पुष्प व्यवसायलाई प्रवद्र्धन गर्न अहिलेसम्मकै उच्च बजेट

यो समाचार 232 पटक पढिएको

पोखरा, १७ कात्तिक/ नेपालमा पुष्प व्यवसायलार्ई प्रवद्र्धन गर्न नेपाल सरकारले हालसम्मकै ठूलो बजेट विनियोजन गरेकोे छ ।

OLYMPUS DIGITAL CAMERA

हरेक वर्ष भारतीय फूलमा निर्भर बन्दै आएको नेपाललाई स्वदेशी फूल उत्पादन गर्न नेपाल सरकारले कृषि विकास मन्त्रालय मार्फत हालसम्मकै ठूलो बजेट विनियोजन गरेको फ्लोरीकल्चर एसोसियसन नेपालका उपाध्यक्ष दिलिप बादेले बताए । हरेक वर्ष करोडौंको फूल भारतबाट आयात गर्नु परेको अवस्थामा नेपाल सरकारले हाल एक वर्षे पुष्प प्रवद्र्धन कार्यक्रम अन्र्तगत ५ करोड ५० लाख रुपैयाँ बजेट विजिनयोजन गरी स्वदेशमै फूल उत्पादनमा जोड दिन बजेट निवियोजन गरेको उपाध्यक्ष बादेले जनाए ।

उक्त कार्यक्रमले पुष्प व्यावसाय प्रवद्र्धन कार्यक्रम अन्र्तगत पुष्प तथा पुष्पजन्य बस्तुको उत्पादन र उत्पादकत्वमा बृद्धि गर्न, पुष्प तथा व्यवसायमा निजी क्षेत्रको संलग्नता बढाउदै उत्पादनकलाई प्रतिष्प्रर्धी बनाई आन्तरीक बजार व्यवस्थापन तथा निर्यात प्रवद्र्धन गर्ने र स्थानीय अनुवांशित पुष्प श्रोतको संरक्षण र सम्बद्र्धन गर्ने भएको छ । नेपाल सरकार अन्र्तगत कृषि विकास मन्त्रालयले उक्त बजेट विनियोजन गरेको छ भने सो कार्यक्रमलाई सफल पार्न सरोकारवाला पुष्प व्यवसायीहरुले भने १ करोड ७५ लाख ७९ हजार ५०० रुपैयाँ लगानी गर्ने भएको बादेले जनाए । उक्त कार्यक्रमको कुल बजेट ७ करोड २ लाख ९७ हजार ५०० रहेको हो ।

फ्लोरीकल्चर एसोसियसन नेपालको आयोजनामा पोखरामा आयोजना भएको जिल्ला स्तरको सरोकारवालासँग पहिलो समन्वय बैंठकमा पुष्प व्यवसाय प्रवद्र्धन कार्यक्रमको बारेमा प्रकास पार्दै उपाध्यक्ष बादेले केन्द्र पछिको जिल्ला स्तरको पहिलो कार्यक्रम पोखरामा भएको जनाए । उपाध्यक्ष बादेले यस वर्ष नेपालले २० प्रतिशत जसो भारतीय फूललाई प्रतिस्थापन गर्ने दाबी गरे । उनले भने “हामी ५ वर्ष अघि करिब ८० प्रतिशत जसो भारतबाट फूल नेपाल भित्राउने गरेका थियौ भने हाल २० प्रतिशत जसो मात्र भारतबाट फूल भित्राउने गरेका छौं । ” अबको ५ वर्ष भित्रमा नेपाल फूलमा आत्मनिर्भर भइ ९५ प्रतिशत स्वदेशमै फूल उत्पादन हुने उनले बताए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्री कृषि निर्देशक ह््रदयनाथ घिमिरेले भ्यालु चेञ्ज अर्थात प्रत्यक्ष किसानलाई जोडेर पुष्प व्यवसाय प्रबद्र्धन कार्यक्रम गर्न जोड दिए । उनले भने , “उत्पादित फूलको बजार व्यवस्थापनको ग्यारेन्टी नभएसम्म कृषकहरु यस फूल खेति तर्फ आकषर्ण गर्न कठिन पर्दछ । ” किसान आकर्षित नहुने भएकाले निकाशा भएको बजेट कृषकसँग प्रत्यक्ष जोडिने कार्यक्रममा केन्द्रित हुनु पर्नेमा उनको जोड थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :