पहिलो कृषि वैज्ञानिकको निधन

यो समाचार 251 पटक पढिएको

नेपालकै पहिलो कृषि वैज्ञानिक एव वातावरणविद हुतराम वैद्यको ९४ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको समस्याले थलिएका वैद्यको नर्भिक अस्पतालमा मंगलबार बिहान ७ बजे निधन भएको हो ।Hutram Baidha

नेपालकै पहिलो डाक्टर रत्नदासका कान्छा छोरा हुतरामले भारतको इलाहाबाद विश्वविद्यालयबाट कृषि इन्जिनियरिङ गरेका थिए । २००७ सालमा पहिलो कृषि इन्जिनीयरको रुपमा भारतबाट नेपाल आएका उनले १४ वर्षसम्म कृषि विभागमा काम गरेका थिए । कृषि र बाग्मती सुधारका विषयमा लेखिएका वैद्यका १० पुस्तक प्रकाशित छन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :