उखुको मूल्य निर्धारण नहुँदा किसान समस्यामा

यो समाचार 158 पटक पढिएको

सिराहा, ८ पुस । सिराहालगायतका तराई भेगमा उखुको मूल्य निर्धारण हुन नसक्दा यो वर्ष किसान समस्यामा पर्ने भएका छन् । मूल्य निर्धारण गर्ने विषयमा चिनी उद्योग संघ र उखु उत्पादक संघबीच भएको पटक पटकको वार्ता टुङ्गोमा पुग्न नसकेपछि अधिकाँश किसानले लगाएको उखु खेतमै सुक्न थालेका छन् ।

यो वर्ष उखु उत्पादक संघले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ५० माग गरेकामा चिनी उद्योग संघले प्रतिक्विन्टल ४ सय ५२ मात्र दिनसक्ने बताउँदै आएको छ । उखुको मूल्य निर्धारण नभएपछि किसानले भने आफ्नै उखु सस्तो मूल्यमा सखर उद्योगमा बिक्री गर्न थालेको डुमरीका किसान सन्दिप यादवले

Sugarcane

जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय किसानले खेतमै मिल जडान गरेर सखर बनाउने कार्य सुरु गरेका छन् ।

चिनी मिलका सञ्चालकले उखु खरिद गरे पनि समयमा रकम उपलब्ध नगराएको किसान बताउँछन् । सस्तो दरमा उखु बिक्री गर्दा पनि चिनी उद्योगले समयमा रकम उपलब्ध नगराएपछि किसानले बाध्य भएर सखर बनाउन थालेको मिर्चैयाका किसान हरिदेव यादवको भनाइ छ । उहाँले भन्नुभयो, “सखर बनाउँदा मिहेनत बढी लाग्छ तर आम्दानी राम्रै हुन्छ ।” जिल्ला कृषि विकास कार्यालय सिरहाका बाली विकास अधिकृत चन्द्रदेव मण्डलका अनुसार जिल्लामा दुई हजार ५ सय हेक्टर क्षेत्रफलमा उखुखेती हुने गर्छ ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :