छैठौं कृषि गणनाको प्रतिवेदन सार्वजनिक

यो समाचार 362 पटक पढिएको

कृषि योग्य क्षेत्रफल घट्यो

काठमाडौं, ९ पुस | राष्ट्रिय योजना आयोगमातहतको केन्द्रीय तथ्याँक विभागले छैठौं राष्ट्रिय कृषि गणनाको नतिजा मंगलबार सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजाअनुसार पछिल्लो समयमा कृषि योग्य जग्गाको क्षेत्रफल घट्नुका साथै खाद्यान्नवाली अन्तर्गतको धान, गहुँ, मकै, कोदो, जौ र फापर वालीसँगै कोष तथा दाल वाली र तोरी वालीको क्षेत्रफलसमेत घटेको छ। कृषि अर्थविद्हरूले कृषि योग्य क्षेत्रफल घट्नुप्रति चिन्ता व्यक्त गरेका छन।

 

karsis b

 

विभागमा आयोजित सार्वजनिक कार्यक्रममा प्रतिवेदनको विमोचन गर्दै आयोगका सदस्य सचिब युवराज भुषालले सन् २००१ मा स पन्न भएको पाँचौं कृषि गणनाको तुलनामा ०.४ प्रतिशतले कृषि योग्य जग्गाको क्षेत्रफल घटेको हो। पाँचौं कृषि गणनाको क्रममा दुईलाख ४९ हजार ७ सय हेक्टर कृषि योग्य जग्गा घटेर अहिले दुईलाख ३६ हजार तीनसय हेक्टरमा पुगेको छ। सन् १९९१ मा स पन्न चौथो कृषि गणनामा भने कूल कृषि योग्य जग्गाको क्षेत्रफल दुईलाख ३९ हजार दुईसय हेक्टर थियो। कृषियोग्य जग्गा घटेकाकारण पछिल्लो गणनाको क्रममा खाद्यान्न वालीको क्षेत्रफल घटेको छ भने अर्कोतर्फ आलुवाली, अरू नगदे वाली, मसला र तरकारी वालीको क्षेत्रफलमा बृद्धि भएको छ।

धान, गहूँ, मकै, कोदो, जौ, फापर, कोषे तथा दाल र तोरीको खेती घटेको हो । विभागका अनुसार धान र गहूँको खेती ६–६ प्रतिशत, मकै १२ प्रतिशत, कोदो १९ प्रतिशत, जौ ३५ प्रतिशत, फापर ४० प्रतिशत , कोषे तथा दाल बाली २१ र तोरी १३ प्रतिशतले घटेको छ । प्रतिवेदनअनुसार पाँचौं गणनाको क्रममा अस्थायी वाली लाग्दै आएको २३ लाख २६ हजार हेक्टर घटेर अहिले २१ लाख २३ हजारमा पुगेको छ। यसैगरी स्याथीवाली लाग्दै आएको १ लाख १७ हजार हेक्टरमा बृद्धि भएर अहिले १ लाख ६८ हजार हेक्टरमा पुगेको छ।  १० वर्ष अघि २६ लाख ५४ हजार हेक्टर रहेको खेतियोग्य जमिनमध्ये अहिले २५ लाख २५ हजार हेक्टरमा मात्रै खेती हुने गरेको छ । अर्यालले एक दशकमा १ लाख २९ हजार हेक्टर जमिन बाँझो रहेको बताए ।नेपालमा खेती गरिने जमिनमध्ये ५३.१२ प्रतिशत जग्गामा सिंचाई पुग्ने कृषि गणनामा उल्लेख छ ।

पछिल्लो गणनाको क्रममा पशुपंक्षीतर्फ उल्लेख बृद्धि भएको तथ्याँकले देखाएको छ। बाख्रातर्फ ५९, बंगुर/सुंगुरतर्फ ३०, भेडातर्फ २९,कुखुरातर्फ ४९ प्रतिशत र हाँसतर्फ ९ प्रतिशतले बृद्धि भएको छ। अर्कोतर्फ गाईगोरूतर्फ ११, चौरीतर्फ ४९, रांगा/भैसीतर्फ ९ प्रतिशत र परेवातर्फ १९ प्रतिशतले उत्पादन घटेको छ। छैठौं तथ्याँकअनुसार गणनाको क्रममा कुखुराको सं या दुई करोड ६२ लाख ६८ हजार, बंगुरको सं या ८ लाख १८ हजार, भेडाको सं या ६ लाख, बाख्राको सं या १ करोड १० लाख, राँगाभैसीको सं या ३१ लाख ७४ हजार, चौरीको सं या ४९ हजार र गाईगोरूको सं या ६४ लाख ३० हजार रहेको छ।

 

विभागका कृषि शाखाका निर्देशक अ िबका बस्यालकाअनुसार पाँचौ गणनाको तुलनामा छैठौं गणनाको क्रममा सिंचाईयुक्त क्षेत्रफलमा बृद्धि भएको छ। पाँचौं गणनाको क्रममा १९ लाख ९८ हजार हेक्टर सिंचित क्षेत्रफल बढेर अहिले २४ लाख ७२ हजार हेक्टरमा सिंचाई सुविधा पुगेको विभागले जनाएको छ। यसमध्ये ट्युववेल र बोरिङको माध्यमबाट ३० प्रतिशत, ड्याम र रिर्जभवायरबाट १६ प्रतिशत, प पपिङबाट ९ प्रतिशत, प्राकृतिक रूपमा ३९ प्रतिशत तथा विभिन्न माध्यमबाट ६ प्रतिशतका दरले कृषियोग्य जग्गामा सिंचाई सुविधा पुगेको छ।

 

तथ्याँक विभागले आलुवालीतर्फ प्रचुर उत्पादन दिने दोलखा, काभ्रे, इलाम, बारा र झापालाई सूचीकृत गरेको छ। यसैगरी मसलावालीतर्फ इलाम, मकवानपुर, मोरंग, सुनसरी र झापालाई सूचीकृत गरेको छ। त्यस्तै तेलहन वालीतर्फ दाँग, नवलपरासी, चितवन, रूपन्देही र मोरंगलाई र अन्य नगदेवालीतर्फ सर्लाही, सुनसरी, रौतहट, महोत्तरी र नवलपरासीलाई उत्कृष्ट पाँच उत्पादन जिल्लाको रूपमा सूचीकृत गरेको छ। पाँचौं गणनाको क्रममा झण्डै ९ लाख ७७ हजारको सं यामा तरकारी वालीतर्फ लागेका कृषकको सं या झण्डै दोब्बरले बृद्धि भएर १९ लाख ३१ हजार पुगेको छ। तरकारीवाली नगदेवालीको रूपमा परिणत हुॅँदै गएपछि ६० हजार हेक्टरबाट ४० प्रतिशतले बृद्धि भएर अहिले तरकारी वालीले ढाकेको क्षेत्रफल ८४ हजार हेक्टर पुगेको छ।

विभागका अनुसार हिमाल र पहाडी जिल्लामा क ितमा ४ आना(०.०१२७२ हेक्टर) र तराईका जिल्लामा क ितमा ८ धुर (०.०१३५५ हेक्टर) क्षेत्रफलमा वाली लागेको जग्गा, जुनसुकै उमेरका क ितमा एकवटा गाईभैसी वा क ितमा ५ वटा भेडा, वाख्रा, सुँगुर/वंगुर तथा चल्ला र माउ गरेर क ितमा २० वटा चराचुरूङगी पालेका परिबारलाई कृषि परिबारको रूपमा परिभाषित गरेको छ। प्रतिवेदनअनुसार नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार रहेका छन। जसमध्ये १ लाख १६ हजार परिबार खेतीपातीमा नलागेका। विगत दश बर्षअघिको तुलनामा कृषक परिबारको सं यामा ४ लाख ६७ हजारले बृद्धि भएको देखाएको छ। कृषकहरूले खेतीपातीको लागि २५ लाख २५ हजार हेक्टर भएको विभागको अनुमान छ। दशबर्ष अघिको तुलनामा करिब १ लाख २९ हजार हेक्टरले कमी आएको विभागले जनाएको छ।

विभागका महानिर्देशक सुमन अर्यालकाअनुसार पाँचौं गणनाको क्रममा कृषि पेशामा ८ प्रतिशत महिला र ९१.९ प्रतिशतको हाराहारीमा पुरू ष संलग्न थिए भने छैठौं गणनाको क्रममा पुरू षको सं या घट्ेर ८१ र महिलाको सं या बढेर १९ प्रतिशतमा पुगेको छ। ८३ प्रतिशत कृषकको मु य आयश्रोत कृषि भएपनि करिब ६० प्रतिशत कृषकले आफुले उत्पादन गरेका उत्पादनले बर्षभर नपुग्ने जनाएका छन। यसैगरी २२ प्रतिशत कृषकले कृषि कर्मका लागि विभिन्न वैंकबाट ऋण सहयोग लिएका छन भने ७८ प्रतिशत कृषकले आफन्त र नजिकका चिनजानबाट सापटी लिएर कृषि कर्म गर्दैआएको विभागको तथ्याँकले देखाएको छ।

विभागले ‘राष्ट्रिय कृषि गणना ०६८Ó अन्तर्गत सोही बर्षको पुषदेखि फागुनस म तराई तथा पहाडी क्षेत्रका ५९ जिल्ला तथा गत ०६९ वैशाखदेखि असारस म हिमाली क्षेत्रको १६ जिल्लामा कृषिस बन्धी लगत संकलन गरेको थियो।

छैठौं कृषि गणना कार्यक्रममा पछिल्लो समयमा संकलन गरिएका आवश्यक सूचना वाहेक संयुक्त राष्ट्र संघ र विश्व खाद्य तथा कृषि संगठनले दिएको सुझावको आधारमा पहिलो पटक समुदायस्तरको तथ्याँक संकलन गर्न गरिएको थियो। समुदायस्तरको तथ्याँक अन्तर्गत भू उपयोग, कृषकको आर्थिक सामाजिक स्थिति, सामुदायिक संरचना सेवा सुविधा, समुदाय वा वडामा संचालित विकास कार्यक्रमको विवरण पनि संकलन गरिएको छ। यसैगरी खेतमा सिंचाई सुविधा पु:याउन ऋण लिएको छ की छैन, कृषि बाली लागेको क्षेत्रफल र उत्पादनको अबस्था कस्तो छ?, स्वास्थ्य चौकी, कृषि सडक, बिद्युतजस्ता कृषि पूर्वाधारका संरचनाको उपभोग किसानले गरेका छन् वा छैनन् भन्ने प्रश्नस बन्धी सूचना पनि पहिलो पटक विभागले संकलन गरेको छ।

बाख्रा र कुखुरा बढे

तथ्यांक विभागले सार्वजनिक गरेको विवरणमा कृषकहरु सबैभन्दा बढी बाख्रा पालनका आकषिर् भएको देखाएको छ । मासुका लागि सबैभन्दा बढी माग रहेको खसीको मासुका लागि कृषकहरु बाख्रा पालनतर्फ आकषिर्त भएको तथ्यांकले देखाएको हो । कृषि गणनाको तथ्यांकमा बाख्राको संख्या १० वर्षमा ५९ प्रतिशतले बढेको जनाइएको छ ।

मासुका लागि खसीकै हाराहारीमा माग रहेको कुखुराको संख्या पनि १० वर्षमा झण्डै ५० प्रतिशतले बढेको छ । १० वर्षयता देशमा कुखुराको संख्या ४९ प्रतिशतले बढेको विवरण सार्वजनिक गरिएको हो । त्यसैगरी मासुका लागि पालन हुादै आएको सुागुररबंगुरको संख्या पनि ३० प्रतिशतले बढेको छ । भेडाको संख्या २९ प्रतिशतले बढेको छ ।

अन्नबाली लगाउने जमिन घट्यो

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको कृषि गणना ०६८ को तथ्यांकमा अन्न बाली लगाउन जमिन घटेको उल्लेख छ । विभागका अनुसार ०५८ को तुलनामा ०६८ मा अन्न बाली लगाउन जमिनको क्षेत्रफलमा ९ प्रतिशतले कमी आएको छ । विभागका अनुरार धान र गहुाबालीको क्षेत्रफलमा ६ प्रतिशत, मकैबालीमा १५ प्रतिश, कोदोबालीमा १९ प्रतिशत, फापरबालीमा ४० प्रतिशत, कोशेरदलहनबालीमा २१ प्रति र तोरीबालीमा १३ प्रतिशत घटेको छ ।

सुन्तला बाली बढ्यो

पूर्वी नेपालका पहाडी जिल्लाहरुमा धेरै फल्ने सुन्तलाबाली लगाउने जमिनको क्षेत्रफलमा पनि बृद्दि भएको छ । सुन्तलाले राम्रो आम्दानी दिन थालेपछि कृषकहरुले सुन्तला खेति विस्तार गर्ने क्रम जारी छ । १० वर्षयता सुन्तला लगाइएको जमिनको क्षेत्रफल ४६ प्रतिशतले बढेको छ ।

त्यसैगरी केराबालीको पनि ५६ प्रतिशतले बढेको छ । १० वर्षयता स्याउखेति बढेको तथ्यांक बाहिर आएको छ । स्याउबालीको क्षेत्रफल २४ प्रतिशतले बृद्दि भएको छ । जुनार, कागती र आँपबालीको संख्यामा भने कमी आएको छ । सबैभन्दा बढी जुनारको क्षेत्रफलमा ६१ प्रतिशतले कमी आएको छ । त्यसैगरी कागतीबालीको क्षत्रफल पनि ३७ प्रतिश घटेको छ भने आँपको बालीको क्षेत्रफल प्रतिशतले घटेको छ ।

कृषि गणना भन्छ, कृषिमा व्यवसायिकता बढ्दै गयो, तर ७८ प्रतिशत किसान अझै बैंकिङ्ग पहुँच बाहिर

नेपालमा किसानको संख्या कुल जनसंख्याको ७१ प्रतिशत रहेको राष्ट्रिय कृषि गणनाले जनाएको छ । यसअघि कृषिमा निर्भर जनसंख्या ६७ प्रतिशतमा झरेको सरकारी निकायले बताउदै आएका थिए । यसअघि २०४८ मा किसानको संख्या जनसंख्याको ८२ प्रतिशत र २०५८ मा ७६ प्रतिशत थियो । किसान परिवारमा व्यक्तिको संख्या ५।४ प्रतिशत रहेको गणनाले देखाएको छ ।
‘अब नेपाल सरकारको लागि यो नै आधिकारिक तथ्यांक हो,’ केन्द्रिय तथ्यांक विभागका उपमहानिर्देशक सुमनराज अर्यालले भने । दश÷दश वर्षमा कृषि गणना हुने हुँदा पछिल्लो वर्षमा तथ्यांकीय अनुमान दुई\तीन प्रतिशत फरक परेको हुनसक्ने उनले बताए । देशभरका पाँचहजार दुईसय वार्ड छनौट गरेर एकलाख २५ हजार घरधुरीमा गरिएको कृषि गणना जनगणना पछिको ठुलो गणना हो । यसका लागि नेपाल सरकारले १३ करोड रुपैया खर्च गरेको थियो ।
केन्द्रिय तथ्यांक विभागका अनुसार नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार छन् । यि कृषक परिवारले २५ लाख २५ हजार हेक्टरमा खेतिपाती गर्दै आएका छन् । २०५८ को कृषि गणनामा भन्दा यसपटक खेतीपातिको क्षेत्रमा एकलाख २९ हजार हेक्टरले कमी आएको छ । ‘सडकको विस्तार, घरजग्गा आदिले कृषि क्षेत्र कम हुदै गएको छ । खेतबारी टुक्रा पार्ने काम बढेको छ,’ विभागका महानिर्देशक उत्तमराज मल्लले भने । उनका अनुसार, मोरङ, झापा, सर्लाही, सिराहा र सुनसरीमा अझपनि अधिकतम भुभाग कृषि क्षेत्र छ ।
कृषि गणनाले किसानहरु व्यवसायिक बन्दै गएको देखाएको छ । विगत दश वर्षमा नगदेबाली र तरकारीबालीमा आर्कषित हुने किसानको संख्या १२ र ४१ प्रतिशतले बढेको छ । अन्नबालीमा किसानको आकृषण कम हुदै गएको छ । अन्नबाली लगाउने किसान बाली अनुसार नौदेखि ३५ प्रतिशतसम्म घटेको छ । ‘कोसेबाली, तोरी, आलु, मसला र तारकारीको व्यवसायिक खेती सुरु भैरहेको छ,’ विभागका निर्देशक अम्बिका बस्यालले भने, ‘किसानहरु व्यवसायिकता तर्फ उन्मुख हुदैछन् ।’
व्यवसायिकता तर्फ उन्मुख हुने क्रम पशुपालनमा पनि देखिएको छ । गाईगोरु, राँगाभैसी, चौरीको संख्या उल्लेख्यरुपमा घटेको छ भने मासुका लागि पालिने बाख्रा, भेडा, बंगुर, कुखुरा र हाँसको संख्या बढेको छ । ‘बाख्रा र कुखुराको संख्या क्रमशः ५९ र ४९ प्रतिशतले बढेको छ । बंगुर र भेडाको संख्या पनि करिव ३० प्रतिशतले बढेको छ,’ बस्यालले भने ।
देशमा अहिले एक कररोड १० लाख बाख्रा, आठलाख १८ हजार बंगुर, छ लाख आठहजार भेडा र दुई करोड ६२ लाख ६८ हजार कुखुरापालन हुने गरेको छ । व्यवसायिकरुपमा पालिने कुखुरा र ठुला फर्ममा पालिने बाख्रा, भेडा र बंगुरको गणना यहाँ गरिएको छैन् । ‘व्यवसायिक कृषिको छुट्टै गणना गर्ने काम भइरहेको छ । यसै आर्थिक वर्षमा नतिजा सार्वजनिक गरिने छ,’ अर्यालले भने ।
कृषिमा व्यवसायिक पहल सुरुभएपनि किसानले ऋण पाउन सकेका छैनन् । केवल २२ प्रतिशत किसानले ऋण लिएको देखिएको छ । किसानले प्रायः सहकारी ९१७ प्रतिशत० बाट ऋण लिने गरेको देखिएको छ । ‘४२ प्रतिशत किसान ऋण लिएर व्यवसायिक कृषि गर्न चाहन्छन् तर, बैंकसँग उनीहरुको पहुँच छैन । यसले कृषिको आधुनिकीकरण र व्यवसायिकरण अगाडि बढन सकेको छैन्,’ उनले भने ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :