तरकारीमा कृषकको आर्कषण बढ्दो

यो समाचार 358 पटक पढिएको

दैलेख, १५ पुस / जिल्लाका विभिन्न गाविसहरुमा संघ संस्थाको प्राविधिक सल्लाह तथा सहयोगमा कृषकहरु तरकारी खेतीमा आर्कषण हुन थालेका छन् । परम्परागत खेती लगाउँदै आएका कृषकहरु अहिले व्यवसायीक रुपमै तरकारी खेती गर्न थालेका हुन् ।


Vegetable seedपग्नाथ–९ हुलाकटाकुरा बासिन्दा केही महिनादेखी परम्परागत खेती छोडेर आधुनिक तरकारी खेतीतिर आकर्षित हुन थालेका छन् । हुलाक टाकुरामा गठित महादेव कृषक समुहले आफ्ना सदस्यलाई तरकारी उत्पादन जोड दिने बाचा गर्न लागाएपछि किसान तरकारी खेतीतिर गर्न थालेका हुन् ।

तरकारी उत्पादनमा लागेपछि अहिले त्यहाँका मानिसको आम्दानी बढ्नुका साथै जिवनस्तरमा सुधार आएको ३६ वर्षिय कृषक केशवराज खत्रीले बताए । ‘मैले पहिला करेसाबारीमा मात्र तरकारी लगाउँथे’ उनले भने, ‘सामाजिक सेवका केन्द्र द्धारा सञ्चालित सामाजिक तथा आर्थिक विकास कार्यक्रमले जनचेतना जगाई उत्पादनमा जोड दिएपछि अधिकांश कृषकले तरकारी खेती लगाउँछन् ।’

तरकारी खेतीबाट राम्रो उत्पादन हुने र छिटो पैसा हातमा पर्ने हुनाले तरकारी खेती गर्नेको संख्या बढको अर्का कृषक मिनकुमारी खत्रीले बताइन् । तरकारी संकलन केन्द्र वार्षिक १८ लाख ९० हजारको तरकारीको कारोबार गर्दै आएको उनको भनाई छ । हुलाक टाकुरालाई सडक सञ्जालले छोएकाले त्यहाँको तरकारी जिल्ला सदरमुकाम र सुर्खेत सम्म निर्यात हुने अर्का कृषक दिप खत्रीले बताए । ‘गाउँमा काम नपाईने हुँदा पैसा कमाउन भारततिर मजदुरी गर्न जान्थ्यौं’ खत्रीले भने, ‘तरकारी खेतीबाट आम्दानी हुन थालेपछि भारत जानुपरेको छैन ।’

ग्रामीण पहुँच तेस्रोको आर्थिक सहयोग र हेल्भटास स्वीस इन्टरकोअपरेशन नेपालको कार्यान्वयन सहयोगमा आयआर्जनका लागि कार्यक्रमले कृषकलाई सहयोग गर्दै आएको सामाजिक तथा आर्थिक विकास कार्यक्रमका अधिकृत रत्नप्रसाद चौलागाईले बताए । ‘पहिला यहाँका किसानका अधिकांश जग्गा गौचरन थिए’ उनले भने, ‘कार्यक्रम लागु पश्चात स्थानीयबासीमा सम्झाई बुझाई गर्दा कृषकले तरकारी खेती गरेर हराभरा पारेका छन् ।’

संकलन केन्द्र नहुँदा तरकारी कुहिएर खेर जाने कृषकले दुखेसो पोखे । चुप्रा–मेहेलतोली सडकखण्डको अनुगमनमा त्यहाँका पुगेका हेल्भटासका देशिय निर्देशक भरत पोखरेलले गरामा तरकारी हराभरा देख्दा कृषकको प्रशंसा गरे । उनले भने, कार्यक्रमले उत्पादन मात्र नभई बजारीकरणमा जोड दिनुपर्ने धारण व्यक्त गरेका थिए । उनले थपे, ‘यहाँका कृषक साह्रै मिहिनेत भएकाले स्थानीय राजनीति दलले जनतासँग प्रत्यक्ष सरोकार राख्ने गाविसले पनि सहयोग गनुपर्छ ।’ छलफल कार्यक्रममा कृषकले संकलन केन्द्रको भवन निर्माण र नयाँ प्रविधिको माग राखेका थिए । स्वीस हेल्भटासका नेपाल देश हेर्न फ्रान्ज ग्याबलर सहितको टोलीले दुल्लू नगरपालिकाको कडालपानी, तुषारपानी सोलार लिफ्ट खानेपानी आयोजना र सियाला नमुना सरसफाई गाउँको अवलोकन गरेको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :