सुन्तला उत्पादन वृद्धि

यो समाचार 335 पटक पढिएको

धनगढी,  ८ पुस । कैलाली जिल्लाको पहिचान बनिसकेको ‘निगालीको सुन्तला’ को उत्पादन यस वर्ष बढेको छ । पहाडी क्षेत्रको निगाली गाविसमा उत्पादन हुने हुदा यो क्षेत्रमा उत्पादन हुने सुन्तलालाई व्यापारी र सर्वसाधारणले निगालीको सुन्तलाको नामले चिन्ने गरेका छन् । निगाली गाविसका अगुवा कृषक टीकाराम आचार्यले यस वर्ष निगाली र आसपासका क्षेत्रमा ६० देखि ७० टन सुन्तला उत्पादन भएको बताउनुभयो ।

गत वर्ष झन्डै ५० टनसम्म सुन्तला उत्पादन भएOrange In Ireeको थियो । यस वर्ष उत्पादन केही बढेको भए पनि हाँगा पहेंलो भई सुक्ने र दानामा दाग लाग्ने रोगको समस्या देखिएको आचार्यले बताउनुभयो । जिल्लाको पहाडी क्षेत्रमा पर्ने निगालीसहित सहजपुर र खैराला गाविसलाई सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा लिई जिल्ला कृषि विकास कार्यालयले स्थानीय कृषकलाई विभिन्न प्राविधिक सहयोग पुयाउँदै आएको छ ।

सुदूरपश्चिमका अन्य जिल्लामा उत्पादन हुने सुन्तला भन्दा निगालीमा उत्पादन हुने सुन्तला निकै स्वादिलो हुने, दाना ठूलो र आकर्षक देखिने गरेकाले यो क्षेत्रको सुन्तला कैलालीको पहिचान बनिसकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख खगेन्द्रप्रसाद जोशी बताउनुहुन्छ । व्यापारी तथा उपभोक्तामाझ निगालीको सुन्तलाको माग बढ्दै गएसँगै सो क्षेत्रमा बर्सेनि सुन्तलाखेतीको विस्तार पनि हुन थालेको छ । “अहिले निगालीमा मात्रै व्यावसायिक रूपमा सुन्तलाखेती गर्ने किसान २०० भन्दा बढी पुगिसकेका छन् ।

आफ्नो खेतमा ५३२ बोट सुन्तला रोप्नुभएका कृषक आचार्यले भन्नुभयो, “एउटा किसानले वर्षमा सुन्तला बिक्रीबाट मात्रै कम्तीमा ५० हजारदेखि बढीमा रु छ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।” धनगढी, अत्तरियालगायतका सहरी क्षेत्रमा व्यापारीले अन्य जिल्लाबाट बिक्रीका लागि ल्याउने गरेको सुन्तलालाई ‘निगालीको सुन्तला’ भन्दै बिक्री गर्ने गरेको पाइएको निगालीका अर्का कृषक प्रेम आचार्य बताउनुहुन्छ ।

उत्पादन क्षेत्रमा थोकमा प्रतिक्विन्टल रु चार हजार ५ सयदेखि छ हजारमा खरिद बिक्री भइरहेको सुन्तला धनगढी अत्तरियालगायतका बजार क्षेत्रमा व्यापारीले प्रतिकिलो ८० देखि रु १ सय सम्म बिक्री गर्ने गरेका छन् । अन्यत्रबाट ल्याइएका उन्नत जातका सुन्तलाभन्दा स्थानीय जातका सुन्तला स्वादिलो एवम् मीठो हुने हुँदा स्थानीय कृषकले आफैँ स्थानीय जातका सुन्तलाको बीउ तयार गरेर बोट रोप्ने गरेका छन् ।

सुन्तलाखेती विस्तार हुँदै गएपनि सिँचाइका लागि पानीको अभाव, उत्पादन भएपछि सहजरूपमा बजारसम्म सुन्तला पु(याउन बाटोको असुविधा र उत्पादित सुन्तला भण्डारणका लागि शीत भण्डारलगायतका समस्या झेल्नुपरेको स्थानीय कृषक बताउँछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :