खाद्य स्वच्छताका लागि नीतिगत सुधार गर्नुपर्ने

यो समाचार 297 पटक पढिएको

काठमाडौ, १३ पुस / नेपालमा खाद्य सुरक्षा र खाद्य स्वच्छतालाई अन्तराष्ट्रियस्तरको बनाउन दर्जनौ नीतिगत र प्रक्रियागत सुधार आवश्यक रहेको विज्ञहरुले बताएका छन् ।
DFTQCसोमबार राजधानीमा आयोजित नेपालको खाद्य नियन्त्रण प्रणाली र स्वच्छताको अवस्था विषयक कार्यशालामा विज्ञहरुले यस्तो बताएका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक तथा खाद्यविज्ञ डा. टीकाबहादुर कार्की र अर्का विज्ञ डा. देवभक्त शाक्यले सो सम्वन्धित अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तर नियन्त्रण र खाद्य सुरक्षाका लागि नीतिगत सुधारमा जोड दिए ।

विश्व व्यापार संगठन अवलम्वन गरेको प्रावधानहरु लागू खाद्य ऐन २०१३ परिमार्जन गरी विस्तारित खाद्य नियमावलीहरुको तर्जुमा गरिनुपर्ने, खाद्य नियन्त्रण प्रणालीलाई देशव्यापी रुपमा प्रभावकारी ढंगले लागु गरिनुपर्ने, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई संरचना तयार गर्न पर्याप्त साधन, स्रोतहरु उपलब्ध गराउनुपर्ने, कृषि र पशु उत्पादन क्षेत्रमा खाद्य नियम र खाद्य स्वच्छता कायम गर्ने व्यवस्था प्रतिपादन भै नसकेकोले मान्यता प्राप्त कुशल एवं स्वच्छ अभ्यासहरु(जीएपी, जीएचपी, जीयूपी) लाई व्यापक रुपमा कार्यन्वयनमा ल्याइनुपर्ने, खाद्य उद्योग÷व्यवसायमा पनि कुशल अभ्यासहरु जस्तै(जीएमपी, जीएचपी) र खाद्य स्वच्छता व्यवस्थापन प्रणालीहरु एचएसीसीपी र आइएसओकोे प्रयोगलाई प्रोत्साहित बनाउनुपर्ने उनीहरुको सुझाव छ ।

त्यस्तै आवश्यक सुचना प्रवाह/संचार व्यवस्था कायम राख्न विभिन्न निकायबीच समन्वय र आपतकालिन/विपतिको अवस्थामासमेत खाद्य नियन्त्रण प्रणाली प्रभावकारी बनाउन निगरानी/सतर्कताको लागि संयुक्त कार्यक्रम तर्जुमा गर्ने नीति र कार्यविधिमा जोड दिनुपर्ने पनि प्रतिवेदनले सुझाव दिएको छ । कृषि फर्मदेखि टेबुलसम्म खाद्यबाट उत्पन्न हुने रोग न्यूनीकरण गर्न खाद्य स्वच्छतासम्बन्धी अपौचारिक/अनौपचारिक शिक्षा/तालिम, विभाग र स्वास्थ्य सेवा विभागबीच खाद्यबाट उत्पन्न रोगबाट उत्पन्न हुने समस्या न्यूनीकरणका सहकार्य, अन्तराष्ट्रिय संस्थाहरुसँग सहकार्य, परीक्षण प्रयोगशालालाई अन्तराष्ट्रियस्तरमा मात्यता प्राप्त प्रयोगशालाका रुपमा स्थापना पनि जोड दिइएको छ ।

उनीहरुले अमेरिका र युरोपियन युनियन खाद्य स्वच्छताका लागि विश्वस्तरका प्रयोगको थालनी गर्ने प्रमुख मुलुक भएको बताए । एशियन र अफ्रिका केही मुलुकहरु खासगरी फिलिपिन्स, कम्बोडिया, भियतनामा, केन्या, नाइजेरिया र सार्क राष्टमध्ये भारत,पाकिस्तान, वंगलादेश र चीनले आफ्नो मुलुकको खाद्य प्रणालीलाई सवल बनाउन बनाउन नीतिगतरुपममै कडा व्यवस्था गरेको बताए । यसमा भारतले आफ्ना पुराना ८ वटा ऐनलाई एकीृकत गरी विज्ञानमा आधारित कानुनी पद्धति लागू गर्न एक छुट्टै “खाद्य स्वच्छता र स्टाण्डर्ड प्राधिकरण” को व्यवस्था गरेको पनि उनीहरुले जानकारी दिए ।

भारतले खाद्य व्यवसाय दर्ता गर्न/लाईसेन्स दिन, निरीक्षण र परिक्षण सेवा र कानुनी कार्वाहीका लागि प्रान्तीय सरकारका निकायहरुले प्राधिकरणलाई सहयोग गर्ने गरी व्यवस्था गरेको छ । सो अवसरमा कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्राई, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देश संजिब कुमार कर्ण, विभागकै पूर्व महानिर्देक जीवनप्रभा लामा, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक प्रदीप महर्जन र राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनलगायतका खाद्य स्वच्छताका लागि नीतिगत तथा प्रक्रियागत सुधारमा जोड दिएका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :