चितवनमा पोल्ट्री दिवस मनाइयो

यो समाचार 321 पटक पढिएको

चितवन, १७ पुस / नेपाल अन्डा उत्पादक संघले शुक्रबार भरतपुर अस्पताल परिसरमा सर्वसाधारणलाई उसिनेको अन्डा वितरण गरेर तेस्रो पोल्ट्री दिवस मनाएको छ ।

Egg२०७० पुस १७ गतेदेखि नेपालमा पोल्ट्री दिवस मनाउन सुरु गरिएको थियो । २०१७ पुस १७ गते बाराको परवानीपुरमा सेन्ट्रल ह्याचरीको स्थापना भएको दिनलाई पोल्ट्री दिवस भनिएको हो ।

भरतपुर अस्पतालका बिरामी र कार्यक्रमका सहभागीलाई गरेर पाँच हजार अन्डा वितरण गरिएको संघका महासचिव त्रिलोचन कँडेलले जानकारी दिए । उनका अनुसार नेपालमा दैनिक ४७ लाख गोटासम्म अन्डा उत्पादन हुँदै आएकोमा अहिले भने दैनिक ३५ लाख गोटामात्र उत्पादन भइरहेको छ । नाकाबन्दीले दाना अभाव भएकाले लेयर्स कुखुरापालक केही किसानले कुखुरा नै बिक्री गरेपछि उत्पादनमा २५ प्रतिशतले कमी आएको कँडेलले बताए ।

अन्डाका लागि देशभरमा ४२ लाख लेयर्स कुखुरा पालिएको अन्डा उत्पादक संघले जनाएको छ । चितवनमा पालिएका १२ लाख लेयर्स कुखुराबाट दैनिक नौ लाख ४५ हजार गोटा अन्डा उत्पादन हुने गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भुर्तेलले मिर्गौला रोगीबाहेक सबैले अन्डा खान हुने बताए । अन्डामा प्रोटिन, भिटामिन, क्याल्सियम, चिल्लो, फोस्फोरस र पानी हुने भएकोले यो स्वास्थ्यवद्र्धक रहेको डा. भुर्तेलले जानकारी दिए ।

जिल्ला विकास समिति चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले बिरामीमात्र नभई स्वस्थ व्यक्तिले पनि नियमित रूपमा अन्डा सेवन गर्न सक्ने बताए । नेपाल पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शंकर कँडेलले अन्डामा कसैले मिसावट गर्न नसक्ने भएकोले निर्धक्कसँग यसको उपभोग गर्न आग्रह गरे ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :