मल अभावमा किसानले आलु रोप्न पाएनन्

यो समाचार 291 पटक पढिएको

काभ्रे, २४ मंसिर/  रासायनिक मलको अभावमा आलु रोप्ने सिजन लागिसक्दा पनि आलु रोप्न नपाएको भन्दै कषकहरु चिन्तित बनेका छन् ।

कृषि सामाग्री केन्द्र धुलिखेलको मल गोदाममा मल नभएपछि किसानहरुले आलु रोप्न नपाएका हुन् । केन्द्रमा भारतीय नाकाबन्दीका कारण ठेकेदारले मल ढुवानी गर्न नसक्दा अभाव देखिएको हो ।

जिल्लाको आलुको लागि पकेट क्षेत्र पाचखाल, नाला, शंखु, ढुखर्क, ज्याम्दी, जैसिथोक, महँदेवस्थान, रविओपी, देविटार, नयागाउं देउपुर, बालुवापाटी देउपुर, महादेवटार लगायतका स्थानमा यतिबेला आलु खेती गर्ने गरिन्छ । जिल्लाको ७ हजार ७ सय ८५ हेक्टर क्षेUrea small Fertilizerत्रफलमा आलुखेती गरिन्छ । जिल्ला कृषि बिकास कार्यलयका अनुसार, गत वर्ष १ लाख ४७ हजार ९ सय मेट्रिक्टन आलु उत्पादन भएको थियो ।

रासायनिक मल अभावको कारण अहिलेसम्म आलु रोप्न सुरु नभएको बलथलीका दीनेश पौडेलले जानकारी दिए । काभ्रेका अधिकांश ठाउँमा धान झिकेपछि लगत्तै आलु रोप्ने गरिन्छ । तर धान झिकेको १ महिना पुग्न लागेपनि मल अभावमा आलु रोप्न नपाएको किसानहरुको गुनासो छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :