माछामा पनि ‘ब्लाष्ट फ्रोजन’ प्रविधि

यो समाचार 179 पटक पढिएको

 ‘जनचेनता विस्तार नुहँदा बजार विस्तारमा समस्या’

काठमाडौं,  खसीको मासु र कुखुराको मासुको उत्पादनमा केही समयअघि भित्र्याइएको ‘ब्लाष्ट फ्रोजन’ प्रविधी माFishछा उत्पादनमा समेत प्रयोग गरिएको छ । मासुको स्वच्छता कायम गर्न विश्वमा प्रचलित यो प्रविधिको प्रयोग गरेर काठमाडौंको माइतिघरस्थित ‘माछा घर’ ले भित्र्याएको हो । देशभर पाइने असला, पंगास, सिल्भर विगर, ट्राउड माछाको ब्लाष्ट फ्रोजन प्रविधिको प्रयोग गरेर उत्पादन गरिरहेको माछाघरका संचालक दिपेन्द्र भण्डारीले बताए ।

“जिउदो माछाको ढुवानीको समस्या र मृत माछाको स्वच्छता कायम गर्न देखिएको चुनौति गर्न माछामा ब्लाष्ट फ्रोजन प्रविधि प्रयोग गर्न थालेको हुँ,” उनले भने, “हामीले माइनस ३५ डिग्री सेन्डिग्रडमा माछालाई चिसो पारेर तयार गर्ने भएकाले पूर्णतया स्वच्छ छ ।” ४५ लाख रुपैयाको लगानीमा व्यवसाय गरिरहेका उनले दिनमा २ सय किलो माछासम्म तयार गर्ने प्रविधि आफूसँग रहेको बताए । ब्लाष्ट फ्रोजन प्रविधि मासुको स्वच्छता कायम राख्न उपयुक्त प्रविधि रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता प्रमोद कोइरालाले बताए । “माइनस कम्तिमा १८ डिग्रीमा मासुलाई चिस्याएर तयार गरिने प्रविधि ब्लाष्ट फ्रोजन विश्वमा चलेको प्रविधि हो,” उनले भने, “साच्चिकै गुणस्तरियता काम गरियो भने यो प्रविधिबाट उत्पादित माछा वा मासु स्वच्छ रहन्छ ।” यो प्रविधिको प्रयोगले मासुबाट मान्छेमा सर्ने रोगका किटानु समेत नष्ट गर्ने हुनाले नेपालमा यस्तो प्रविधिले ब्यापकता पाउनु सकारात्मक रहेको उनले बताए ।

धादिङमा कारखाना स्थापना गरी अल्पाइन मिटले ‘ब्लाष्ट फ्रोजन’ प्रविधिको प्रयोग गरेर खसीको मासुको उत्पादन गरिरहेको छ भने कुखुरामा काठमाडौंस्थित भ्याली कोल्ड स्टोर र नवलपरासीस्थित नेपाल मिट प्रोसेसिङ प्रालिले यसअघि नै यो प्रविधिको प्रयोग गरेर मासु उत्पादन गरिरहेका छन् । उत्पादित मासुलाई ‘कोल्ड चेन’ को अवस्था कायम गर्दै कम्तिमा माइनस १८ डिग्रीसम्म तापक्रममा राखिएको अवस्थामा माछामासु ६ महिनादेखि १ पर्षसम्म गुणस्तरता कायम रहने गर्छ । गुणस्तरिय भए पनि नागरिक सचेतनाको अभावले फ्रोजन फिसको बजार विस्तार प्रमुख चुनौतिको रुपमा देखिएको माछा घरका संचालक भण्डारीले बताए । “सामान्य अवस्थामा मारिएको माछा ३० मिनेटपछि विस्तारै कुहिने भएकाले माछामा फ्रोजन प्रविधि उपयुक्त भएकाले सुरु गरेको हुँ,” उनले भने, “यसको महत्वका विषयमा उपभोक्ता सचेतना नहुँदा बाजर विस्तारमा समस्या परेको छ ।” महत्व बुझेका सीमित ग्राहकले नियमित रुपमा मनपराएर माछा उपयोग गरिरहेको उनी बताउँछन् । माछा मासुको बजार विस्तार गर्न बनेको पशु बधशाला तथा मासु जाँच ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा समेत मासु बजार विस्तारमा समस्या परेको व्यवसायीको गुनासो छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :