इन्धन अभावले कुखुरा व्यवसाय संकटमा

यो समाचार 343 पटक पढिएको

नुवाकोट, २३ मंसिर/ नाकाबन्दीका कारण इन्धन अभावले ढुवानीमा समस्या भएपछि नुवाकोटमा कुखुरा व्यवसाय धरासायी बन्न थालेको छ ।

baby chickenइन्धन संकटका कारण ब्रोइलर कुखुराको दाना ढुवानी हुन नसकेको र हुर्केका कखुुरा बजारसम्म पु¥याउन नसक्दा जिल्लाको विभिन्न स्थानमा व्यावसायिक रूपमा कुखुरापालन गर्दै आएका व्यवसायी चिन्तित भएका छन् । दसैंलाई लक्षित गरी हुर्काएका कुखुरा इन्धन अभावले सहज रूपमा बजारमा पु¥याउन नसक्दा अहिलेसम्म नै खोरमा नै हुर्काउन कृषक बाध्य छन् । दसैंमा कुखुरा बिक्री गर्न नपाएका कृषकलाई इन्धनको अभावले समयमै दाना ढुवानी नगर्न नपाउँदा दुब्लाएर मर्ने अवस्थामा पुगेको कुखुरापालक किसान संघ नुवाकोटका अध्यक्ष पशुपति कोइरालाले बताए ।

“भण्डारण गरिएको दाना खुवाएर हुर्केका कुखुरासमेत इन्धन संकटले बजारमा पु¥याउन नसक्दा व्यवसाय नै डुब्ने खतरामा पुगेको छ,” अध्यक्ष कोइरालाले भने “इन्धनको अभाव देखाउँदै ५० किलोको दाना २५ सय २५ रुपैयाँबाट वृद्धि भएर २९ सय २५ रुपैयाँमा पुगेको छ ।” खोरमा हुर्किएका कुखुरा बजारमा पु¥याउन इन्धनको समस्या यथावत् रहेको समयमा दानाको मूल्य, ढुवानी भाडा, चल्ला खरिदलगायत कुखुरा व्यवसायी पीडित हुँदै आएको कुखुरापालक कृषकहरूको गुनासो छ ।

प्रशासनले व्यवसायीलाई इन्धनको कोटा उपलब्ध गराएर जोखिमबाट मुक्त गराउन सहयोग पु¥याउनुपर्ने चारघरेका कुखुरापालक कृषक नवराज ढुंगानाले माग गरे ।
नुवाकोट प्रशासनले अत्यावश्यक सेवा ऐनमार्फत दूध, तरकारी, पानी तथा कुखुराजन्य सवारीलाई इन्धन दिने भने पनि जिल्लामा ७ सयभन्दा बढी कुखुरापालन गर्दै आएका कृषक समेटिन नसकेको कुखुरापालक किसान संघको गुनासो छ ।

इन्धनको अभावसँगै आफूहरुले धादिङ हुँदै काठमाडौंतर्फ कुखुरा लैजाँदा नौबिसेमा प्रतिकुखुरा १ रुपैयाँ राजस्व तिर्नुपर्ने बाध्यता, औषधि खरिद गर्दा मूल्यमा एकरूपता नभएको, गुणस्तरीय औषधिको अभाव, चल्लाको ग्रेडिङ नगरी खरिद गर्नुपर्ने बाध्यता रहेको बट्टारमा कुखुरापालन गर्दै आएका बालकुमारीका कृषक होमबहादुर तामाङले बताए ।

सरकारी कार्यालयबाट प्राप्त हुने अनुदान, राहत तथा तालिमलगायतमा समावेशी सहभागिता नभएको, पछिल्लो समय दानाको गुणस्तर खस्किँदै गएको र विषादीको समेत मिसावटबाट पीडित कृषकलाई इन्धन अभावले थप पीडित बनाएको तामाङको गुनासो छ । नुवाकोटमा ७ सयभन्दा बढी कृषकले व्यावसायिक रूपमा कुखुरापालन गर्दै आएको जिल्ला पशु सेवा कार्यालय नुवाकोटले जनाएको छ । १ जना कृषकले करिब ८ लाख रुपैयाँ खर्च गरेको अनुमानका आधारमा नुवाकोटमा कुखुरा व्यवसायमा प्रत्यक्ष रूपमा ५६ करोड रुपैयाँ लगानी र ७ हजार जनाले रोजगारी पाउँदै आएको कुखुरापालक किसान संघले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :