युवा उद्यमीको संख्या न्यून, किन ?

यो समाचार 388 पटक पढिएको

  • दिनेश पान्डे 

जोस, जागर अनि चलायमान गुणका कारण युवा एक महत्वपूर्ण र भिन्न सामाजिक अंग हो । विद्रोह र विकाससँगै जोडिने यी यस्ता शक्ति हुन् जसलाई

सांस्कृतिक रहनसहन, आर्थिक र राजनैतिक आधारमा यसलाई परिभाषित गरिएको छ । साधारणतया युवा अधिकारका कुरालाई अवसर, संरक्षण र सहभागिता संगै अनि युवा उत्प्रेरणालाई अधिकार, सम्मान र जिम्मेवारीका रुपमा परिभाषित गरिएको छ । वेवास्ता गर्न सकिदैन किनकी यो एक राष्ट्रिय भविष्यको धरोहर हो । हुन त ‘‘युवा’’ को परिभाषा देश\देश अनुसार भिन्न छ, आ–आफ्नै सामाजिक


झण्डै २.७ करोडको हाराहारीमा रहेको २०६८ को तथ्यांक अनुसार नेपालको जनसंख्या हेर्ने हो भने ‘‘राष्ट्रिय युवा नीति’’ अनुसार १६—४० वर्षको

dinesh

संख्या समग्र जनसंख्याको ३९ प्रतिशत रहेको छ । विगत २ दशकमा प्राय सबै राष्ट्रहरु युवा वेरोजगारको समस्याबाट आक्रान्त छन् । विकाससील राष्ट्रहरुमा प्राय उच्च शिक्षा भन्दा बाहिरका यूवाको संख्या अति नै धेरै बेरोजगार र त्यसमा पनि ग्रामिण क्षेत्रमा बढी रहेको छ । नेपाली सन्दर्भमा भन्नु पर्दा ६१.३१ लाख यूवा १५–२९ उमेर समुहका छन् जो समग्र जनसंख्याको २६.२ प्रतिशत हो । यो संख्याको ११.४ प्रतिशत युवाहरु रोजगार विहिन छन् । प्रतिवर्ष ३.५–४ लाख नेपाली युवाहरु रोजगारीका बजारमा आइरहेका हुन्छन् र यो संख्या दक्ष भन्दापनि बढी अदक्ष श्रममा खपत हुने खालका छन् ।

तर रोजगार अवसरका अभावले यो संख्याको १० प्रतिशत मात्रै राष्ट्रले खपत गरेको छ, बाँकी युवाहरु आफ्नो क्षमताले सुहाउँदो भन्दा पनि न्यून खालको काम गर्न भौतारिरहेका छन् । यसले युवा श्रम शक्तिको नाश मात्र होइन, आर्थिक तथा सामाजिक संरचनाको असमानता पनि देखाउँदछ । फलस्वरुप प्रतिदिन ७०० भन्दा वढि युवाहरु कामको शिलशिलामा विदेशीने गरेका छन् यद्यपी यि मध्ये केहि उच्च शिक्षाको लागि पनि विदेशीने गरेका छन् । विदेशिने युवा शक्ति रहर भन्दा पनि बढी बाध्यताले त्यसो गर्नु परेको हो । केही रकम आर्जन गरेपनि उनीहरुको जिवनयापन कम जोखिम र कष्टकर पक्कै छैन ।
चौथो कारण यूवामाझ प्राविधिक अनुभव अपर्याप्त रहेको हुन्छ । चुनौति र अवसरलाई स्पष्ट नचिन्दा आफ्नो व्यवसाय संचालन गर्न सक्दैनन् र रोजगार प्रति बढी अग्रसर हुन्छन् । आधुनिक प्रविधिको विस्तारसँगै विभिन्न विद्युतिय स्रोतसाधनहरुले यूवा वर्गमा आफ्नो क्षमता भन्दा पनि बढी चाहाना राख्ने प्रविधिले यूवा मानसिकतामा निरासापन थपेको छ । प्रविधिको विकासले दैनिक जिवनयापनका कार्यसँगै व्यवसायमा सहजता त ल्याएको छ तर पनि त्यसलाई उचित प्रयोग गर्न नसक्ने गुण हामीमा व्याप्त छ । उदाहरणको लागि हामीले पढेको शिक्षा÷अनुभवले हामी प्रतिकिलो रु. २५ मा आलु उत्पादन गरि बेच्नसक्छौं तर त्यसको एक चौथाई तौल प्रयोग गरि आलुचिप्स बनाई प्रति प्याकेट रु. ५० मा बेच्न सक्दैनौ ।
यूवा वर्ग त्यति वेला अपहेलित अनि हतोत्साहित हुन्छन् जुन समयमा कुनै पनि रोजगारको अवसर पाउँदैनन् न त आफै केहि श्रृजना गर्न सक्छन् । सरकारको अस्थिरता र अप्रयाप्त प्रशाशकिय कार्य क्षमताले यो वर्गलाई उत्प्रेरणाको सट्टा निरन्तर उदासिन बनाएको छ ।सामाजिक संस्थाहरुमा प्रमुख अर्को संस्था राजनैतिक दलहरुको संगठन पनि हो । यसमा युवा वर्गको ठूलो हिस्सा छ । यो हिस्सालाई महत्व दिने र सकारात्मक बाटो तर्फ अग्रसर गराउने जिम्मेवारी राजनैतिक दलको हुनु पर्दछ तर राजनैतिक दलहरुमा युवावर्गको उपेक्षाको कारणले पनि यसलाई वढावा दिएको छ किनकी यहाँ बढ्दो उमेरका बुढापाकाहरुको बाहुल्य छ । युवा वर्गको विचार र चाहना बुझ्नसकेका छैनन् र खोज्दैनन् पनि बरु यो वर्र्गलाइ बन्द, हडताल जस्ता असामाजिक कार्यमा प्रयोग गर्दै आइरहेका छन् । राजनैतिक दर्शन अनुसारको आचरण निर्माण गर्नु भन्दा पनि कोरा सिद्धान्त रटाएर बेरोजगार युवाको जमात खडा गर्ने प्रचलनले पनि उद्यमशील बन्न बाधा सृजना गरेको देखिन्छ, यस्तो परिपाटीबाट संगठनलाई बचाउन पहल गर्नु पर्ने जरुरी भै सकेको छ । आर्थिक हिसाबले हामी गरिब त छँदैछौँ त्यसमाथि पनि वैचारिक बहसको कमिले गर्दा हाम्रा युवाहरु छिमेकी राष्ट्र तथा अन्य राष्ट्रहरुको तुलनामा निकै कमजोर हुन पुगेका छन् ।’
यसर्थ प्रत्येक नेपाली युवाका यी तीन मध्ये एक सपना हुन्छन्ः अमेरीका अनि यूरोप लगायतका राष्ट्रहरुमा अध्ययन तथा बसोवासका लागि जाने, लोक सेवा आयोगमा रोजगारीका लागि अवसर खोज्ने र रोजगारीकै निम्ति खाडिमुलुक लगायतका अन्य राष्ट्रहरुमा जाने । धेरै कमले मात्रै साना तथा मझौला खालका आफ्नै व्यवसाय सुचारु गर्छन् । केहि जानकार नीतिनिर्माणकर्ताहरुले यूवा उद्यमीको संख्या बढेको कुरा गरेको सुनिन्छ तर पनि युवा उद्यम नीतिनिर्माण गर्दै गर्दा किन युवाहरु आफ्नै व्यवसाय गर्न चाहदैन भन्ने कुरा पहिलो प्राथमिकतामा आउनु आवश्यक छ ।
युवा वर्गले आफ्नै व्यवसाय गर्न नचाहनुको पहिलो कारण हाम्रै आमाबुवा हुन् जसले मेरो छोरा\छोरीले राम्रो जागिर पाओस् अनि ठूलो मान्छे बनोस भनि कामना गर्दछन् । धेरै कम अभिभावकले मात्रै आफ्ना सन्तती उद्यमि बनोस् र अरुको निम्ति पनि रोजगार श्रृजना गर्न सकोस् भन्ने वातावरण बनाइ दिन्छन् । परम्परागत र जिविकोपार्जनमुखी हाम्रो राष्ट्रिय कृषि प्रणाली अवलम्बित कृषक परिवेशमा हावी निम्न चेतना, न्यून साक्षरता र न्यून शीपमुलक ज्ञानले गर्दा हाम्रा अभिभावकले सम्भावित जोखिम मोल्न चाहँदैनन् । आफू त सकेनन्, सँग—सँगै आफ्ना सन्ततिहरुले पनि सक्दैनन् भन्ने सोचाई व्यापक छ । प्रायः अभिभावकहरु आफ्ना छोरा\छोरीलाई आवश्यक रकम जोहो गरि विदेश पठाउन राजि हुन्छन् तर त्यति नै रकम देशभित्र व्यवसायको लागि लगानी गरिदिन अनिच्छुक हुन्छन् । यस प्रकारको हाम्रो सामाजिक संरचनाले हामीलाई रोजगारी दिलाउने होइन, लिने बनाइ दिएको छ । साना तिना स्वरोजगारमूलक कार्यलाई महत्व दिन नसक्नाले फगत नोकरी गर्ने मानसिकतामा हाम्रो समाज अल्झिएको छ । हामीमा रहेको संस्कार र संस्कृति पनि उद्यमशीलताका लागि बाधक बनेको छ । यसकाकारण उद्यमशीलता प्रस्फुटन हुन सकेको छैन ।
बढ्दो उमेरसँगै उद्यमसिलताको इच्छा बढ्नु दोश्रो कारण हो । बहुसंख्यक अध्ययनहरुले के देखाएको छ भने बढदो उमेर संगै मानिसका चाहना जागिर खाने भन्दा पनि आफ्नै व्यवसाय संचालन गर्ने धेरै हुन्छन् । यसको कारण सुरुको अवस्थामा आवश्यक सिपमूलक तालिम र व्यवहार उपयोगि शैक्षिक पाठयक्रमको अभावले पनि हुन सक्छ । अर्वपतिका रुपमा चिनिने विनोद चौधरी, उनका बुवा पनि उद्योगपति हुन र सानैदेखि उद्योग व्यवसायमा संलग्न भए । सानै व्यवसाय होस् तर पनि भविष्यमा विनोद चौधरी जस्तै उद्योगपति हुने गुण कयौँ यूवाहरुमा पनि रहन्छ, यद्यपि उनीहरुका बुवाआमा उद्योगमा संलग्न नहुन सक्छन् । त्यसकारण हाम्रो शिक्षा, नेपाली तथा अन्तर्राष्ट्रिय बजार सुहाउँदो हुनु आवश्यक छ । शिक्षा सँगैका शीप मुलक तालिम, गोष्ठी आदिको सृजना गर्नु आवश्यक छ, जसले युवा वर्गलाई उनीहरुले इच्छाएको कार्यमा टेवा पु¥याओस् ।
अर्को कारण यूवा वर्गमा अपर्याप्त पूजी पनि हो जसले गर्दा उनिहरु आफ्नो व्यवसाय संचालन गर्न असमर्थ हुन्छन् किनकी आफु र आफ्नो परिवार बाहेक अन्यत्रबाट पूजी जुटाउन धेरै गाह्रो पर्छ । छिमेकी\नातेदारबाट सापटी लिन, बैंक वित्तिय संस्थाहरुबाट ऋण प्राप्त गर्न र पूजीलाई चलायमान गर्न भरखरकै यूवा भन्दा पनि केहि उमेर बढेकोलाई सजिलो हुन्छ । त्यहाँ युवा प्रति विश्वासको कमी छ जसले गर्दा न्यून अवसर मात्र रहन्छ । हामी माझ स्नातक तह पास गरेका यूवाहरुलाई बिना धितो रु.२०,००,००० (बीस लाख) बराबरको ऋण प्रवाह गर्ने नीति नआएको त होइन तर पनि कार्यान्वयन पक्ष भनेको फलामको चिउरा चपाउनु जस्तै छ ।

सामाजिक शुरक्षाको अभाव, अविभावकको मनमा सधै एउटा संत्रास रहेको छ–बुढेसकालमा मैले दुख पाउँछु भन्ने । यो त्रासका कारण उसले आफुसँग भएको पूजि वा कतैबाट प्राप्त गर्न सकिने पूजि लगाएर कुनै उद्यम संचालन गर्न सक्दैन । यसको साटो आफुसँग भएको रकम जम्मा गरेर राख्ने र आप्mना सन्ततिलाई लगानी गर्न नपर्ने जागिर खान प्रेरित गरिराखेको छ । यी अनि यस्ता कार्यहरुले कैयौँ युवाका नविनतम् सोचहरुलाई मर्न बाध्य बनाइएको छ । त्यसकारण बाल्य काल देखिनै हाम्रा सन्ततिमा उद्यमशीलता मर्दै गएको छ ।

यूवा सर्वेक्षण २०१२ को रिपोर्ट अनुसार सर्वेक्षणमा सहभागी मध्ये ८६.६ प्रतिशत युवा वर्गले आफ्नै व्यवसाय संचालन गर्न इच्छुक रहेको देखाएको छ । यहाँनेर यूवा उद्यमका लागि जनचेतना फैलाउने र यूवाहरु उद्यमशिलता प्रति इच्छुक रहेको कुराले मात्र यूवा उद्यमीको संख्या बढेको छ भन्नु मुर्खपूर्ण तर्क हुन जानेछ । बजार क्षेत्रको अस्पष्टता, राजनैतिक अस्थिरता, भौगोलिक विकटता, पूजीको अभाव र आवश्यक शिक्षा अनि प्रोत्साहनको अभावले युवा उद्यमीहरु चाहेजस्तो बन्न सकेका छैनन् । काठमाण्डौं अतिथि गृहका संचालक कर्ण शाक्य भन्छन् ‘‘म यस मानेमा धेरै खुशी छु कि वर्तमान अवस्थामा धेरै भन्दा धेरै उद्यमशिलताका विचारहरु आएका छन् । मैले धेरै यूवाहरु उद्यमी बनेको पनि देखेको छु ।’’ यधपी विद्यमान दण्डहीनता र उच्छृङ्खल अराजनैतिक क्रियाकलापका कारण वहुसंख्यक यूवाहरु उद्यमी बन्न खुट्टा कमाएका छन् । मलाई लाग्छ हामी श्रोत साधनमा कमजोर छैनौं तर हामी अनि हाम्रो मानसिकता ती श्रोत साधनहरुको सही परिचालन गर्न असमर्थ रहेको छ ।
युवा उद्यमशिलताका दुई धनिभूत समस्याहरुमध्ये पूजीको व्यवस्थापन गर्नु सहज कार्य हो । युवा वर्गलाई लक्षित गरि उचित कार्यक्रम ल्याई व्यवसाय संचालनार्थ ऋण÷पूजी प्रवाह गर्न सकिन्छ तर अनुभवको अभाव रहनु अति नै विकराल अवस्था हो । धेरै व्यवसाय सफलताको लागि गराइ संगैको अनुभव अति नै आवश्यक हो तर अनुभवलाई साटफेर गर्न पाउने अवस्था नै नरहेको कारणले गर्दा हामी उद्यमसीलतातर्फ अग्रसर हुन सकिरहेका छैनौं । शिक्षकले आफुले भनेको हुबहु उल्लेख गर्ने बिद्यार्थीलाई महत्व दिएको छ, शैक्षिक संस्थाहरुले धेरै अङ्क ल्याउने व्यक्तिलाई महत्व दिएको छ तर कुनै उद्योग वा संगठनमा गयो भने समस्या समाधान गर्न सक्ने क्षमता, कार्यदक्षतालाई महत्व दिइएको छ । शिक्षाले ज्ञान, मनोबृत्ति, सीप र व्यवहारमा परिवर्तन ल्याई जीवन सकारात्मक बनाउनु पर्ने हो तर हाम्रो शिक्षाले यस्ता कुनै कुरा दिन सकेको छैन । यो परिवेशबाट नहटे सम्म व्यक्तिमा उद्यमशीलता आउन सक्ने देखिदैन ।
नेपाल उद्योग वाणिज्य महासंघ जसले नेपाली यूवा उद्यमी मञ्च र राष्ट्रिय यूवा व्यवासायी मञ्च मार्फत यूवामाझ वैचारिक वहस, छात्रवृत्ति, उचित शिक्षा, तालिम अनि वकालत गर्दै आएको छ । त्यस्तै गरि अति प्रतिक्षारत युवा स्वरोजगार कार्यक्रमले पनि युवामा आशा देखाएको छ तर पनि सरकारको अस्थिरता र आवश्यक थप कार्य नीतिको अभावले सोचे अनुरुप काम भएको छैन । ६ लाख भन्दा वढीले आवेदन दिएको यूवा स्वरोजगार कार्यक्रमले विगत ३ वर्षमा ३००० लाई मात्रै समेट्न सक्यो र यो वर्ष थप ५० हजार समेट्ने योजना बनाएको छ तर पनि यो संख्या आवेदन मध्येको अति नै न्यून कार्यान्वयन हो ।
राष्ट्रिय यूवा नीति २०१० ले युवा प्राविधिक शिक्षा र उद्यमशिलतामा विसेश जोड दिएको देखिन्छ तर यो कार्यनीतिमा धेरै त्रुटिहरु र थप कार्य नीतिहरु अभाव रहेका छन् । यसको अध्ययन गरेको युवा सर्वेक्षण २०११ को रिपोर्टमा प्राविधिक केन्द्रहरु पर्याप्त अनि उचित स्थानमा नभएका, तालिम अवसरहरुमा नाताबादलाई बढावा दिएको, तालिमको गुणस्तर अति नै न्यून रहेको र तालिम अवधि पनि अपर्याप्त रहेको उल्लेख गरिएको छ । हालै सम्पन्न राष्ट्रिय युवा मञ्च २०१३ ले रोजगारी वढावा आयोगको खरो माग गर्दै राष्ट्रिय युवा नीति २०१० को तुरुन्त लागु गर्न घोषणा गरेको छ ।
उद्यमशीलता भनेको रोजगारी श्रृजनाको रणनिति हो जसले मानिसलाई आर्थिक संबृद्धि तर्पm अग्रसर गराउदछ । यस सम्बन्धि शिक्षाले विषेश गरि यूवा वर्गमा जिम्मेवारी वहन गर्न सिकाउछ र अझ बढी सोच्न सक्ने बनाइ दिन्छ जसले गर्दा चुनौतिहरु सामना गर्न सक्ने, प्रतिफल व्यवस्था गर्न सक्ने र प्रतिफललाई अध्ययन गर्न सक्ने अनुभवको विकास गरिदिन्छ ।

जव सम्म व्यक्तिले असफलता प्राप्त गर्दैन तव सम्म उ सफल वन्न पनि सक्दैन । यसलाई प्रस्फुटन हुने वातावरण सृजना गर्नु पर्दछ जुन राज्यको दायीत्व पनि हो र युवाको अधिकार पनि हो । निश्चित तह सम्मको अध्ययन पछि हरेक युवालाई उसले रोजेको काम गर्ने अवसर र वातावरण निर्माण गरिनु पर्दछ । युवाले त्यस पछि आफुमा भएको शीप अनुसारको क्षेत्रमा काम गर्ने र सोही अनुसारको स्नातकता प्राप्त गर्न लगनशील भै अगाडि बढ्न सक्दछ । राज्यले सामाजिक शुरक्षा प्रत्याभूत गर्ने– बृद्ध भत्ता वा बेरोजगार भत्ता उपलब्ध गराउने राम्रो व्यवस्था गर्न सक्ने हो भने व्यक्तिले जोखिम मोलेर भए पनि आप्mनो सकृय उमेरमा उद्यमी बन्ने साहस गर्न सक्दछ । आफुले गरेको काम असफल भए पनि राज्यले हेर्छ भन्ने भएमा उसमा साहस सृजना भई केही रोजगारी सृजना हुने काममा सरिक हुन प्रेरित गर्दछ ।

अन्य राष्ट्रहरुलाई नियाली हेर्दा युवा विकासका सफल कार्यक्रमहरु जस्तै खुल्ला बजारीकरण, युवा उद्यमशिलता र युवा विकास प्रतिको सोचाई हामीमा पनि रुपान्तरण गर्नु आवश्यक छ । हामी केन्याको उदाहरण हेर्न सक्छौं जहाँ सरकारी विद्यालयहरुमा कृषि व्यवसाय सम्बन्धि अध्ययन २०१५ बाट गराइदैछ यसको दीर्घकालीन उद्देश्य भनेको राष्ट्रलाई २०३० सम्म आर्थिक विकासको लागि कृषिलाई मुख्य आधार बनाउनु हो । प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘‘केन्या राष्ट्र आर्थिक समृद्धीको लागि यूवाहरुलाइ साना तथा मझ्यौला कृषि व्यवसायमा अग्रसर गराउन चाहन्छ’’ यही उदाहरण हेर्ने हो भने हाम्रो लागि पनि हाम्रा प्राथमिक तथा माध्यमिक तहमा पढाइ हुने शैक्षिक कार्यक्रममा परिवर्तन आवश्यक छ जसले गर्दा हाम्रा साना भाइबहिनीहरुलाई पनि देशमै रही आफ्नै व्यवसाय संचालन गर्न सकिने वातावरण बनाउन प्रेरित गरोस् । वर्तमान अवस्थामा हाम्रो विश्वविद्यालयमा रहेका सरकारी लगानीहरुले दक्ष जनशक्ति उत्पादन त गराएको छ तर त्यो प्रतिफल लिन सकेको छैन । विदेश जान बढावा दिने हाम्रो विश्वविद्यालय तहका शिक्षाहरु थप प्राविधिक र अनुसन्धान तर्फ केन्द्रित हुनु पर्दछ जसले हाल विद्यमान बौद्धिक पलायनको समस्या, न्यून गर्न सक्ने राष्ट्रिय कार्यक्रम तथा नीतिहरु आओस् । अनि समग्र राष्ट्रलाई नै टेवा पु¥याउन सकोस् ।

रेमिटान्स र वैदेशिक आर्थिक सहायताले मुख्य अर्थतन्त्र धानेको हाम्रो मुलुकमा, रेमिट्यान्सबाट भित्रिएको रकमलाई मात्र पनि उच्च मुल्य बालीका कृषिजन्य व्यवसायमा लगानी गर्ने हो भने यसले कृषिजन्य उत्पादन मात्र बढाउने होइन, कैयौँ गाउँमा रहेका बेरोजगार यूवाहरुलाई रोजगारी र उद्यमी बनाई उनीहरुको जिवनयापनमा सहजता ल्याउनेछ । हाल कृषि पढेका विद्यार्थी भन्दा पनि विदेशबाट श्रम गरी शिप सिकेर आएका यूवाहरु बढी मात्रामा आधुनिक कृषिजन्य व्यवसायमा लागेका छन् । प्लाष्टिक घरभित्रको टमाटर खेती, बेमौसमी बन्दा काउली खेती, स्वस्थ्यकर मासु बधशाला, बाख्रा पालन, बंगुर पालन जस्ता कार्यक्रमहरु सफलतापूर्वक सञ्चालन गर्दै आएका छन् । स्पष्ट भन्नु पर्दा जबसम्म यूवालाई राष्ट्रिय मूलधारमा ल्याइदैन तवसम्म समृद्ध राष्ट्रको परिकल्पना गर्नु दिवा सपना मात्र हुन जानेछ । यूवा वर्ग राष्ट्रको केन्द्रविन्दु हुन् जहाँ यूवाको आवाज गुन्जीनु आवश्यक छ अनि नीतिनिर्माणमा यूवा सहभागितालाई विशेष ध्यान दिनु यही नै अति उपयोगी हुन जाने छ, जसले नेपाली यूवालाई उद्यमी र उद्यमशिलता तर्फ सधै प्रेरित गरिरहोस् ।

लेखक नेपाल प्रतिनिधि, विकासका लागि कृषि अनुसन्धानमा यूवा व्यवसायीहरुको मञ्च (YPARD)
इ–मेल : [email protected]

रचनात्मक प्रतिक्रिया दिनुहोस् :