नयाँं प्रजातिको धान सिफारिस गरिने

यो समाचार 328 पटक पढिएको

काठमाडौँ, १३ पुस /डुबान क्षेत्र र सामान्य धान खेतमा पनि राम्रो उत्पादन हुने देखेपछि सरकारले यसै वर्ष चेहरान सव १ नामक नयाँ प्रजातिको धानलाई सिफारिस गर्ने तयारी गरेको छ ।

Riceतीन वर्षको अनुसन्धानबाट देशको पूर्वदेखि पश्चिम तराई क्षेत्रमा यस प्रजातिको धानको उत्पादन राम्रो देखिएपछि सिफारिस गर्न लागिएको इरी नेपाल कार्यालयका वरिष्ठ कृषि वैज्ञानिक डा भव त्रिपाठीले जानकारी दिनुभयो ।

अनुसन्धानबाट १२५ दिनमै पाक्ने भएकाले धानपछि लगाइने अन्य बाली चक्रमा पनि यो प्रजातिको धान उपयोगी हुने डा त्रिपाठी बताउनुहुन्छ । हालसम्म नेपालमा सिफारिस भएका ८७ प्रजातिका धानका बिउमध्ये झण्डै आधा अर्थात् ४० प्रजातिका धान इरीले नै विकसित गरेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको निर्देशनमा नेपाल र क्याम्बोडियामा लागू गरिएको साना किसानको धान उत्पादनमा क्षमता वृद्धि गर्ने कर्यक्रमअन्तर्गत खाद्यान्नको अभाव हुने पहाड र तराईका २० जिल्लामा सञ्चालन भएको छ । सन् २०१५ को सुरुदेखि लागू भएको यस कार्यक्रम तीन वर्षसम्म सञ्चालन हुनेछ ।

कार्यालयले यस वर्ष कार्यक्रम लागू भएका २० जिल्ला तथा झापा र मोरङसमेतमा गरी २५२ टन सुख्खा १ देखि ६ प्रजाति र खुमल ४ र १० गरी आठ प्रजातिका धानका विबउ निःशुल्क वितरण गरेको जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :