पुस महिनामै जुम्ली स्याउका बिरुवा पूर्वी जिल्लामा निकासी हुँदै

यो समाचार 318 पटक पढिएको

जुम्ला,   ८ पुस । यस वर्षको पुस महिनामा नै जुम्ली प्राङ्गारिक स्याउका बिरुवा नेपालको पूर्वी जिल्लामा निकासी गर्ने कार्य तीव्र रूपमा भइरहेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले स्याउ कृषकले उत्पादन गरेको स्याउको बिरुवा बिक्रीका लागि कुनै पनि वास्ता नगरेकाले जिल्लाका नर्सरी धनीले अहिले बाध्य भएर लगानीको ७५ प्रतिशत घाटा खाएर स्याउ बिक्री गरिरहेका छन् ।

विगतका वर्षमा स्याउ कृषकले प्रतिबिरुवाको २५ देखि ३५ मा बिक्री गरेर मनग्य आम्दानी लिए पनि यस वर्ष भने प्रतिबिरुवाको रु पाँचदेखि १२ मा बिक्री गरेको डिल्लीचौर– २ जुम्लाका नर्सरी धनी तिलक बुढाले बताउनुभयो ।
Apple 1 तीन वर्ष लगाएर स्याउ उत्पादन भयो तर कसैले नलिएपछि झार हुने अवस्था भएकाले घाटा खाएर भए पनि बिक्री गरियो, उहाँले भन्नुभयो, त्यसैगरी डिल्लीचौर– १ का सुक बुढाले चौधबीस भेकमा मात्र जुम्लाका २० वटा गाविसलाई पुग्ने स्याउ उत्पादन भएको छ तर लगानी डुबाएर भए पनि थोरै पैसामा चित्त बुझाउनु परेको दुखेसो व्यक्त गर्नुभयो ।

चिल्खाया– १ कालिकोटका बिरुवा व्यापारी मानबहादुर खत्रीले आफूले यतिबेला जुम्लाबाट करिब पाँच हजार बिरुवा खरिद गरी पाँचथर, ओखलढुंगा, सगरमाथालगायतका पूर्वाञ्चलको उत्तरी भेगमा पर्ने सबै जिल्लामा बिक्री गर्नुको साथै भारतको दार्जिलिङसम्म पु(याउने लक्ष्य रहेको बताउनुभयो ।

व्यापारी खत्रीका अनुसार पूर्वका जिल्लामा प्रतिबिरुवा ६० देखि ७० मा बिक्री हुने गर्दछ । अघिल्लो वर्ष एक हजार ५ सय बिरुवा बिक्री गरेको खत्रीले यस वर्ष यतिबेला पूर्वमा पाँच हजार बिरुवा लिएको र त्यसपछि फागुन महिनामा सुदूरपश्चिका दार्चुला, डोटी, डडेलधुरा, बैतडी र बाजुरामा जिल्लाका स्याउका बिरुवा पु(याउने भएका छन् ।

उहाँले भन्नुभयो, “मिहिनेत पनि धेरै गर्नुपर्छ एक, डेढ महिनामा रु दुई लाख ५० पनि आम्दानी हुन्छ । यद्यपि जुम्ली स्याउ उत्पादक कृषकले उत्पादित स्याउको बजार व्यवस्थापनमा राज्यको सम्बन्धित निकायले कुनै वास्ता नगरेकोमा रोष प्रकट गरेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :