लौं हेर्नुस ! पूर्वकृषिमन्त्रीको करतुत

यो समाचार 289 पटक पढिएको

छोरालाई अष्ट्रेलिया पठाउने पूर्वमन्त्री पराजुलीले जरिवाना तिरे

काठमाडौं, १ पुस /पूर्वकृषि विकास मन्त्री हरि पराजुलीले गैरकानूनी एवं अनुचित तरिकाले छोरालाई अष्ट्रेलिया भ्रमणमा पठाएवापत दुग्ध संस्थानलाई हर्जना तिरेका छन् ।

Hari Pd Parajuli, Newsagrocom

पूर्वमन्त्री पराजुलीले आर्थिक अनियमितता गरेको स्वीकार्दै दूग्ध विकास संस्थानलाई २ लाख ६० हजार रुपैयाँ तिरेका हु्न् । पराजुलीबाट उक्त रकम सोमबार असुल उपर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहप्रवक्ता एवं उपसचिव खगेन्द्रप्रसाद रिजालले बताए ।

Ciaa

गत असार १५ मा रोपाहार महिलाहरुसँग अश्लील हर्कत गरेपछि पराजुलीले मन्त्री पदबाट राजीनामा दिएका थिए । पदबाट हटेपछि पराजुलीविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको थियो । पूर्वमन्त्री पराजुलीले छोरा गिर्वाणविक्रम पराजुलीलाई आफैं मन्त्रिपरिषदबाट निर्णय गराएर अष्ट्रेलिया भ्रमणमा पठाएका थिए । बाँकेको वनकटवा दुग्ध उत्पादक सहकारी संस्थाको सेयर सदस्य रहेका गिर्वाणले गत असार २९ देखि साउन ४ गतेसम्म अध्ययन भ्रमणका नाममा अष्ट्रेलिया डुलेका थिए । उनी दुग्ध विकास संस्थानको खर्चमा विदेश गएका थिए ।

मन्त्रिपुत्रको भ्रमणबाट दुग्ध संस्थानलाई २ लाख ६० हजार व्यवभार परेको भन्दै अख्तियारले पूर्वमन्त्रीबाट सो रकम असुलउपर गरेको सहप्रवक्ता रिजालले बताए । पूर्वमन्त्री पराजुलीले हिमालय बैंकमा रहेको दुग्ध संस्थानको खातामा मंगलबार २ लाख ६० हजार रुपैयाँ जम्मा गरेको अख्तियारले जनाएको छ ।

गृहमन्त्री बस्नेतसँग पैसा उठाउने बाटो खुल्यो
पूर्वकृषिमन्त्री पराजुलीले छोराको विदेश भ्रमणको पैसा फिर्ता गरेपछि अख्तियारको अब यो नजिर अब गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रचण्डका ज्वाइँमाथिसमेत लागू हुने बाटो खुलेको छ । गृहमन्त्री बस्नेतले भूकम्प पीडितको कोटामा आफ्नी छोरी, ससुरालीहरु, नातेदार र प्रचण्डकी नातिनीलाई समेत चीन भ्रमणमा पठाएका छन् । मन्त्री बस्नेतले आफूबाट गल्ती भएको समेत स्वीकार गरिसकेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :