सरकारीस्तरबाट पहिलो आधुनिक माछा बजार निर्माण गरिने

यो समाचार 212 पटक पढिएको

काठमाडौं,  सरकारले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक माछा बजार निर्माण गर्ने भएको छ। काठमाडौंको बालाजुमा नेपालकै सबैभन्दा ठूलो माछाको छुट्टै बजार निर्माण गर्न लागिएको हो।Ktm fish

पछिल्लो समयमा माछाप्रति उपभोक्ताको चासो बढ्दै गएपछि सरकारले आ नै लगानीमा माछा बजार स्थापना गर्ने योजना अघि बढाएको हो। व्यवसायिक कृषि तथा व्यापार आयोजना(प्याक्ट) का अनुसार करिब १० करोडको लगानीमा बजार निर्माणको प्रकृया अघि बढाइएको हो। प्याक्टका प्रमुख योगेन्द्र कार्कीका अनुसार माछा बजार निर्माणका लागि आगामी तीन महिनामा सक्ने गरी विस्तृत स भाव्यता अध्ययन(डिपिआर) को काम पनि सुरू गरि सकिएको छ। डिपिआरको प्रतिवेदन प्राप्त भएको आधारमा वातावरणीय प्रभाव मूल्याँकन गरिनेछ। ‘माछाको बढ्दो खपतलाई ध्यानमा रा दै यो योजना अघि बढाइएको हो,Ó उनले भने,’राजधानीमा अहिलेस म माछाकै छुट्टै सबै सुविधासहितको माछा बजार नभएकाले यो योजना कोशेढुँगा सावित हुनसक्छ।Ó

 

‘डिपिआर र वातावरणीय प्रभाव मूल्याँकनको प्रतिवेदन आएपछि अन्तर्राष्ट्रियस्तरको टेण्डर आह्वान गरेर निर्माण कार्यको गतिलाई द्रुतता दिइनेछ,Ó प्रमुख कार्कीले भने,’अहिले हामी नमूनाको रूपमा बालाजुमा माछा बजार स्थापना गर्न लागेका छौं। उक्त बजारको अवस्था हेरेर पाँचै विकास क्षेत्रमा यस्तै माछा बजार निर्माण गर्ने योजना छ।Ó उनका अनुसार करिब ७ रोपनीको क्षेत्रफलमा उक्त माछा बजार निर्माण गर्ने योजना छ। माछाबजारका लागि जग्गासमेत सरकारले नै उपलब्ध गराउने तय भएको जानकारी गराउदै प्याक्ट प्रमुख कार्कीले भने,’माछा बजार निर्माणका लागि आवश्यक पर्ने स पूर्ण प्राविधिक तथा आर्थिक सहयोग प्याक्टले उपलब्ध गराउनेछ।Ó

प्याक्टको योजनाअनुसार निर्माण हुने माछाबजारबाट सबै जातका जिउँदो, मरेका र डिप फ्रोजन गरिएका माछा थोकमूल्यमा उपभोक्तालाई विक्रि गरिनेछ। बाहिरी जिल्लाबाट माछा ओसारपसार गर्न डिप फ्रोजन सुविधासहितको सबारी साधनकोसमेत व्यवस्था गरिने उनले जानकारी दिए। पछिल्लो समयमा माछा सफा गर्ने र माछालाई काट्ेर टुक्रा टुत्रा पार्नेजस्ता अत्याधुनिक उपकरणलाई पनि यो माछा बजारमा प्रयोगमा ल्याइने प्रमुख कार्कीले जानकारी गराए। उनका अनुसार बजारमा किसानले उत्पादन गरेका माछा सिधै ल्याइने व्यवस्था गरिने छ। ‘उत्पादन केन्द्रदेखि बजारस म माछा सिधै आउदा विचौलियाले दलाली गर्ने मौका पाउदैनन्। जसका कारण ताजा र सस्तो मूल्यमा उपभोक्ताले माछा किन्न सक्छन।Ó
कृषि विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक २ अर्ब रूपैयाँबराबरको भारतलगायत अन्य मुलुकहरूबाट वार्षिक ८ हजार ७ सय मेट्रिक टन माछा आयात हुँदै आएको छ। नेपालमा ८ हजार हेक्टर क्षेत्रफलमा व्यवासायिक रूपमा ५७ हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ। त्यसमध्ये ३६ हजार मेट्रिक टन व्यवसायिक रूपमा पालेर उत्पादन हुने मन्त्रालयले जनाएको छ। बाँकी २१ हजार मेट्रिक टन माछा प्राकृतिक जलाशयबाट उत्पादन हुन्छ। नेपाल माछा व्यवसायी संघका अध्यक्ष सुरेश यादबकाअनुसार राजधानीमा दुईसय ५० जना व्यापारीमार्फत दैनिक ६ हजार किलो माछा बिक्रि हुँदै आएको छ। यसमध्ये ७५ प्रतिशत भारतबाट र वाँकी २५ प्रतिशत विभिन्न जिल्लाबाट आपूर्ति हुँदै आएको छ।

अन्नपूर्ण पोष्टबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :