भेडाच्यांग्रा बिक्री गरेर किसानले ३६ करोड कमाए

यो समाचार 313 पटक पढिएको

मुस्ताङ, २६ मंसिर/ घमीका किसान सोङगु साङवाले यसवर्ष भेडाच्यांग्रा बेचेर करिब १२ लाख रुपैयाँ कमाए। चार वर्षयता भेडाच्यांग्रा पाल्दै आएका साङवाले यसवर्ष ७० वटा भेडाच्यांग्रा बेचे। ‘गोठमा अझै सय भेडाच्यांग्रा छन्,’ साङवाले भने, ‘अन्नपातबाट केही आम्दानी होला भन्नु छैन। परिवार पाल्ने नै भेडाच्यांग्राले हो।’ बाँकी भेडाच्यांग्रा अर्को वर्ष बेच्ने उनले बताए। ‘केही हुर्कि नसकेकाले सबै नबेचेको हो,’ उनले भने।

vedaकरिब दुई सय भेडाच्यांग्रा पालेका उनका ३० वटा जति भेडाच्यांग्रा हिउँचितुवाले खाएपछि उनी चिन्तित छन्। साङवामात्र होइन चराङका ङयाङचा विष्टले पनि भेडाच्यांग्रा बेचेरै करिब १५ लाख रुपैयाँ कमाए। विगत वर्ष आफैंले पोखरा पुर्योएर भेडाच्यांग्रा बेचेका विष्टले यसवर्ष घरमै पैसा बुझे। मुस्ताङका किसानले यसवर्ष बेच्नुपर्ने जति भेडाच्यांग्रा बेचिसकेका छन्।

उच्च हिमाली क्षेत्रका रुपमा परिचित मुस्ताङका किसानको मुख्य पेशा पशुपालन हो। पर्यटन, स्याउखेती पछि यहाँका किसान भेडाच्यांग्राबाट राम्रो आम्दानी गर्छन्। हिमपात र चिसो मौसमका कारण खेतीपाती कम हुने भएपछि उच्च भेगमा यहाँका किसानले गोठाला राखी भेडाच्यांग्रा पालेर मनग्य आम्दानी गर्ने गरेका छन्। ‘यहाँका अधिकांश किसानले भेडाच्यांग्राबाटै आफ्नो जीविका चलाउँदै आएका छन्,’ घमीका स्थानीय अगुवा राजु विष्टले भने, ‘पढालेखा टाठा/बाठाले होटल गरे पनि धेरै जना पशुपालनमा लागेका छन्।

यहाँको भेडाच्यांग्रा मासुका लागि मात्र नभएर सुकुटीको लागि पनि उत्तिकै लोकप्रिय छ। सुकुटी स्थानीय होटलसहित बागलुङ, पोखरा, काठमाडौंसहित विदेशमा पनि पठाउने गरेका छन्। त्यहाँ पुग्ने अधिकांशले सुकुटी लैजान्छन्। बाहिरी जिल्लासँगै मुस्ताङ पर्यटकीय जिल्ला भएकाले जिल्ला बाहिरबाट आउने पर्यटकले पनि भेडाच्यांग्राको मासु निकै मन पराएर खाने गरेका छन्। यहाँका होटलमा पनि मासु खपत हुन्छ। बाहिरबाट आउने पर्यटकले भेडाच्यांग्राको सुकुटी उपहारका रुपमा लैजाने चलन रहेको मुस्ताङकी होटल व्यवसायी धिमी शेरचनले बताइन्। ‘भेडाच्यांग्राको सुकुटी उपहारको रुपमा विदेश पनि पठाउने चलन छ ,’ उनले भनिन्, ‘यहाँ घुम्न आउने पर्यटकले पनि लैजान्छन्।’ माग अनुसार पुर्या उन हम्मे परेको उनको अनुभव छ।

यहाँबाट किसानले असारयता ६ महिनाको अवधिमा करिब २० हजार भेडाच्यांग्रा बिक्री गरेको जिल्ला पशु सेवा कार्यालय, मुस्ताङले जनाएको छ। ‘पशुपालनमध्ये मुस्ताङमा मुख्यगरी यहाँको हावापानीमा भेडाच्यांग्रा नै फस्टाउँछ,’ पशु सेवा कार्यालयका प्रमुख डा. नन्दलाल वर्माले भने, ‘यो वर्ष करिब २० हजार भेडाच्यांग्रा मुस्ताङबाट बाहिर जिल्लामा गएको छ। ‘भेडाच्यांग्रा सरदर १८ हजार रुपैयाँ गोटा बिक्री हुने गरेको छ। त्यहाँका किसानले भेडाच्यांग्रा बिक्री गरेर करिब ३६ करोड रुपैयाँ कमाएको पशु कार्यालयले जनाएको छ।

मुस्ताङका १६ गाविसमध्ये जोमसोम, मार्फा, कागबेनी, झाङ, मुक्तिनाथ, छुसाङ, सुरखाङ, चराङ, लोमान्थाङ, छोसेर, छोन्हुप गाविसका करिब २ हजार किसानले व्यावसायिक भेडाच्यांग्रा पाल्दै आएका छन्। तल्लो मुस्ताङको लेते, कागबेनी उपल्लो मुस्ताङका छोनुप, छोसेर, लोमान्थाङ गाविसमा त समूह बनाएर व्यावसायिक भेडाच्यांग्रा पालेर लाखौं आम्दानी गरेका छन्। भेडाच्यांग्रा बेचेर एउटै किसानले २ लाखदेखि २५ लाख रुपैयाँसम्म कमाउने गरेको लेतेका प्रेम तुलाचनले बताए। ‘२०/२५ पाल्नेले पनि घरमा आफूले खाउर २/३ लाख कमाउँछन्,’ तुलाचनले भने, ‘धेरै पाल्नेले त २५/३० लाख रुपैयाँ कमाउँछन्।’

भेडाच्यांग्रापालन फस्टाए पछि किसान पनि यो पेशामा आकर्षित छन्। सरकारी तहबाट किसानलाई अनुदान, स्वास्थ्य उपचारमा सघाउँदै आएको पशु कार्यालयले जनाएको छ। मुस्ताङमा उत्पादन गरेको भेडाच्यांग्राले मात्र बजारको माग नथेग्ने भए पछि उपल्लो मुस्ताङका किसानले तिब्बतबाट पनि भेडाच्यांग्रा ल्याएर बेचेका थिए। उपल्लो मुस्ताङका ६ गाविसबाट मात्र ८ हजार भेडाच्यांग्रा बिक्री भएको छोसेर गाविसका पूर्व अध्यक्ष शंखलाल गुरुङले बताए।

बजारमा हिमाली उच्च चरन क्षेत्रमा भेडाच्यांग्राको माग अधिक छ। मुस्ताङमा उत्पादन भएका ल्याएका भेडाच्यांग्रा व्यापारीले खरिद गरेर बिक्रीका लागि बाग्लुङ, पर्वत, पोखरा पुर्याकएर बेचेका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :