आज जोनाको बार्षिकोउत्सव

यो समाचार 334 पटक पढिएको

काठमाडौं, २८ मंसिर / नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना) ले दोश्रो बर्ष पुरा गरेर आजदेखि तेश्रो बर्षमा प्रवेश गरेको छ ।

jonaa bookजोनाले दोश्रो बार्षिकोउत्सवको अवसरमा राजधानीस्थित आफ्नै सभाकक्ष कृषि उपभोक्ता डबलीमा भव्य कार्यक्रमको आयोजना गरेर मनाउदै छ । दोश्रो बार्षिकोउत्सवको उदघाट्न कृषि विकास मन्त्री हरिवोल गजुरेलले गर्नुहुने कार्यक्रम छ । यसैगरी सिंचाई मन्त्री उमेश यादब, नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपाल, व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा पनि उक्त कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

सोही कार्यक्रमको अवसरमा जोनाले यो बर्ष कृषि क्षेत्रमा उल्लेखनीय समाचार सम्प्रेषण गरे वापत गोरखापत्र दैनिकका कालिकोट सम्वाददाता बिष्नप्रसाद न्योपाने, कान्तिपुर दैनिकको दैलेख सम्वाददाता प्रकाश अधिकारी, नयाँ पत्रिका दैनिकका इलाम सम्वाददाता ख्याम भुजेल, बीबीसी नेपाली सेवाका सुभाष कार्की र राजधानी दैनिकका लक्ष्मी सापकोटालाई उत्कृष्ठ पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । यसैगरी सोही अवसरमा जोनाले प्रकाशित गरेको उर्वर स्मारिका पुस्तकको पनि बिमोचन गर्ने कार्यक्रम छ । जोनाको स्थापना २०७० मंसिर १९ गते भएको थियो । यो बर्ष सप्ताह व्यापी कार्यक्रमको आयोजना गरेर जोनाले बार्षिकोत्सव मनाउदैंछ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :