राष्ट्रिय कृषिगणना २०६८ को नतिजा

This post has already been read 453 times!

मितिः २०७०।०९।०९


राष्ट्रिय कृषिगणना २०६८ नेपालको छैठौं कृषि गणना हो । प्रथम कृषिगणना २०१८ सालमा भएको थियो । २०६८ माघमा शुरु भइ २०६९ असारमा सम्पन्नभएको छैठौं कृषिगणना नेपालको कृषि प्रणालीको वारेमा सूचनाहरु संकलन र विश्लेषण गर्ने उद्देष्यले संचालित थियो । उक्त गणनामा मूख्यतः जग्गाको चलन, उपयोग, स्थायी र अस्थायी वाली, पशुपक्षीको स्थिति, कृषिकार्यमा प्रयोग भएका औजार र पूँजीगत विवरण, सिँचाई, कृषिऋण, उत्पादनको खाद्यपर्याप्तता आदिवारे तथ्यांक संकलन गरिएको थियो ।1

गणना विधि

राष्ट्रिय कृषिगणना २०६८ छनौट विधिमा आधारित एक वृहत् नमुना सर्वेक्षण (Large scale sample survey)  हो . जुन ७५ जिल्लामा संचालन गरिएको थियो । यसमा दुई चरणको छनौट विधि अपनाइएको थियो । प्रथम चरणमा जम्मा ५२०० वडा वा वडाका समूहहरु छनौट गरिएका थिए भने दोस्रो चरणमा १,२४,४०० कृषक परिवार छानिएका थिए । छानिएका कृषक परिवारवाट प्रत्यक्ष अन्तवार्ताद्वारा विस्तृत तथ्यांक संकलनगरिएको थियो ।

 

4

 

 सन्दर्भ समय

राष्ट्रिय कृषिगणना २०६८ को तथ्यांक संकलनकार्य आ. ब. २०६८÷०६९ मा संचालन गरिएको थियो भने पौष १७, २०६७ देखि पौष १६, २०६८ को अबधिलाई सन्दर्भ समय मानी उक्त अबधीमा गरिएका कृषिकार्यहरुको बिवरण संकलन गरिएको थियो । मूलतः चलन गरेको जग्गा, पशुपक्षीको संख्या गणनाको दिनलाई सन्दर्भ समय मानी सोधिएको थियो ।

2

कृषक परिवारको परिभाषा

राष्ट्रिय कृषिगणना २०६८ मा जग्गाको क्षेत्रफल वा पशुपक्षीको सङ्ख्या तल लेखिएबमोजिम भएमा मात्र कृषि–चलन मानिएको छ ः
(क) हिमाल र पहाडका जिल्लामा कम्तीमा ४ आना (०.०१२७२ हेक्टर) र तराइका जिल्लामा कम्तीमा ८ धुर (०.०१३५५ हेक्टर) क्षेत्रफल बाली लागेको जग्गा भएमा, वा
(ख) जुनसुकै उमेरका कम्तीमा १ वटा गाई–भैँसी पालेको भएमा, वा
(ग) कम्तीमा ५ वटा भेडा–बाख्रा, सुँगुर–बङ्गुरजस्ता चौपाया पालेको भएमा, वा
(घ) चल्ला र माउ गरी कम्तीमा २० वटासम्म चराचुरुङ्गी (कुखुरा, हाँस ) पालेको भएमा । यस गणनामा कम्पनी वा प्रतिष्ठानको रुपमा संचालित कृषिव्यवसाय समावेश गरिएका छैनन् ।

 

3

 

5

6

7

8

9

10

11

12

13

14

15

16

18

19

20

21

22

23

24

25

26

27

Comments are closed.