१ सय २० गाविसमा चरम खाद्य संकट

यो समाचार 287 पटक पढिएको

काठमाडौं, १७ पुस/ मध्य, मध्यपश्चिम तथा सुदूरपश्चिमका ९ जिल्लाका १ सय २० गाविस उच्चतम खाद्य असुरक्षामा परेका छन्। त्यहाँका ६० हजार घरधुरीका करिब २ लाख ६० हजार मानिस प्रभावित भएको सरकारी अध्ययनले देखाएको छ।

Food Secutiry

सिन्धुपाल्चोक, बाजुरा, मुग, डोल्पा, गोरखा, नुवाकोट, रामेछाप, दोलखा, र रसुवा जिल्लाका १ सय २० वटा गाविस चरम खाद्य संकटमा परेको अध्ययनले देखाएको छ। सिन्धुपाल्चोक जिल्लाका ३३ गाविस सबैभन्दा बढी खाद्य असुरक्षाको अवस्थामा रहेको अध्ययनले देखाएको छ। त्यसपछि गोरखा २०, नुवाकोट १३, रामेछाप १२, दोलखा ११, बाजुरा १७ र रसुवाका २ गाविस चरम खाद्य संकटको अवस्थामा छन्। त्यसमध्ये भूकम्प प्रभावित जिल्लामा ४८ हजार ६ सय घरधुरीका लगभग २ लाख ४ हजार ४ सय गंभीर खाद्य असुरक्षित अवस्थामा छन्।

भूकम्पपछि मकै २०, धान २२ र कोदोको उत्पादन १० प्रतिशत ह्रास र साथै पशुपालनको उत्पादन समेत १६ प्रतिशत घट्नुलाई आधार मानिएको छ। क्रमिक रुपमा यस जिल्लामा खाद्य वस्तुको बजार मूल्यमा ८० प्रतिशतको वृद्वि र विप्रेषण प्रवाहमा आएको २० प्रतिशतको ह्रासले अवस्था बिग्रेर गएको छ।

सूदुरपश्चिम विकास क्षेत्रको बाजुरा जिल्ला खाद्य सुरक्षा सञ्जालले १० गाविसहरुलाई चरण ३ मा वर्गीकरण गर्योय। ७ हजार ४ सय घरधुरीबाट लगभग ३२ हजार ८ सय मानिस प्रभावित भएको अनुमान छ। मकै र कोदो ९५०%० र धान ९१३%० को उत्पादनमा आएको ह्रास र रोजगारीका अवसर ३० प्रतिशत गुमेको अध्ययनले देखाएको छ।

बर्खे बालीमा देखिएको उत्पादन ह्रासका कारण कर्णालीमा पनि जिल्ला खाद्य सुरक्षा सञ्जालले मुगु जिल्लाका १२ गाविस र डोल्पा जिल्लाका ७ गाविसलाई चरम खाद्य असुरक्षाको सूचीमा राखेको छ। ४ हजार घरधुरीका २२ हजार ८ सय मानिस यस अवस्थाबाट प्रभावित हुन पुगेको अनुमान गरेका छन्।

बर्खे बालीको उत्पादनमा आएको ह्रास, खाद्य सुरक्षा र जीविकोपार्जनमा भूकम्पले पारेका प्रभाव, इन्धन संकट, सडक अवरोध, बजारमूल्यको अनियन्त्रित वृद्धि जस्ता कारणले गर्दा आगामी दिनमा ती गाविसमा चरम खाद्य संकट हुने अध्ययनले देखाएको छ।

कृषि विकास मन्त्रालय, विश्व खाद्य कार्यक्रम, नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली र युरोपेली संघको सहयोगमा गरिएको अध्ययनमा मध्य तथा सुदूरका गाविसमा उच्चतम खाद्य असुरक्षा हुने उल्लेख छ।

त्यसैगरी, आगामी दिनमा सुदूरपश्चिमको बाजुरा १७, मध्यपश्चिमको डोल्पा ७, हुम्ला १७, मुगु १२, र कालिकोटका १० गाविस चरम खाद्य संकट पर्ने अध्ययनले देखाएको छ। यी सबैजसो जिल्लामा जिल्ला खाद्य सुरक्षा सञ्जालले बर्खे बालीको उत्पादनमा आएको ह्रास र खाद्य वस्तुको बजार मूल्य वृद्धि हुनु मख्य कारण मानेका छन्।

मध्यमाञ्चलको दोलखा ११, रामेछाप १२, रसुवा २, र नुवाकोटका ३ वटा गाविस जिल्ला खाद्य सुरक्षा सञ्जालहरुले प्रक्षेपण गरे अनुसार वर्तमान अवस्थामा चरण ३ को खाद्य असुरक्षा अवस्था भोगिरहेका छन्।

त्यसैगरी, मध्यस्तरका जिल्लामा अछाम १९, बैतडी १३, बझाङ २७, दार्चुला २०, डोटी १८, डोल्पा १६, हुम्ला १०, जुम्ला १६, कालिकोट २०, सल्यान १८, दैलेख १०, सुर्खेत १०, जाजरकोट ११, धादिङ ५, सिन्धुली २३, दोलखा २३, रामेछाप २२, रसुवा १२, नुवाकोट २८, काभ्रेपलाञ्चोक ३२, सिन्धुपाल्चोक ३३, ताप्लेजुङ १५, र खोटाङका ९ वटा गाविस छन्।

आगामी चार महिनामा देशका अन्य क्षेत्र भने न्यूनतम खाद्य असुरक्षित चरण ९चरण १० मा वर्गीककृत हुन सक्ने छन्, जहाँका घरधुरीहरु बर्खे बाली ९धान, मकै र कोदो० को सञ्चयको उपभोग गर्ने छन् र ज्यालादारी कामबाट प्राप्त नियमित आम्दानी, कृषि तथा पशुधन उत्पादनको बिक्री र विप्रेषणबाट जीविकोपार्जन गर्नेछन्।

तथापि, तराईमा व्याप्त आन्दोलनको अवस्था र पहाडी क्षेत्रमा हिमपातले हुने सडक अवरोधका कारणले गर्दा बजार राम्ररी सञ्चालन हुन नसक्ने अवस्था देखिन्छ जसको कारणले खाद्य वस्तुको मूल्य वृद्धि हुन सक्नेछ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :