तीन बर्षमा पाँच कृषिजन्य बस्तुमा आत्मनिर्भर बनाइने

यो समाचार 483 पटक पढिएको

काठमाडौं, १५ मंसिर / सरकारले आगामी तीन बर्षमा अत्याधिक आयात हुने कृषि उपजमा मुलुकलाई आत्मनिर्भर बनाउने तयारी गरेको छ । कृषि विकास मन्त्रालयले धान, तरकारी, चिया, दुध र माछामा मुलुकलाई आत्मनिर्भर बनाएर निर्यात गर्ने तयारीसमेत गरेको हो ।

Haribol Gajurelकृषि विकास मन्त्री हरिबोल गजुरेलकाअनुसार ति पाँच वटा कृषिजन्य बस्तुतर्फ करोडौं मूल्यबराबरको उपभोग्य बस्तु आयात भइरहेकाले प्राथमिकताका आधारमा धान, तरकारी, चिया, दुध र माछालाई आत्मनिर्भर बनाउन लागिएको हो । आत्मनिर्भर बनाउनका लागि सरकारले हालै सार्वजनिकीकरण गरिएको दीर्घकालिन कृषि रणनीति(एडीएस) ले बोकेको आधारलाई समेट्दै आगामी बर्षदेखि बिशेष कार्यक्रम सञ्चालनमा ल्याइने मन्त्री गजुरेलले बताए ।

मन्त्रालयद्वारा शुक्रबार आयोजित कृषिमा आत्मनिर्भरताको अवस्थाः प्रारम्भिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री हरिबोल गजुरेलले यस्तो जानकारी दिएका हुन् । ‘कृषि प्रधान मुलुक भनेर चिनिने हाम्रो मुलुकमा कृषि बस्तुको आयात दर विकराल रुपमा देखिएको छ’, मन्त्री गजुरेलले भने,‘नाकावन्दीका कारण कृषिजन्य उद्योग कच्चा पदार्थको अभावमा झनै जर्जर अवस्थामा पुगेकाले आगामी तीन बर्षभित्रमा कम्तिमा पाँच वटा कृषि बस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने तयारी गरेका छौं ।’ उनकाअनुसार यसवाहेक मासु, दलहन, मकै, स्याउ, तेलहन, आलुका क्षेत्रमा पनि आत्मनिर्भर उन्मुख कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनमा ल्याइनेछ ।

मन्त्रालयको योजना महाशाखाका सहसचिब योगेन्द्र कार्कीकाअनुसार चालु आर्थिक बर्षको धानवालीको क्षेत्रफल १४ लाख २० हजार पाँच सय ७० हेक्टर क्षेत्रफललाई बिस्तार गरेर आगामी आर्थिक बर्ष २०७४।०७५ सम्ममा १४ लाख ७६ हजार पाँच सय ४० हेक्टरमा पु¥याइनेछ । यसैगरी ३.१७ मेट्रिक टन प्रति हेक्टरबाट उत्पादकत्व बढाएर आगामी तीन बर्षमा ३.६६ मेट्रिक टन प्रति हेक्टर बृद्धि गरिनेछ । चालु आर्थिक बर्षमा भएको चामलको आयात दर पाँच लाख ३० हजार मेट्रिक टनलाई घटाएर तीन बर्ष पश्चात १० हजार पाँच सय ५७ मेट्रिक टन निर्यात गर्ने लक्ष्य राखिएको छ । करिब १४ अर्ब व्यापार घाटा रहेको यो क्षेत्रलाई आगामी तीन बर्षमा तीन अर्ब मूल्यबराबरको निर्यात गर्न नेपाल सक्षम हुने मन्त्रालयको दाबी छ ।

यसैगरी दूधतर्फ चालु आर्थिक बर्षमा रहेका २३ लाख ९५ हजार तीन सय ८७ वटा पशुपन्छीको संख्या बृद्धि गरेर आगामी तीन बर्षमा २४ लाख चार हजार पाँच सय ६४ मा पु¥याउने लक्ष्य छ । अहिलेको दूधको उत्पादन १६ लाख ७६ हजार सात सय ७१ लिटरबाट १९ लाख २३ हजार ६ सय ५१ लिटर पु¥याएर प्रति व्यक्ति प्रति बर्ष ७५ लिटर उपलब्ध गराउने मन्त्रालयले महत्वकाँक्षी लक्ष्य बोकेको छ । हाल प्रति बर्ष प्रति व्यक्तिको भागमा ६४ लिटर दूध पर्दैआएको छ ।

यस्तै हालको तरकारीको क्षेत्रफल दुई लाख ४८ हजारलाई विस्तार गरेर आगामी तीन बर्षमा दुई लाख ५० हजार क्षेत्रफलमा पु¥याइनेछ । ३३ लाख २३ हजार दुई मेट्रिक टनलाई बृद्धि गरेर ३४ लाख २५ हजार मेट्रिक टन पु¥याई ब्यापार घाटालाई सन्तुलनमा ल्याएर करिब ८३ करोड मूल्यबराबरको ८३ हजार ६ सय ९६ मेट्रिक टन तरकारी निर्यातसमेत गर्न सकिने मन्त्रालयको लक्ष्य छ । अहिले बार्षिक १८ करोड मूल्यबराबरको १८ मेट्रिक टन तरकारी मात्रै आयात भइरहेको छ ।

मन्त्रालयकाअनुसार माछातर्फको व्यापार घाटालाई सन्तुलनमा ल्याएर आगामी तीन बर्ष पश्चात २८ करोड मूल्यबराबरको चार हजार पाँच सय ८४ मेट्रिक टन निर्यात गर्ने योजना छ । यसका लागि हालको माछाको क्षेत्रफल आठ हजार २० हेक्टरलाई बिस्तार गरेर तीन बर्षमा १० हजार दुई सय २० हेक्टरमा पु¥याइनेछ । यसका साथै प्रति हेक्टर ३.८९ मेट्रिक टनलाई बृद्धि गरेर ४.३ मेट्रिक टन प्रति हेक्टर पु¥याउने मन्त्रालयको लक्ष्य छ । हालको उत्पादन ३१ हजार एक सय ९८ मेट्रिक टनmाएै बृद्धि गरेर ४३ हजार चार सय ३५ मेट्रिक टन पु¥याई व्यापार घाटा शुन्यमा झारेर २८ करोड मूल्यबराबरको चार हजार पाँच सय ८४ मेट्रिक टन माछा निर्यात गर्ने योजना छ । हाल ४७ करोड मूल्यबराबरको सात हजार ६ सय ५३ मेट्रिक टन माछा आयात हुँदै आएको छ ।

त्यसैगरी चियाको हालको क्षेत्रफल १९ हजारबाट बिस्तार गरेर २० हजारमा पु¥याई आगामी तीन बर्षमा २२ हजार दुई सय मेट्रिक टन चिया उत्पादन गर्ने लक्ष्य राखिएको छ । हाल बार्षिक २० हजार पाँच सय ८८ मेट्रिक टन उत्पादन हुन्छ । यो योजनाअनुसार हालको आयात दर बार्षिक पाँच करोड ७५ लाखलाई तीन बर्षमा झारेर दुई करोडमा पु¥याइनेछ भने निर्याततर्फ दुई अर्बबाट बृद्धि गरी दुई अर्ब ६० करोड पु¥याउने लक्ष्य मन्त्रालयले राखेको छ ।

तथ्याँंकमा आत्मनिर्भर बनाउने योजनाको अवस्था
१. धान
परिमाण अवस्था        ०७१।०७२                ०७२।०७३             ०७३।०७४                   ०७४।०७५
क्षेत्रफल(हे.)                १४२०५७०                १४४०३७०             १४६३९८०                  १४७६५४०
उत्पादन(मे.)               ४५०३२०७                ४९४०४६९            ५२२६४०९                  ५४०४१३६
आयात(मे.)                –५३००००                –२६७६४२.६८       –९६०७८.९८              +१०५५७.२
व्यापार सन्तुलन(रु.)  –१४ अर्ब                  –६ अर्ब                –२ अर्ब                      +३ अर्ब
२. तरकारी
क्षेत्रफल(हे.)                २४८०००                  २४८५००               २४९०००                    २५००००
उत्पादन(मे.)              ३३२३२००                ३३५४७५०             ३३८६४००                  ३४२५०००
आयात(मे.)                –१८१०४                  +१३४४६              +४५०९६                    +८३६९६
व्यापार सन्तुलन(रु.)  –१८ करोड               +१३ करोड           +४४ करोड                 +८३ करोड
३. माछा
क्षेत्रफल(हे.)                 ८०२०                      ९२२०                   ९७२०                         १०२२०
उत्पादन(मे.)               ३११९८                    ३६८८०                 ३९८५२                       ४३४३५
आयात(मे.)                 –७६५३                    –१९७१                +१००१                      +४५८४
व्यापार सन्तुलन(रु.)  – ४७.३३ करोड        – १२.१८८ करोड   + ६ करोड                  + २८ करोड
४. चिया
क्षेत्रफल(हे. ०००)           १९                         १९.२५                १९.७५                          २०
उत्पादन(मे.)                २०५८८                   २११००               २२०००                         २२२००
आयात(रु.)                   ५.७५ करोड             ५ करोड              ४ करोड                       २ करोड
निर्यात(रु.)                   २ अर्ब                     २.१ अर्ब             २.४ अर्ब                       २.६ अर्ब
५. दुध
दुध उत्पादन गर्ने पशु संख्या                            २३९५३८७              २३९६८४५           २४०२७८५            २४०४५६४
दुध उत्पादन(लि.)                                           १६७६७७१              १७४९६९७            १८२६११७            १९२३६५५१
प्रति व्यक्ति प्रति बर्ष दुध उपलब्धता (लि.)     ६४                         ६७                       ७०                       ७५
स्रोत: कृषि विकास मन्त्रालय, २०७२

रचनात्मक प्रतिक्रिया दिनुहोस् :