कृषि फ्रेस अब ललितपुरको इमाडोलमा,

यो समाचार 315 पटक पढिएको

बिजी एग्रो मार्ट सञ्चालनमा

काठमाडौं, ११ पुस / मानवीय स्वास्थ्यलाई ध्यानमा राख्दै कृषि विकास वहुउद्देश्यीय सहकारी संस्था ललितपुर कुमारीपाटीले बजारमा ल्याएको विषादी प्रयोग नभएको १२० प्रकारका प्रशोधित खाद्यान्न तथा ६० प्रकारका तरकारीहरुको नयाँ आउलेट ललितपुरको इमाडोलमा सञ्चालन गरेको छ । एक समारोहका बीच बिजी एग्रो मार्टको संस्थाका अध्यक्ष तेजबिक्रम थापाले उदघाटन गरि नयाँ आउटलेट सञ्चालन गरेको हो ।

BG Mart बिजी एग्रो मार्ट सञ्चालनमाइमाडोलको कृष्णमन्दिर अगाडी बिजी एग्रो मार्ट को नाउँमा ’कृषि फ्रेस विषादी रहित उत्पादन’ भन्ने ब्राण्डमा उक्त संस्थाले आफैले उत्पादन गरेको १२० प्रकारको प्रशोधित खाद्यान्न (चामल, दाल, गेडागुडी, मसला, पिठो), ६० प्रकारको तरकारीहरु तथा साग, तोरीको तेल र दूध बिक्रि गर्न सुरू गरेको हो । बिषादीयुक्त तरकारी तथा खाद्यान्नको बजार फैलिरहँदा उक्त संस्थाले बिषादी प्रयोग नभएको तरकारी तथा खाद्यान्न उत्पादन गर्दे आएको छ ।

ललितपुरको टिकाथलीमा दुई सय रोपनी जग्गामा आफै विषादी प्रयोग नगरि यस्ता खाद्य पदार्थ उत्पादन गर्दै आएको र इमाडोलमा नयाँ आउलेट सुरु गरिएको बिजी एग्रो मार्टका सञ्चालक पवन श्रेष्ठले जानकारी दिए । उपभोक्ताले उचित मूल्य तिरेर पनि शुद्ध खाद्यान्न र तरकारी किन्न नपाएकाले विषादीमुक्त खाद्यान्न र तरकारीहरुको बजारमा बिस्तारका लागि नयाँ आउलेट खोलिएको सञ्चालक श्रेष्ठको भनाई छ ।

उपभोक्ताले विषादीयुक्त तरकारी र खाद्यान्न खरिदका लागि थप आर्थिक व्ययभार व्यहोर्नुपर्दैन् बजारमा भएको मूल्यमै बिषादी रहित पदार्थ उपलब्ध गराएका छौं,’ उनले भने, उत्पादित खाद्य, तरकारी, तेल र दूधको ल्यावमा परीक्षण गरेर मात्र बजारमा आउने गरेको छ ।

कृषि प्राविधिकको प्रत्यक्ष रेखदेखमा हिमाली, पहाडी र तराईका केही जिल्लामा उत्पादन भएका खाद्यान्न संकलन गरेर बिराटनगरस्थित शाखा कार्यालयमा प्रयोगशालाको सहयोगमा परीक्षण गरेपछि थप परीक्षण तथा प्याकिङका लागि काठमाडौं भित्त्रायाइएको र करिब आठ करोडको लगानीमा संस्थाले यस्ता उत्पादन, प्याकेजिङ र बिक्रि गर्ने व्यवस्था मिलाइएको कृषि विकास बहुउद्येश्य सहकारी संस्थाका अध्यक्ष तेजबिक्रम थापाले जानकारी दिएभयो ।

यस्ता कामका लागि तीन सय जनाले प्रत्यक्ष रूपमा रोजगारीसमेत पाएको संस्थाले जनाएको छ । गत वर्ष मात्रै उक्त संस्थाले एक करोड ९५ लाख ८६ हजार मूल्यबराबरको ५ लाख ५१ हजार किलो तरकारी उत्पादन गरेर बिक्री गरेको थियो । संस्थाले कम्तिमा ३६ करोड मूल्यबराबरको खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :