सुपारी किसानलाई महासंघले झुक्यायो

यो समाचार 187 पटक पढिएको

काठमाडौं, १३ पुस / उद्योग वाणिज्य महासंघको निर्णयविरुद्ध निरन्तर आन्दोलन गर्दै आएका सुपारी किसानलाई महासंघले झुक्याएको छ ।

supari kisan aandolanसमस्या सम्वोधनका लागि आइतबार वार्ता गर्ने आश्वासन दिए पनि बार्ता हुन नसकेपछि किसान थप आक्रोसित बनेका छन् । राष्टिय लोकतान्त्रिक टे«ड युनियन महासंघ स्वतन्त्रका अध्यक्ष नवराज दहालले महासंघले वार्ताको आश्वासन दिए वार्ताका लागि नवोलाएको बताए । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी थप एक साताको अल्टिमेटम दिएका उनीहरु विगत ३९ दिनदेखि टेकुस्थित महासंघको मूलगेटमा रिलेअनसनमा बसेका छन् ।

सुपारी किसान संघ संगठनले महासंघको अन्तरिक गुटबन्दी, आर्थिक चलखेल र स्वार्थगत प्रवृत्तिबाट किसानहरु समस्यामा परेको बताएका छन् । सुपारीसँग सम्बन्धित कार्यविधि २०६८ विपरित महासंघले उत्पतिको प्रमाणपत्रससहित सुपारी कारोबारको अधिकार झापा जिल्लाबाट एउटामात्र संस्थालाई दिएर सेण्डिकेट गरेको आन्दोलरत पक्षको आरोप छ । मेची सुपारी तथा फलफूल विकास संस्था झापाका उपाध्यक्ष तोयानाथ अधिकारीले सुपारीसम्बन्धी कार्यविधि २०६८ बमोजिम व्यवस्था नहुँदा किसानहरू मर्कामा परेको बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :