अनुदानको मलमा अनियमिता

यो समाचार 307 पटक पढिएको

कपिलवस्तु, २९ मंसिर/ अनुदानको मल बिक्रीमा अनियमिता गरेको आरोपमा कृषि सामाग्री कम्पनी बहादुरगन्ज उपशाखाका प्रमुखसहित दुई कर्मचारीलाई क्षेत्रीय कार्यालयले तानेको छ।

Urea Fertilizer largeउपशाखाको डिपोबाट बिक्री गर्नुपर्ने मल बाटोमै बेचेको उजुरी परेपछि कामु उपशाखा प्रबन्धक राजनबन्धु पोख्रेल र वरिष्ठ सहायक पिताम्बर पौडेललाई क्षेत्रीय कार्यालयले तानेको हो।

कम्पनीका क्षेत्रीय प्रमुख गोविन्दप्रसाद पराजुलीले मल वितरणमा अनियमिता र आन्तरिक कार्यालयको अनुशासन पालना नभएको कृषि सहकारीको गुनासो र उजुरीपछि दुवै कर्मचारीलाई क्षेत्रीय कार्यालयमा हाजिर गराइएको बताए। क्षेत्रको निर्देशनपछि दुवै कर्मचारी मंसिर ११ गतेदेखि क्षेत्रीय कार्यालयमा हाजिर छन्। क्षेत्रले उनीहरूलाई त्यस विषयमा ७ दिने स्पष्टीकरण समेत सोधेको थियो।

‘दुवै कर्मचारीका विषयमा अनुसन्धान जारी छ, अनियमितता भएको पुष्टि भए कारबाही गर्छौं,’ क्षेत्रीय प्रमुख पराजुलीले भने। उपशाखामा वितरणका लागि पठाइएको मल, बिक्री, स्टक, बैंकमा रहेको रकमलगातय विषयमा सूक्ष्म अध्ययन गरिने उनले बताए। मंसिर पहिलो साता अनुदानको मल बिक्रीका लागि क्षेत्रीय कार्यालयले दुईवटा ट्रकमा बहादुरगन्ज पठाएको थियो। मलको चरम अभाव भएका बेला डिपोमा मल लिन गएका सहकारीले नदेखेपछि सोधखोज गर्दा मल बाटोमै बिक्री भएको खुलेको थियो।

१२ सय ६० बोरा युरिया र एक हजार एक सय ३० बोरा डिएपी मल ती कर्मचारीले घुस लिएर बाटोमै बेचेको उजुरी र गुनासो आएको इलाका प्रशासन कार्यालय चन्द्रौटा प्रमुख मेघनाथ पाध्याले बताए।

‘गोदामबाट बिक्री गर्नुपर्ने मल बाटोमै बेचेको भेटिएको थियो, त्यसमा कर्मचारीको बदमासी देखियो,’ उनले भने। घटना अनुसन्धानका लागि आफूले मंसिर नौ गते नै दुवै कर्मचारीलाई त्यस विषयको सबै विवरणसहित प्रशासन कार्यालयमा हाजिर हुन २४ घन्टे निर्देशन दिएको उनले बताए। स्रोत अनुसार बैंकमा जम्मा गरेको रकम, हरहिसाब समेत दुरुस्त राखिएको छैन।

फाइदा उठाउँदै दुवै कर्मचारीले रकम लिएर सहकारीलाई बाटोमै मल बिक्री गरेका थिए। सहकारीले मलका लागि राजनबन्धु न्यौपानेले मधेस बन्द भएको बेला दक्षिण क्षेत्रमा गाडी नचलेपछि मल गोदाममा नल्याई उत्तर क्षेत्रका एक दर्जन सहकारीलाई मागको आधारमा मल दिन क्षेत्रलाई सिफारिस गरेको दाबी गरे। आफूले मल वितरणमा कुनै अनियमिता नगरेको भन्दै उनले मधेसमा जारी अवस्थाका कारण सहकारीको सुविधालाई मध्य नजर गर्दै मल बिक्री गरिएको जिकिर गरे।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :