५० करोडको लगानीमा नेपालकै अत्याधुनिक कुखुरा फर्म

यो समाचार 195 पटक पढिएको

स्याङ्जा, ३० असोज / स्याङ्जामा स्थापना गरिएको मुलुककै अत्याधुनिक प्रविधिजडित ‘लेयर्स कुखुरा फर्म’को उद्घाटन गरिएको छ ।

baby chickenशुक्रबार क्षेत्रीय कृषि निर्देशनलाय पोखराका प्रमुख लेखनाथ आचार्यले यस फार्मको उद्घाटन गरेका हुन् । खिलुङ्देउरालीको ठाडाखेतमा निर्माण गरिएको खिलुड कालिका एग्रो फर्म प्रालि झन्डै एक वर्षपछि सन्चालनमा आएको हो । मुलुकको असहज परिस्थितिले फार्मको लगानी भने बढाएको सन्चालकले बताएका छन् । जर्मनीको अत्याधुनिक प्रविधि ‘व्याट्री केज’ प्रणालीबाट सन्चालन गरिने फार्मको २ लाख लेयर्स कुखुरा रहने क्षमता छ ।

भौतिकपूर्वाधार निर्माणको अन्तिम चरणमै कम्पनीले चल्ला हुर्कन सक्ने भवन निर्माण सम्पन्न गरी उद्घाटन गरेको हो । करिब ३८ करोड अनुमानित लगानीमा तयारी गर्ने सोच भएपनि मुलुकमा जारी विभिन्न असहज परिस्थितिका कारण फर्म पूर्णरुपमा सन्चालनमा आउन झन्डै ५० करोड लगानी पुग्ने देखिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले जानकारी दिए ।

अबको ६ महिनामा फर्म पूर्णरुपमा सन्चालनमा आउने बताइएको छ । फार्मबाट दैनिक १ लाख ५० हजार अन्डा उत्पादन हुने छ । कम्पनीले पश्चिमाञ्चल विकास क्षेत्रका सबै बजारसम्म उत्पादन पुर्‍याउने लक्ष्य लिएको छ । नेपालमा चितवनलाई कुखुराको ‘हव’को रुपमा हेरिने गरेको छ । यो फार्म सन्चालनमा आएपछि स्याङ्जा जिल्ला पनि कुखुराको हवका रुपमा चिनिने ढकालको दाबी छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :