्छ । बाणिज्य तर्फको स्नातक तह उर्तिण गर्नु भएकी थापा ८२ बर्षको उमेरमा पनि किराना पसल चलाइरहनु भएका आफना बुबा तेजबहादुर सुबेदीलाई आफनो प्रेरणा स्रोत मान्नु हुन्छ । पछिल्ला दिनहरुमा उहाँले माछा पालन र तरकारी खेती गर्ने सोच समेत अघिबढाउदै गर्नु भएको छ । आफनो जीउले सकुन्जेल सम्म आफनै जानेको काम गर्नु गरर्यो भने जिवनमा कहिल्यै पनि हार नहुने उहाँको बुझाई रहेको छ ।
फोटा उषा थापा आफै फर्ममा अण्डा टिप्दै , थापाको गोदाममा स्टोर गरिएका अण्डा

रचनात्मक प्रतिक्रिया दिनुहोस् :