गोदावरी फूलको नवौं प्रतियोगितात्मक प्रदर्शनी हुँदै

यो समाचार 205 पटक पढिएको

काठमाडौं /कृषि मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ९ औं गोदावरी फूल प्रतियोगिताको प्रदर्शनी हुने भएको छ । ९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७२ हुने सो संस्थाका उपाध्यक्ष दीलिप बादेल पत्रकार सम्मेलन गेरी जानकारी दिएका हुन् ।

तत्कालिन शाही वनस्पति उद्यान, गोदावरीले विसं २०५३ सालदेखि गर्दै आएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला विगत २०६४ साल देखि २०७० साल सम्म कृषि विभाग, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, आयोजक तथा फ्लोरिकल्चर एशोसिएसन नेपाल सह आयोजक भई गोदावरी मेला संचालन गर्दै आइरहेको बादेले जनाए । गत वर्ष देखि भने कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरकल्चर एशोसिएसन नेपालले आयोजना गर्दै आएको छ ।

गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उद्देश्यले ९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १९ देखि २२ गतेसम्म जावलाखेलको खेलमैदान, ललितपुरमा संचालन गरिन लागेको छ । यसै सन्दर्भमा नजिकै आइरहेको तिहार पर्वलाई लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागेका आयोजकले जनाएको छ । तिहार पर्वको एक आकर्षक पुष्पको रुपमा रहेको गोदावरी पुष्पको व्यवसाय प्रवद्र्धन गर्न आयोजना गरिएको यस प्रदर्शनीको नारा “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने रहेको छ ।

प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । मेलामा व्यवसायिक स्टल, सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल सहित जम्मा ३६ वटा प्रदर्शनी कक्षहरु रहने छन् । मेलामा गोदावरी फूलको विभिन्न प्रजातीका फूलहरुका साथै अन्य फूल बिरवाहरु समेत प्रदर्शनीमा रहने छ ।

नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तार सँगसँगै पुष्प व्यवसायको केन्द्र काठमाडौं मात्र नभएर पोखरा, नारायणघाट, हेटौंडा, विराटनगर, धरान, धनगढी लगायतका सहरहरुमा फैलदो स्थितिमा छ । आर्थिक वर्ष २०७०र७१ सम्ममा ३८ जिल्लामा लगभग ६७५ पुष्प फर्मरनर्सरीहरु बिस्तार भइसकेको छ । १४१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको र ४१,००० भन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रृत र रोजगारी उपलब्ध गराइरहेको यस व्यवसायले आ।ब। २०७१र७२ जम्मा १ अर्व २७ करोड ७५ लाख भन्दा बढीको कारोबार गर्न सफल भएको छ । निर्यात तर्फ रु ४ करोड रहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :