विविध कार्यक्रमसहित जोना डे मनाइदैं

यो समाचार 261 पटक पढिएको

Jonaa Master Header dd

काठमाडौं, १९ मंसिर / नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना) ले दोश्रो बर्ष पार गरेर शनिबारदेखि तेश्रो बर्षमा प्रवेश गरेको छ ।


जोनाले दोश्रो बार्षिकोत्सवको अवसरमा सम्पूर्ण कृषि पत्रकार, किसान, कृषि उद्योगी, नीति निर्माणकर्ता तथा सुभेच्छुकमा हार्दिक शुभकामना व्यक्त गरेको छ । जोनाले बार्षिकोत्सवको अवसरमा सप्ताह व्यापी कार्यक्रम गरेर मनाउदैं छ । जसअनुसार शनिबार प्रमुख राजनीतिक दलका किसान भगिनी संगठनका नेतृत्ववर्गसँग कृषिका बिषयमा अन्तरक्रियाको आयोजना गरेको छ । यसैगरी दुई पछि रक्तदान र आगामी सोमबार बृहत कार्यक्रमको आयोजना गरेको छ । सोमबार कृषि क्षेत्रमा सक्रियता पूर्वक कलम चलाउने पाँचजना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम छ । यसैगरी सोही दिन उर्वर भन्ने स्मारिकाको बिमोचन र अन्य विविध कार्यक्रमको आयोजना गरिएको छ ।

जोनामा राष्ट्रिय स्तरका दैनिक पत्रिका, टेलिभिजन, देशभर सुनिने एफएम रेडियो, ठूला अनलाइनमा कृषि क्षेत्रमा निरन्तर रुपमा कलम चलाउने ४० भन्दा बढी व्यवसायिक पत्रकार आवद्ध छन् । जोनाले २०७० मंसिर १९ गते विधिवत् रुपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट कानुनी मान्यता प्राप्त गरेको थियो ।
जोनाले कृषि क्षेत्रसँग सम्बन्धित विषयहरुमा बैठक, भेला, सभा, सम्मेलन, गोष्ठि, अन्तरक्रिया, तालिम, प्रशिक्षण, सार्वजनिक वहसलगायत अन्य रचनात्मक गतिविधि सञ्चालन गर्दैआएको छ ।

यसैगरी कृषि क्षेत्रको प्रवद्र्धन र विकासको लागि समाचारपत्र, रेडियो, टेलिभिजन तथा अनलाइनसम्बन्धी खोजमुलुक सामाग्री उत्पादन गरेर प्रकाशन र प्रशारण गर्दैआएको छ । जोनाले कृषि क्षेत्रका विभिन्न आयामहरुका बारेमा अध्ययन तथा अनुसन्धान गरेर सरोकारवाला निकायको ध्यान आकृष्ट गराउने काम पनि गर्दै आएको छ । यस्तै कृषि क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुलाई संगठित गरेर उनीहरुको क्षमता अभिबृद्धि गर्ने खालको क्रियाकलाप सञ्चालन गरेको छ ।

सञ्चारकर्मीहरुका लागि जोखिम कोष स्थापना गर्नुका साथै उत्कृष्ट समाचार सम्प्रेषण गरेवापत सञ्चारकर्मी, खोजमुलक अनुसन्धान गरेवापत बिज्ञ, खेतीपातीमा उत्कृष्ट ठहरिएका किसानलगायतलाई पुरस्कृत गर्ने काम पनि जोनाले गर्दैआएको छ । जोनाले नै नेपालको पहिलो व्यवसायिक कृषिसम्बन्धी अनलाइन न्युज एग्रो डट कम र कृषिसम्बन्धी बहस गर्ने थलो कृषि उपभोक्ता डबली पनि सञ्चालनमा ल्याएको छ । जोनाको अनामनगरस्थित सिंहदरबारको पूर्वीे गेटमा सुविधासम्पन्न आफ्नै केन्द्रिय कार्यालय छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :